जोखिम उच्च, तयारी छैन
११ जेष्ठ २०७५
•
९ मिनेट पाठ
जोखिम उच्च, तयारी छैन
काठमाडौं – छिमेकी मुलुक भारतको केरलामा फैलिएको अत्यन्तै संक्रामक निपा भाइरसले उपचारमा संलग्न नर्ससहित ११ जनाको ज्यान लिइसकेको छ। नेपाल पनि यो भाइरस संक्रमणको उच्च जोखिममा छ तर यहाँ यो रोग भित्रिन नदिन तथा भित्रिइहालेमा नियन्त्रण गर्न कुनै पूर्वतयारी छैन। निपा भाइरस सार्नसक्ने ‘टेरोपस’ प्रजातिको चमेरो नेपालमा पनि भएको औंल्याउँदै विश्व स्वास्थ्य संगठनले भारत, बंगलादेशसहित नेपाललाई पनि यो रोगको जोखिम भएका देशको सूचीमा राखेको छ।




शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनिषा रावलले निपाको संक्रमण भित्रिएमा नियन्त्रण र उपचार निकै कठिन हुने बताइन्। ‘धरातल जे छ, त्यही भन्नुप-यो। निपा संक्रमण भित्रिए त्यसलाई नियन्त्रण र रोगीको उपचार गर्ने क्षमता अहिले हामीसँग छैन’, डा. रावलले नागरिकसँग भनिन्।

चमेरोबाट मान्छेमा सरेपछि मान्छेबाट मान्छेमा सर्ने भएकोले यो रोग अत्यन्तै जोखिमयुक्त मानिन्छ। त्यसमा पनि भाइरस संक्रमण भएको २४ देखि ४८ घण्टाभित्रै बिरामीको अवस्था जटिल बन्छ। त्यसैले उच्चतहको परीक्षण क्षमता नहुने हो भने रोगले धेरैको ज्यान लिन सक्छ।

महामारी नियन्त्रणका लागि काम गर्ने सरकारी निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदार सिन्चुरीले यस्ता डरलाग्दा रोगसँग जुध्न सरकारी अस्पतालमै आइसोलेसन वार्ड, भेन्टिलेटर, आइसियु र छुट्टै तथा सुविधासम्पन्न एम्बुलेन्स नभएको स्वीकार गरे। ‘उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्टसम्म छ’, सिन्चुरीले भने। इबोला भाइरस संक्रमणका बेला सशस्त्र प्रहरीको अस्पतालमा आइसोलेसन कक्ष बनाइएको भन्ने सुनेको बताउँदै उनले भने, ‘केही दिनमै त्यसको निरीक्षण गर्छौं। कति बेड छ, तलिमप्राप्त र विशेषज्ञ जनशक्ति छन् कि छैनन् भन्ने पनि हेर्नुपर्छ।’ शुक्रराज अस्पतालमा कडा खालका सिजन फ्लुका बिरामीलाई आइसोलेसनका रुपमा क्याबिनमा राखेर उपचार गर्ने व्यवस्था भएको जानकारी दिँदै उनले भने, ‘निपाको संक्रमण भएमा यतिले मात्रै पुग्दैन।’

चिकित्सकका अनुसार यो रोग लागेका बिरामी आइहालेमा सबैभन्दा महत्वपूर्ण भनेको हेपाफिल्टरसहितको आइसोलेसन वार्ड चाहिन्छ। हेपाफिल्टरले बिरामीको शरीरबाट निस्किने संक्रामक तत्वलाई निष्क्रिय बनाउँछ। यस्तै जोखिमयुक्त भनी पहिचान भएका बिरामी बोक्न समेत विशेष खालको सुविधासम्पन्न एम्बुलेन्स चाहिन्छ। नेपालमा यस्तो एम्बुलेन्ससमेत नभएको चिकित्सक बताउँछन्। महाशाखाले विश्व स्वास्थ्य संगठनको परामर्शमा निपा भाइरसको सम्भावित संक्रमणसँग जुध्न तयारी थाल्ने जनाएको छ।

चमेरोबाट मान्छेमा सरेपछि मान्छेबाट मान्छेमा सर्ने भएकोले यो रोग अत्यन्तै जोखिमयुक्त मानिन्छ। त्यसमा पनि भाइरस संक्रमण भएको २४ देखि ४८ घण्टाभित्रै बिरामीको अवस्था जटिल बन्छ। त्यसैले उच्चतहको परीक्षण क्षमता नहुने हो भने रोगले धेरैको ज्यान लिन सक्छ। यो रोगको संक्रमण भएपछि ७० प्रतिशत बिरामीको मृत्यु ४८ घण्टाभित्रै हुने र बिरामी बाँचे पनि आजीवन अपांग हुने सम्भावना हुन्छ। रोग यकिन नहुँदै परिवारका सदस्य वा उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत भाइरस सरिसक्ने जोखिम हुन्छ। ‘तत्काल परीक्षण गर्न सकिन्न, यकिन नहुँदै धेरैमा सरिसक्छ’, शुक्रराज अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनले भने।

यो रोगको भाइरस चमेरोको दिसा, पिसाब र -यालबाट सर्छ। बिरामीको शरीरबाट निस्किने कुनै पनि तरल पदार्थ र हाच्छिउँ गर्दा समेत स्वस्थ मानिसमा भाइरस सर्न सक्छ। चिकित्सकका अनुसार सुरुमा ज्वरो आउने, टाउको दुख्ने यो रोगको लक्षण हो। निपा संक्रमण भएको ४ देखि १८ दिनसम्ममा पनि रोगको लक्षण देखिन सक्छ। लक्षण देखिएपछि यसले तत्काल स्नायु प्रणालीमा असर गरेर बिरामीलाई बेहोस गराउँछ । यो रोगको भ्याक्सिनसमेत विकास हुन सकेको छैन।

महाशाखाले बुधबार विभिन्न अस्पतालका विशेषज्ञ, प्रयोगशालामा कार्यरत जनशक्तिलगायतको बैठक बोलाएर यो रोगको सम्भावित संक्रमणबारे छलफल गरेको थियो। बैठकमा सरकारको सबैभन्दा उच्च तहको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले समेत रोग र बिरामी नआउँदासम्म नेपालको प्रयोगशालाले काम गर्छ कि गर्दैन भन्ने यकिन गर्न नसकिने प्रतिक्रिया दिएको स्रोतले बतायो।

यो भाइरसको संक्रमणबाट बच्न रुखबाट टिपिएको फलफूलमा केहीले टोकेको जस्तो देखियो भने त्यस्तो फलफूल नखाने, चमेरोलाई नछुने र त्यसको आसपास पनि नजाने उपाय चिकित्सकले सुझाएका छन्। सरकारका तर्फबाट रोग सम्भावित क्षेत्रबाट आउने यात्रुको क्वारेनटाइन (जाँचपडताल) प्रणाली बलियो हुनुपर्ने चिकित्सक बताउँछन्। शुक्रराज अस्पतालकी निर्देशक डा. रावलले भने यो रोग लागेको केही घण्टामै बिरामीको ज्यान जाने भएकाले संक्रमित व्यक्ति नेपालसम्म आइपुग्ने सम्भावना कम हुने बताइन्।

यसरी पत्ता लागेको थियो निपा

एनआइभी भनिने निपा भाइरस ’फ्रुट ब्याट’ भनिने एक प्रकारको चमेरोमा पाइन्छ। कीटाणु बोकेर हिँड्ने चमेरोलाई केही नगर्ने भाइरस मान्छेमा भने अत्यन्तै जोखिमयुक्त हुन्छ। सन् १९९९ मा मलेसिया तथा सिंगापुरमा यो रोग पत्ता लागेको थियो। इन्सेफलाइटिस तथा श्वासप्रश्वाससम्बन्धी प्रकोप फैलिएका बेला परीक्षण गर्दा बंगुरपालक किसानमा यो रोग भेटिएको थियो। त्यति बेला यो रोगले तीन सयको ज्यान लिएको थियो। प्रकोप रोक्न १० लाख बंगुर मारिएका थिए। बिरामी बंगुर तथा चमेराको सम्पर्कबाट टाढा रहेर यो रोगबाट बच्न सकिने चिकित्सक बताउँछन्।

निपा भाइरस फैलाउने ‘टेरोपस’ प्रजातिको चमेरो नेपालमा पनि पाइन्छ। सन् २०१५ मा अमेरिका, बेलायत र नेपालका कृषि वैज्ञानिकले गरेको अनुसन्धानले काठमाडौं, चितवनलगायतका जिल्लामा रहेका सुँगुरमा निपा भाइरसको संक्रमण हुने सम्भावना प्रबल रहेको देखाएको थियो। विज्ञहरुले भारतबाट नेपालमा जिउदो सुँगुर ल्याउने तत्काल रोक्न सुझाव दिएका छन्।
अर्को समाचार
म्याग्दीमा विपद्को तयारी: तटिय क्षेत्रमा सम्पर्क व्यक्ति खटाइने, उच्च जोखिम मानिएका क्षेत्रमा बस्न नदिइने
२५ जेष्ठ २०७९
•
४ मिनेट पाठ
म्याग्दीमा विपद्को तयारी: तटिय क्षेत्रमा सम्पर्क व्यक्ति खटाइने, उच्च जोखिम मानिएका क्षेत्रमा बस्न नदिइने
म्याग्दीमा विपद्को पूर्व तयारी तथा प्रतिकार्यलाई व्यवस्थित र प्रभावकारी बनाइने भएको छ। बुधबार जिल्ला प्रशासन कार्यालयमा आयोजित जिल्ला विपद् व्यवस्थापन समिति एवम् सरोकारवाला निकायको बैठकले विपद् जोखिमका दृष्टिले उच्च सम्भाव्यता रहेका क्षेत्रहरूमा विषेश निगरानीसहित बस्ती–बस्तीसँग जोडिने गरी पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको हो। 




प्राकृतिक विपत्तीबाट उच्च जोखिममा रहेकालाई सुरक्षित स्थानमा सार्ने, अस्थायी संरचना तथा स्वास्थ्य उपचारका लागि दु्रत समुहलाई परिचालन गर्ने, अति आवश्यक बाहेक स्वास्थ्यका कर्मचारीलाई कार्यक्षेत्रबाट बाहिर जान नदिने प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले बताए।

उनले सम्भावित जोखिम स्थानमा बसोबास गर्नेको लगत संकलन गरी स्थानीय तह, विपद् व्यवस्थापन समितिलाई जानकारी दिने, ठूला नदीमा बाढीको सम्भावनालाई मध्यनजर गरी सूचना दिने व्यक्ति खटाउने, राहतलाई एकद्धार प्रणालीबाट वितरण गर्ने, प्रयाप्त खाद्यान्न, औषधिसहितका बस्तुको उपलब्धतालाई ध्यान दिने लगायत गरी १५ बुँदे निर्णय गरेको बताए। ‘विपद्को सामाना गर्न सबै क्षेत्रको सहयोग आवश्यक पर्छ,‘सरकारी स्रोतसाधनले मात्रै प्रयाप्त हुदैन’ प्रजिअ रानाले भने। विपद्मा परिचालन गरिने स्वंयमसेवकलाई क्षमता अभिवृद्धिका लागि समेत स्थानीय तहले आवश्यक तयारी गर्ने बताए। उनले जिल्लाको लाइफलाइन मानिएको बेनी–जोमसोम, बेनी–दरबाङ सडकखण्ड सहित निर्माणधिन अवस्थामा रहेका आयोजनालाई कम्तीमा एक स्काभेटर, डोजर तयारी अवस्थामा राख्न निर्देशन दिइएको बताए।  

बैठकमा सहभागी सरकारी निकाय, सुरक्षा अधिकारीले विपद् प्रतिकार्य क्षमताको लेखाजोखा गरी मानवीय सेवालाई प्रभावकारी ढङ्गबाट पु¥याउन आवश्यक स्रोतसाधनको परिचनलका लागि स्थानीय तहसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए। बैठकमा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका मेयर सुरत केसी, रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, अन्नपूर्णका अध्यक्ष भरत पुन, मंगलाका अध्यक्ष सतप्रसाद रोका, मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, धवलागिरीका अध्यक्ष प्रेम पुन, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले विपद्को जोखिम न्यूनिकरण र खोज तथ उद्धारमा सम्पूर्ण शक्ती केन्द्रित गर्ने बताएका थिए।  

स्थानीय सरकारसँग विपत्तका वेला आवश्यक खोज, उद्धार, प्रविधी र जनशक्तिको अभावले विगतमा परेको समस्यालाई यसपटक न्यूनिकरण गर्ने जनाएको छ। अधिक भिरालो तथा कमजोर भूवनावट, खोलानालाको किनारा, पहिरो प्रभावित क्षेत्रमा गुचुमुच्च परेका वस्ती र अब्यवस्थित मोटरबाटो समेतका विकासे योजना निर्माणले म्याग्दीका अधिकांश वस्ती बाढीपहिरोको उच्च जोखिममा छन।सदरमुकाम बेनीबजार सहित बेनी नगरपालिका र ५ गाउँपालिकाका ४५ मध्य २९ वडा पहिरोको उच्च जोखिमा छन। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेका दैविप्रकोप उद्धार समिति मातहत २४ सै घन्टा संञ्चालन हुनेगरी ले समेत सिमित स्रोतसाधनबाटै काम गरिरहेको छ।  

तटिय क्षेत्रमा विपद् सम्पर्क ब्यक्ति खटाइने

जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्रसँग समन्वय गर्ने गरी जिल्लाका ६ वटै स्थानीय तहले कालीगण्डकी र म्याग्दी नदी तटका वस्तीलाई बाढीबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न सहज हुने गरी सम्पर्क व्यक्ति खटाउने भएको छ। नदीको तटिय अवस्थाका बारेमा नियमित जानकारी दिने गरी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दाना, रघुगंगा गाउँपालिकाले चिमखोला, बेनी नगरपालिकाले गलेश्वर, मंगला गाउँपालिकाले बावियाचौर, मालिका गाउँपालिकाले म्याग्दी नदी र धवलागिरी गाउँपालिकाले मुदी र मुनामा तटिय क्षेत्रको अवस्थाका बारेमा जानकारी दिने गरी सम्पर्क ब्यक्ति खटाउने भएको छ। सम्पर्क ब्यक्तिलाई स्थानीय तहले ब्यवस्थापन गर्ने जनाइएको छ।नदीमा पानीको बाहब ह्वात्तै बढ्दा तटिय क्षेत्र जोखिममा पर्ने भएकाले उक्त निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  

माथिल्लो क्षेत्रमा बाढी आउँदा जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्र, जिल्ला दैविप्रकोप उद्धार समिति, जिल्ला प्रहरी सहितको सु्रक्षा निकाय वेखवर हुने गरेका थिए। यसअगाडी कालीगण्डकी र म्याग्दी नदी तटका वस्तीलाई बाढीबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न जडान गरिएको पूर्वसूचना (साईरन) प्रणाली जडान गरेपनि प्रभावकारी छैन। 

अन्नपूर्ण गापा–२, तातोपानी, मंगला–बावियाचौर धौलागिरी गापा–७ ताकमको फेदी नजिक म्याग्दी नदीमा राखिएको पूर्वसूचना प्रणाली पनि अलपत्र छ। उक्त प्रणालीले बाढीको संकेत गर्ने पहिलो साईरन बजेपछि बाढी थप ५० सेन्टीमिटर बढ्यो भने पूर्णखतराको घण्टी बजाउने गरेकाले जिल्लामा प्रभावकारी मानिएको भएपनि नियमित मर्मतसंभारमा ध्यान नदिदाँ उपकरण समेत चोरी भएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस