डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै
१८ असार २०७५
•
२ मिनेट पाठ
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै
जुम्ला – जिल्ला खेलकुद विकास समितिको कार्यालय जुम्लाको कवर्डहलमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। शरीर कमजोर बन्दै गइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका डा. प्रविण कुमारी गिरीले बताए। उनले चिसाेले डा. केसीको छाति दुख्न सुरु भएको बताए।

‘तीन दिनमा एक पटक मात्रै पिसाव भएको छ’, उनले भने, ‘शरीरमा पानीको मात्रा घट्दै गइरहेकोछ, किड्नीमा पनि समस्या आउने देखिएको छ।’ अव्यवस्थित स्थानमा अनशन बसेकाले इन्डोस्कोपी लगायतको सेवा दिन नसकिएको उनले बताए।

स्वास्थ्य सुरक्षाका लागि खटिएका चिकित्सक संकटमा रहेको गिरीले बताए। कवर्डहलमा सबै प्रकारको उपचार सामाग्री ल्याउन कठिन रहेको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लग्न खोज्दा जुम्ला प्रशासनले निषेधित क्षेत्र घोषणा गरेर लग्न नदिएको उनको गुनासो छ। 'कवर्डहलमा पानी चुहिन्छ, बिजुलीको व्यवस्था छैन, मोवाइलको उज्ज्यालोमा रात कटाउन वाध्य हुनुपरेको छ', उनले भने।

डा. केसीलाई अस्पताल लैजान प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलसँग सम्पर्क गर्दा उनको मोवाइल स्वीच अफ देखाउने र डीएसपी डा. तपन कुमार दाहालको फोन नउठ्नेगरेकाले समस्या भएको उनले बताए। समयमै अस्पताल लग्न नसके डा. केसीको स्वास्थ्य थप जटिल बन्दै जाने उपचारमा संलग्न चिकित्सकहरु बताउँछन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. गिरीको संयोजकत्वमा तीनजना डाक्टरलाई केसीको स्वास्थ्य चेकजाँचका लागि खटाएको छ। उता अनशनरत डा.केसी सरकारले घोषणा गरेको निषेधित क्षेत्र नहटाएसम्म अस्पताल नजाने अडानमा छन्।
अर्को समाचार
डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै
०३ असोज २०७७
•
२ मिनेट पाठ
डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै
चन्दननाथ नगरपालिका रानीचौरस्थित बाविरामष्ट मन्दिरमा १९ औं अनशन बसेका डा. गाेविन्द केसी। तस्बिर: नागरिक
चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। चन्दननाथ नगरपालिका रानीचौरस्थित बाविरामष्ट मन्दिरमा १९ औं अनशन थालेको पाँच दिन बितिसक्दा स्वास्थ्य अवस्था बिग्रिए पनि डा. केसी अस्पताल जान भने मानेका छैनन्। चिकित्सकका अनुसार डा. केसीको शरीरमा अक्सिजन र पिसाबको मात्रा घट्दै गएको छ।

डा.केसीको नियमित स्वास्थ्य जाँच गरिरहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.प्रविण गिरीका अनुसार केसीको रक्तचापसमेत घटिरहेको छ। ‘संक्रमणको जोखिम भएकाले सत्याग्रह बसेको ठाउँमा भ्यान ओपन गरेर स्लाइन लगाउन सकिएको छैन। ‘तर उहाँ अस्पताल जान मान्नुहुन्न। उहाँले पाँचौ दिन शुक्रबारको जाँचमा सुगरको परीक्षण गर्न मान्नुभएन,’ उनले थपे।

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसी सोमबारदेखि मन्दिरमा अनशन बसेका छन्। सत्याग्रहको समर्थनमा शुक्रबारदेखि नागरिक समाजले पनि हस्ताक्षर अभियान थालेको छ। ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम तत्काल सुरु गर्नुपर्ने डा. केसीको माग जायज छ,’ नागरिक समाजका अध्यक्ष राजबहादुर महतले भने, ‘माग पूरा नहुञ्जेल हस्ताक्षरसहित दबाबका कामहरु रोक्दैनौँ। डा. केसीको माग संवोधन गरेर सत्याग्रह रोक्ने वातावरण बनाउनुपर्छ।’ बाविरामष्ट मन्दिर र चन्दननाथ ५ खलंगा बजारको कृष्ण मन्दिरमा ब्यानर राखेर हस्ताक्षर अभियान थालिएको हो। संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइने तयारी भइरहेको युवा जागरण अभियानका कर्णाली प्रदेश संयोजक लालबहादुर जिसी बताउँछन्। उनले भने, ‘हामी आफैं सत्याग्रह बस्नुपर्ने हो, डा’साप आएर कर्णालीको मागका लागि सत्याग्रह बसेर जीवन समपर्ण गरिरहनुभएको छ।’ डा. केसीको जीवन रक्षाका लागि जस्तोसुकै कदम लिन तयार भएको प्रतिक्रिया दिए।

नयाँ शक्ति पार्टी कर्णाली प्रदेश समितिले पनि डा.केसीको सत्याग्रहका विषयमा सुर्खेतका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ। पार्टीका प्रदेश अध्यक्ष कर्णबहादुर बुढाले प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन्। केसीले उठाएका माग कर्णालीको हितमा रहेको भन्दै माग पूरा गरी जीवन रक्षा गर्न सरकारसँग माग गरिएको बुढाले बताए।

प्रतिष्ठानमा एमबिबिएसलगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २, गण्डकी प्रदेश तथा डोटी, डढेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल सञ्चालनको लागि प्रक्रिया अघि बढाइनुपर्ने माग राख्दै केसी अनशनमा बसेका हुन्। २०७५ साउन १० गते भएको सम्झौता कार्यान्वयन हुनुपर्ने माग डा. केसीको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस