सगरमाथा क्षेत्र विदेशी विद्यार्थी अध्ययनको ‘सेन्टर पोइन्ट’
१८ असार २०७५
•
५ मिनेट पाठ
सगरमाथा क्षेत्र विदेशी विद्यार्थी अध्ययनको ‘सेन्टर पोइन्ट’
सोलुखुम्बु– अहिले विश्वरभर जलवायु परिवर्तनको असरको चर्चा व्यापक छ। कार्बन उत्सर्जनका कारण पृथ्वीको तापमान बृद्धि भइरहेको अवस्थामा यस क्षेत्रका विज्ञहरु अझ बढी चिन्तित छन्। अझ हिमाल, हिमनदी र हिमतालहरुका बारेमा अध्ययन गरिरहेका विद्यार्थीहरुले त नेपालको हिमालय क्षेत्रलाई अध्ययनको केन्द्र नै बनाएका छन्। पछिल्ला बर्षहरुमा पृथ्वीको तापमान बृद्धि र त्यसको असरका बारेमा अध्ययन गर्न सर्वाेच्च शिखर सगरमाथालाई केन्द्रीत गरी नेपाल आउने विद्यार्थीको संख्या बढेको हो।  

हिमालयन रिसर्चमार्फत अध्ययनका शिलशिलामा नेपाल आएका डा. अन्र्टन बायर्सले पहिलोपटक सन् २००९ मा खुम्बु क्षेत्रको ग्लेसीयर अध्ययनका लागी फोटोग्राफी गरेका थिए। जलवायु परिवर्तनको असरबारे अध्ययन गरिरहेको हिमालयन रिसर्चले यसरी अध्ययनमा आउने विद्यार्थीका लागि समन्वय गर्ने गरेको छ।  खुम्बु क्षेत्रमा हिमाल चुचुरा, हिमताल, हिमनदीमा देखिएको बदलावका बारेमा अध्ययन गर्न फरक फरक मौसममा विद्यार्थीहरु यहाँ पुग्छन्। एकिन तथ्यांक नभएपनि २०७२ सालको भूकम्पपछि अध्ययन गर्न आउने विदेशी विद्यार्थीको संख्या तुलनात्मक रुपमा बढेको हिमालयन रिसर्चका अध्यक्ष डा. धनन्जय रेग्मीले बताए। उनले भने, ‘भूकम्पले हिमाल, हिमताल र ग्लेसीयरमा पारेको प्रभाव तथा यसले जलवायुमा पार्ने प्रभावका बारेमा अध्ययन गर्न आउने विद्यार्थी बढेका छन्।’ गएको दुई बर्षयता मात्रै २ सय ५० भन्दा बढी विद्यार्थीहरु सगरमाथा खुम्बु क्षेत्रमा पुगेको डा. रेग्मीले बताए। त्यसयता अमेरिका, जापान, चीन, भारत लगायतका ३६ भन्दा बढी देशका विद्यार्थीहरु अध्ययन अनुसन्धानका लागि खुम्बु पुग्ने गरेका छन्। हिमालयन रिसर्चबाट मात्रै अहिलेसम्म २ सय ४१ जना विद्यार्थी खुम्बुका विभिन्न हिमतालहरुमा पुगिसकेका छन्। 

खुम्बु क्षेत्रमा पछिल्ला एक दशकमा जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिएको भन्दै लामो समयदेखि खुम्बु क्षेत्रमा ट्रेकिङ गाईडको रुपमा काम गर्दै आएका दिप राईले हिमालहरु कालापत्थरमा रुपान्तरण हुँदै गएको बताए। गत जेष्ठ महिनामा पनि गोक्यो हिमताल रिसर्चको लागी अमेरिकाबाट विज्ञसहित विद्यार्थीको समूह नेपाल आएको थियो। उक्त समूहले गोक्यो तालको तापक्रम, सतहको रेकर्डका लागि प्रविधि जडान गरेर छोडेको छ। 

जलवायु परिवर्तनले विश्वव्यापी रुपमा पार्ने प्रभावका बारेमा वैज्ञानिक, भुगर्वविद् तथा विदेशी विद्यार्थीहरु अध्ययन अनुसन्धानको केन्द्रविन्दु नेपालको हिमालय क्षेत्र बनेको हो। अमेरिकास्थित एक विश्वविद्यालयबाट आएकी विद्यार्थी लोरेनले गोक्यो तालको अध्ययन अनुसन्धान पहिलो प्राथमिकता भएको बताइन्। उनले भनिन्, ‘हाम्रो अध्ययन गोक्यो तालमा तापक्रमले पारेको प्रभाव, तालको सतह घटबढ लगायत विषयमा केन्द्रीत छ।’ 

यता जल तथा मौसम विज्ञान विभागले यसरी विदेशी विद्यार्थीहरुले नेपालका हिमालय क्षेत्रहरुमा गरिरहेको अध्ययनको कुनै रेकर्ड नराखिएको जनाएको छ। अहिलेसम्म यसबारे कुनै नीति नियम नरहेकाले तथ्यांक नहुने बताए। विदेशी विद्यार्थीले नेपाललाई अध्ययन क्षेत्रमा प्राथमिकता दिनु राम्रो भएको भन्दै यसलाई नीति निर्माण गरेर सहजिकरण गर्न आवश्यक रहेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषीराम शर्माले बताए। 
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस