आर्थिक सम्वृद्धिको पहिलो आधार सडक,फेरिदै डोल्पालीको जीवनशैली
०४ असार २०७५
•
११ मिनेट पाठ
आर्थिक सम्वृद्धिको पहिलो आधार सडक,फेरिदै  डोल्पालीको जीवनशैली
डोल्पा – दुई किलोमिटर मात्र सडक निमार्ण गर्न बाँकी रहेको छिन्चु जाजरकोट–डोल्पा नाम दिइएको भेरिकरिडोरको निमार्ण कार्यले अन्तिम रूप दिन थालेपछि डोल्पालीको सडक सपना साकार हुँदै गएको छ । ०६५ बाट शुरु भएको छिन्चु जाजरकोट–डोल्पा सडक निमार्ण कार्यको निरन्तरता अझै कायमै छ ।

सडक निमार्णको जिम्मेवारी पाएको नेपाली सेना विगत युद्दकालीन समय देखि १४ वर्ष सम्म रातारात खटिएर सडक सन्जालसंग डोल्पाको सदरमुकाम दुनैलाई जोड्न हेर्दैमा कहाली लाग्दा कडा चट्टानकाबीचसडक निमार्ण कार्यलाई अन्तिम रुप दिन तल्लीन छ।

०६५ बाट शुरु भएको सदरमुकाम दुनै जोड्ने जाजरकोट–डोल्पा सडक शुरुको दुई वर्ष जाजरकोट भएर डोल्पा जोड्ने कि रुकुम भूभाग भएर जोड्ने भन्ने रेखाङ्गकन विवादले अवरुद्द हुन गई २०६६ बाट मात्र पुन रेखाङ्गकन निर्धारण भई सडक निमार्ण कार्यको थालनी भएको थियो।

जाजरकोटको पासागार्ड देखि डोल्पाको सदरमुकाम दुनै सम्म ११७ दशमलव ७ किलोमिटर कुल लम्बाई रहेको जाजरकोट–डोल्पा सडकको ११५ दशमलव ७ किमी सडक ट्रयाक खोली सकिएको र बाँकी २ किमी अन्तर्गत पर्ने सडक कडा चट्टान र जोखिमपुर्ण भएर पनि निमार्ण कार्यलाई तीव्रता दिइएको नेपाली सेनाको जाजरकोट–डोल्पा सडक निमार्ण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताए।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वार्ड नं ५,६ र १ मा पर्ने सिउडेनी चिप्लेभीर देखि धाउन्ने चुगाड सम्मको दुई किलोमिटर सडकको ट्रयाक खोल्न कडा चट्टान छिचोल्दै सडक निमार्ण कार्यलाई नेपाली सेनाले तीव्रता दिएको छ।

बाँकी दुुई किलोमिटर चट्टानी भीर खण्ड ०७५।७६ को आर्थिक वर्ष भित्र ट्रयाक खोलेर सडकको फिनिसिँङ्ग कार्य सम्पन्न गरि ०७५को दशै तिहार भित्रमा डोल्पाको सदरमुकाम दुनैबासिलाई यातायातका साधन संचालनमा ल्याएर गाडी सुबिधा उपहार दिने योजनामा सडक निर्माणमा कार्यरत नेपाली सेनाको जाजरकोट–डोल्पा सडक निमार्ण कार्यदल रहेको छ।

जाजरकोट देखि डोल्पाको सदरमुकाम दुनै सम्मको ११७ दशमलब ५ किलोमिटर लम्बाइ रहेको निमार्णधिन जाजरकोट डोल्पाको सडक मध्ये हाल सम्म ११५किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भई हलुका सवारीका साधन जीप र ट्रयाक्टर संचालनमा आइसकेका छन ।यातायात संचालनमा ल्याइएसँगै वषौ वर्ष देखिको सडक सन्जालमा जोडिने डोल्पालीको सपना पनि विस्तारै पुरा हुँदै गइरहेको छ।

डोल्पालीले यातायात नहुँदा खेप्नु पर्दै आएको समस्यालाई मध्यनजर राख्दै त्रिवेणी करोपगाड हुँदै खदाङ्गको हरियापानी सम्मको सडक खण्डमा जीप ट्रयाक्टर लगायतका हल्का सवारीका साधन र खदाङ्ग देखि चिप्ले भीर सम्मको सडक खण्डमा ट्रयाक्टर संचालनमा ल्याइएको नेपाली सेनाका जाजरकोट डोल्पा सडक निमार्ण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताए।

डोल्पा भुभागमा पर्ने त्रिवेणी करोपगाड हुँदै खदाङ्ग सम्मको १५ किलोमिटर सडकमा यातायात संचालनमा ल्याइएसँंगै नेपालगन्ज डोल्पाको यात्रा समेत छोटिने भएको छ।

निमार्णधीन जाजरकोट–डोल्पा सडकको चिप्लेभीर देखि धाउन्ने चुगाँड सम्मको बाँकी दुई किलोमिटर चट्टाने भीर खण्डको ट्रयाक खोल्ने कार्य भदौ महिना भित्रमा सम्पन्न गरि असोजको  पहिलो सातामा सडकको फिनिसिंङ्ग कार्य सम्पन्न गरेर ०७५ को दशै र तिहारमा त्रिपुरासुन्दरी नगरपालिका हुँदै सदरमुकाम दुनै सम्मलाई राष्ट्रिय सडक सन्जालमा जोडिने नेपाली सेनाले बताएको छ।०७३ साउन २३ गते त्रिवेणी बजारसम्म ७७ किमी सडक निर्माण सम्पन्न गरेर नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीद्धारा उद्घाटन गराएर जाजरकोट हुँदै यातायातका साधन डोल्पा सिमाना प्रवेश गराईएको थियो।

त्रिदेशीय महत्वको सडकरुपमा भेरी करिडोर

दुई छिमेकी जिल्ला भारत र उत्तरी चीन समेत गरी त्रिदेशीय सडक संञ्जालको रुपमा रणनैतिक महत्व बोकेको यस सडकखण्ड अन्तरदेशीय मुख्य व्यापारिक मार्गको रुपमा राज्यले लिएको छ।

जाजरकोट डोल्पा निमार्णधीन सडकलाई राष्टिय गौरवको योजनाको रुपमा रहेको छ ।दक्षिण रुपैडिहा जमुना नाका हुँदै उत्तरी चीन  सीमा नाका डोल्पाको धोमोम्लिा सम्मको सडकलाई भेरीकरिडोर नामाकरण गरेर राष्ट्रिय प्राथमिकतामा राखिएमा त्रिदेशीय पारवहन सेवामा समेत सजिलो हुने भएकाले पनि छिन्चु जाजरकोट–डोल्पा सडक त्रिदेशीय महत्वको सडकको रुपमा रहेको छ।

सडकले डोल्पालीको मुहार फेरिदै

भेरिकरिडोर सडक अन्तर्गत पर्ने डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ खदाङ्ग हरियापानीमा होटेल ब्यवसाय गर्दै आएकी बिकास होटलकी संचालिका विष्णु रोकाया आफ्नै अगाडी गाडी(जिपहरु) गुडेपछि निकै खुशि छन ।४० वर्ष देखि होटल ब्यवसाय गर्दै आएकी आजकल अत्यआवश्यीय सामानहरु गडीबाट होटलकै आगनमा आउन थालेपछि उनी खु भएकी हुन्।

विगतमा एक साताको पैदल यात्रा गरेर सल्यानको थारमारे चाक्लीगाड सल्लिबजार पुगेर नून तेल र चामल लगायतका दैनिक उपभोग्यबस्तु आफै बोकेर त केहि खच्चडले ल्याउनु पर्दा ठुलो दुख थियो आजभोली घरआँगनमै गाडीमा सरर ल्याइपु्याउँदा सबै दुखहरु हटेका छन यसले हाम्रो त चोला नै बदलिदिएको छ रोकायाले खुशी हुँदै भनिन् ।

यत्तिखेर भेरीकरिडोर अन्तर्गतपर्ने मनका बगर,तल्लु,त्रिबेणी,करोपगाड,हरियापानी श्रीबिण्डे धाउन्ने र चुगाड त्रिपुराकोट बजारमा चहलपहल बढिरहेको त्रिपुरासुन्दरी नगरपालिका–६ का मोतिप्रसाद उपाध्यायले बताए।

आर्थिक सम्बृद्धिको आधार भेरी करिडोर

भेरीकरिडोर नाम दिइएको जाजरकोट–डोल्पा सडक निमार्ण सम्पन्न भएपछि  पर्यटन विकासको प्रचुर सम्भावना बोकेको डोल्पामा आर्थिक सम्वृद्धिको ढोका खुल्ने आशा गरिएको छ ।

प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनि प्रचारप्रसार र यातायातको अभावमा आझेलमा परेको शे फोक्सुण्डो ताल भारतीय राजदुतको सहयोगमा निमार्ण गरिएको त्रिपुरासुन्दरी नगरपालिकामा रहेको श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिर समेत रहेकाले सडक सन्जाल पुगे पछि भारतीय तथा तिब्बतीयन पर्यटकहरु डोल्पामा आगमन हुने विश्वास स्थानीयको छ ।

जडिबुटीको भण्डारको रुपमा रहेको डोल्पामा सडक सनजालमा जोडिएमा जडिबुटी निर्यातमा सहज भई डोल्पालीहरूको जीवनशैली आर्थिक सम्वृद्धितर्फ लम्किने कर्णाली प्रदेश सभासद वदमीक्वारा बुढाको भनाई छ।

डोल्पा सम्बृद्दिको लागि कालोपत्रे र पुल पहिलो आवश्यकता

निमार्णधीन जाजरकोट–डोल्पा सडकको बाँकी २ किमी सडक सम्पन्न भएर आसन्न असोज महिनामै डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सन्जालमा जोडिएपनि सडक खण्डमा पर्ने विभिन्न पाँच ओटा ठुला र पाँच ओटा साना मोटररेवल पुल नबने सम्म डोल्पालीको सडक सपनाले पुर्णता नपाउने त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाले बताए ।

छिन्चु–जाजरकोट सडक निमार्णकै निरन्तरतामा जाजरकोट–डोल्पा सडक भएकाले पनि विश्व बैङ्गकको सहयोगमा छिन्चु जाजरकोट–डोल्पा सडकको कालोपत्रे र पुल निमार्ण गरिए जस्तै डोल्पा सडक खण्ड अन्तर्गत पर्ने विभिन्न स्थानमा पुल निमार्ण र कालोपत्रेको लागि सरकारले तत्काल संघीय सरकारको प्राथमिकतामा राखिनु पर्ने डोल्पालीको माग रहेको छ ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस