केही वर्ष अघिसम्म बस बिसौनीमा बस हुन्थे। मानिसका लागि बस बिसौनी थिएन। अहिले पनि काठमाडौंका थुप्रै ठाउँमा व्यवस्थित बस बिसौनी छैनन्। तर काठमाडौं महानगरले भने हाल ८० ठाउँमा यस्तै पाटी बनाउँदै छ, जो बस बिसौनीसंगै बन्दै छन्।
यी बिसौनीहरू प्राचिन उपत्यकाका पाटी शैलीमा बनिरहेको काठमाडौं महानगरका प्रवक्ता नविन मानन्धरले बताए। उनका अनुसार ८० ठाउँमा बन्ने योजना रहेकोमा हालसम्म ३४ वटा बस स्टपमा सम्पन्न भइसकेका छन् भने बाँकी ठाउँमा निर्माण कार्य भइरहेको छ।
बस बिसौनीमा बनेका यी पाटीले काठमाडौं महानगरको हकमा भिन्न प्रयोजन रहेको बताउँछन्। एउटा बसको पर्खाइमा रहेका असक्त र अन्य यात्रुका लागि बस्ने ठाउँ अर्को महानगर घुम्न आउने पर्यटकहरूका लागि प्राचीन काठमाडौंका पाटीपौवाको झल्को दिनु। एउटा कामले दुई/तीन वटा उद्देश्य पूरा हुने गरी निर्माण भएको मानन्धर बताउँछन्।
‘पहिला पैदल यात्रु यस्ता पाटीमा बास बस्थे, अहिले पैदल यात्री छैनन्, बस यात्रुको लागि बस्ने ठाउँ हो यो,’ उनले भने। उनका अनुसार यो पाटीमा सजिलोसँग पन्ध्र जना र पानी पर्दा २० जनासम्म मानिस ओत लाग्न मिल्छ। महानगरका ठाउँ–ठाउँमा निर्माण भएका यस्ता बिसौनीले महानगरको प्राचीन कलासौन्दर्यको झल्को दिने उद्देश्य पूरा हुने उनले बताए।
काठमाडौंमा विभिन्न पाटीका नामका प्राचीन पाटीका नाममा बनेको मानन्धर बताउँछन्। उनी भन्छन्, ‘क्षेत्रपाटी, दुधपाटी लगायत सबै पाटी पाटीपौवाको नाममा बनेका ठाउँहरू हुन्,’ उनले भने।
प्राचीन समयमा सबैभन्दा ठूलो बसन्तपुर पाटीपौवा थियो। टाढाबाट काठमाडौं आएका मानिसहरू त्यही पाटीपौवामा बास बस्ने र आफैँले लिएको खाना खाने चलन थियो। उनले भने, ‘पहिला होटेल थिएन, यही पाटीमा बस्ने हो।’