रौतहटको गरुडा नगरपालिका-५ स्थित झाँझ नदीमा संघीय बजेटबाट निर्मित तर पहुँच मार्ग नहुँदा वर्षौंदेखि अलपत्र बनेको फलामे पुल सञ्चालनमा आएको छ।
नगरपालिकाले पहुँच मार्ग निर्माण गरेपछि सञ्चालनमा आएको पुलले यहाँका हजारौँ स्थानीयको आवागमनलाई सहज बनाएको छ।
पुल भएर पनि प्रयोगविहीन हुँदा स्थानीयले बर्खायाममा हिलो र हिउँदमा धुलोको सास्ती खेप्दै आएका थिए। पहुँच मार्ग बनेसँगै अब सुरक्षित यात्रा सुनिश्चित भएको छ।
यो सडक नगरपालिकाले अघि बढाएको वृहत सडक सुधार योजनाको एक हिस्सा हो। जसअन्तर्गत अन्य जीर्ण सडकहरूको स्तरोन्नति र कालोपत्रे गर्ने कामलाई पनि प्राथमिकता दिइएको छ।
सडक सञ्जाल विस्तारले स्थानीय किसानलाई सबैभन्दा बढी फाइदा पुगेको छ। सडक अभावमा कृषि उपज बजारसम्म पुऱ्याउन नसक्ने र उचित मूल्य नपाउने समस्या हटेको किसानहरूले बताएका छन्।
हिलो, धुलो र खाल्डाखुल्डीले आजित भएका स्थानीयवासी सडक र पुल सञ्चालनमा आएपछि उत्साहित देखिएका छन्।
नगर प्रमुख कन्थमनि प्रसाद कल्वारले नगरभित्रका सबै सडकलाई बाह्रै महिना चल्ने गरी स्तरोन्नति गर्ने गुरुयोजनाअनुसार काम भइरहेको जानकारी दिए।
उनले दिगो विकासलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणलाई अघि बढाइएको जानकारी दिए।