जिल्ला अदालत रौतहटले एक महिनाअघि पक्राउ पुर्जी जारी गरेका नापी कर्मचारी सङ्घीय राजधानी काठमाडौंको नापी कार्यालयमा कार्यरत रहेको पाइएको छ।
चन्द्रनिगाहापुर नापी कार्यालयका तत्कालीन प्रमुख सञ्जय साह अहिले काठमाडौंको नापी कार्यालय डिल्लीबजार अन्तर्गत टोखा टोली प्रमुखमा कार्यरत रहेको पाइएको छ।
ठगी मुद्दामा रौतहट जिल्ला अदालत गौरले गत जेठ १३ गते पक्राउ पुर्जी जारी गरेको भएपनि प्रहरीले अहिलेसम्म उनलाई पक्राउ गर्न भने सकेको छैन।
इलाका प्रहरी गरुडाले अदालतबाट ठगी मुद्दा दर्ता गरी साहको नाममा गत जेठ १३ मा पक्राउ पुर्जी लिएको थियो।
गरुडा प्रमुख डिएसपी राजन कार्कीले साहलाई पक्राउ गर्नको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्र पठाए पनि साह पक्राउ नपरेको बताए।
गरुडा नगरपालिका-६ पोठियाहीका सन्तोषकुमार चौधरीले दिएको जाहेरीका आधारमा नापी प्रमुख साह, दुर्गाभगवती गाउँपालिकाका पूर्व अध्यक्ष अरुण साह, काठमाडौं नागार्जुन नगरपालिका-४ का विमलादेवी श्रेष्ठ र छोरा धीरज श्रेष्ठविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
चौधरीले जमिन किन्ने सम्बन्धी कारोबारमा सबै जनाले ठगी गरेको दाबीसहित रिट हालेका थिए। चन्द्रपुरस्थित नापी कार्यालयमा २०७८ मा प्रमुख हुँदा साह र चौधरीबीच चिनजान भएको थियो।
त्यसपछि काठमाडौंको नागार्जुन-४ का विमलादेवी श्रेष्ठको सर्लाही हरिपुर नगरपालिका-७ मा रहेको कित्ता नम्बर ७७३ को ११ कठ्ठा १४ धुर जमिन संयुक्त लगानीमा खरिद गर्ने सहमति भएको थियो।
चौधरीले १ करोड १० लाख बैना गरेका थिए। रजिस्ट्रेसन पास गराउन पैसा अपुग भएपछि तत्कालीन प्रमुख साहले लगानी गरी आफ्नो नाममा जग्गा ल्याएका थिए।
२ करोड मूल्यमा जमिन किनबेच भएको थियो। साहले जानकारी नै नदिई ०८०/०८१ मा चार कित्ता बनाएर चार जनालाई जमिन बिक्री गरेको दाबीसहित साझेदार भनिएका चौधरीले ठगीको जाहेरी दिएका थिए।
प्रहरीले जग्गाधनी विमला श्रेष्ठको मृत्यु भइसकेको जानकारी पाएपछि विमलाका छोरा धीरजलाई पक्राउ गरेर हाजिरी जमानीमा छाडेको थियो।
दुर्गाभगवती गाउँपालिकाका पूर्वप्रमुख साहले भने आफूले तिर्नु पर्ने सम्पूर्ण रकम तिरेर मुद्दा मिलान गरेको बुझिएको छ।
कार्यालय प्रमुख साह भने पक्राउ पुर्जी जारी भई प्रहरीले पक्राउ गर्न खोजेको जानकारी भएपछि असार १६ सम्म बिदा लिएर घर बसेका थिए।
असार १६ मा नै बिदा सकिएको भएपनि साह कार्यालय नगएको र प्रहरीले साहको घर र कार्यालयका साथै अन्य सम्भावित ठाउँमा निगरानी गरिरहेको प्रहरी स्रोतको दाबी छ।
साहले कानुन व्यावसायीहरुको परामर्शमा मुद्दालाई मिलाउने प्रयास गरिरहेको उनी निकटहरू बताउँछन्।