अदालतले अभियुक्तलाई पक्राउ पुर्जी जारी गरेको महिनौं हुँदा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन। रौतहट जिल्ला अदालत गौरले गत जेठ १३ गते पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएका अभियुक्त राजधानी काठमाडौंमै छन्। नापी कार्यालय डिल्लीबजार, काठमाडौंअन्तर्गत टोखा टोली प्रमुख सञ्जय साहलाई प्रहरीले पक्राउ नगरेको हो।
इलाका प्रहरी गरुडाले अदालतबाट ठगी मुद्दामा साहका नाममा पक्राउ पुर्जी जारी भएको जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि राजन कार्कीले साहलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्र पठाए पनि अहिलेसम्म पक्राउ नपरेको जनाएका छन्।
रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीका सन्तोषकुमार चौधरीले दायर गरेको ठगी मुद्दामा साह, दुर्गा भगवती गाउँपालिकाका पूर्वअध्यक्ष अरूण साह, काठमाडौं नागार्जुन नगरपालिका–४ की विमलादेवी श्रेष्ठ र उनका छोरा धीरज श्रेष्ठविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको हो।
चौधरीले जग्गा किनबेच कारोबारमा उनीहरूले ठगी गरेको दाबीसहित मुद्दा हालेका थिए। रौतहटको चन्द्रपुरस्थित नापी कार्यालयमा २०७८ सालमा प्रमुख हुँदा सञ्जय र चौधरीबिच चिनजान भएको थियो। त्यसपछि उनीहरूबिच काठमाडौं नागार्जुन–४ की श्रेष्ठको सर्लाही हरिपुर नगरपालिका–७ मा रहेको कित्ता नम्बर ७७३ को ११ कट्ठा १४ धुर जमिन संयुक्त लगानीमा खरिद गर्ने सहमति भएको थियो।
चौधरीले जग्गा किन्न एक करोड १० लाख रूपैयाँ बैना गरेका थिए। रजिस्ट्रेसन पास गराउन पैसा अपुग भएपछि सञ्जयले लगानी गरी आफ्ना नाममा उक्त जग्गा ल्याएका थिए। दुई करोड रूपैयाँ मूल्यमा जमिन किनबेच भएको थियो।
सञ्जयले साझेदार भनिएका चौधरीलाई जानकारी नै नदिई जग्गालाई चार कित्ता बनाएर चार जनालाई बिक्री गरेको आरोपमा प्रहरीमा ठगीको जाहेरी परेको थियो। प्रहरीले जग्गाधनी श्रेष्ठको मृत्यु भइसकेको जानकारी पाएपछि उनका छोरा धिरजलाई पक्राउ गरेर हाजिरी जमानीमा छाडेको थियो।
सञ्जय प्रहरीले पक्राउ गर्न खोजेको जानकारी पाएपछि असार १६ सम्म बिदा लिएर घर बसेको बुझिएको छ। असार १६ मा बिदा सकिएपछि उनी कार्यालय नगएको र प्रहरीले घर र कार्यालयका साथै अन्य सम्भावित ठाउँमा निगरानी गरिरहेको प्रहरी स्रोतको दाबी छ।