चलखेलमा अड्कियो धरहरा पुनर्निर्माण
२७ असार २०७५
•
९ मिनेट पाठ
चलखेलमा अड्कियो धरहरा पुनर्निर्माण
नयाँ बन्न लागेकाे धरहराकाे स्केच साैजन्य : पुरातत्व विभाग
काठमाडौं- २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणका लागि थालिएको टेन्डर प्रक्रिया ठेकेदार कम्पनीको चलखेलमा अड्केको छ ।




राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माण कार्य अगाडि बढाउन मंगलबार टेन्डरको टुंगो लगाउने तयारी गरेको थियो । तर, ठेकेदारको चलखेलका कारण सात दिन म्याद थप गरिएपछि धरहरा पुनर्निर्माण पछाडि धकेलिएको हो।

‘आज (मंगलबार) ठेक्काको आर्थिक प्रस्ताव खोलेर धरहरा पुनर्निर्माणको टुंगो लगाउने तयारी गरेका थियौं,’ प्राधिकरण सांस्कृतिक सम्पदा पुनर्निर्माण शाखाका प्रमुख राजुमान मानन्धरले भने, ‘प्रधानमन्त्री कार्यालयबाट म्याद थप गर्नु भनेपछि रोकेका हौं ।’ उनका अनुसार ठेकेदार कम्पनीले फर्जी कागजपत्र पेस गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी प¥यो । सोही उजुरी छानबिनका लागि टेन्डर प्रक्रिया सात दिन स्थगित गरिएको हो ।

धरहरा पुनर्निर्माणका लागि ठेक्का पार्न अन्तर्राष्ट्रिय निर्माण कम्पनीसँगको साझेदारीमा कालिका रसुवा जेभी, लामा, रमन, आशिष, स्वच्छन्दता र कुमार गरेर ६ निर्माण कम्पनीले आवेदन दिएका थिए । आशिष कन्सट्रक्सन प्राविधिक मूल्यांकनबाटै बाहिरिएको छ ।प्राधिकरणले मंगलबार ११ बजे पाँच कम्पनीको आर्थिक प्रस्ताव खोल्ने तालिका सार्वजनिक गरेको थियो । सार्वजनिक खरिद ऐनअनुसार सबैभन्दा कम रकम कबुल गर्ने कम्पनीले ठेक्का पाउँछ ।

तर, उक्त प्रस्ताव खोल्न नपाउँदै सांसद मोहन आचार्यको कम्पनी रसुवा कन्सट्रक्सनले रमन कन्सट्रक्सनको बोलपत्र शंकास्पद रहेको भन्दै मंगलबार नै प्रधानमन्त्री कार्यालयमा उजुरी गरेपछि प्राधिकरणले प्रस्ताव नखोलेको हो । आफूले ठेक्का नपाउने शंकामा रसुवा कन्सट्रक्सनले उजुरी गरेको प्राधिकरणका एक अधिकारी बताउँछन् ।सांसद आचार्यको कम्पनीले धरहराको ठेक्का पाउन सुरुदेखि नै चलखेल गर्दै आएको स्रोतले बतायो । रसुवा कसन्ट्रक्सनले रमनबाहेकका अन्य कम्पनीलाई उच्च दर कायम गर्न लगाएर ठेक्का हाल्न लगाएको छ ।

रसुवाले रमन कन्सट्रक्सनलाई पनि लागत बढाएर ठेक्का हाल्न आर्थिक प्रलोभनसमेत देखाएको थियो । ‘आर्थिक प्रलोभन देखाउँदै ठेक्का नहाल्न रसुवाले अनुरोध गरेको थियो,’ रमन कन्सट्रक्सनका पवन महतोले भने, ‘हामीले आफ्नै दर कायम गरेर ठेक्का हालेका छौं ।’ सोही ठेक्का रमनले पाउने डरमा उजुरी गरिएको उनले बताए । रमन कन्सट्रक्सनले भने सबै कम्पनीलाई छानबिन गर्न माग गरेको छ । ‘ठेक्का प्रक्रियामा आएका ६ वटै कम्पनीको छानबिन गर्नेछौं,’ मानन्धरले भने, ‘कमजोरी भेटिएमा कालोसूचीका लागि सिफारिस गर्नेछौं ।’

रसुवा कन्सट्रक्सनका सञ्चालक तथा सांसद आचार्यले भने धरहरा ठेक्काबारे जानकारी नभएको बताए । उनले रसुवा कन्सट्रक्सन हेर्ने मेखबहादुर क्षत्रीलाई सोध्नु भनेपछि क्षत्रीले पनि बोल्ने समय नभएको भन्दै फोन काटे ।

सुरुदेखि नै चलखेल

धरहराको टेन्डर प्रक्रियामा सुरुबाटै चलखेल भएको देखिन्छ । टेन्डर खोल्दा नै ठूला ठेकेदार कम्पनीले मात्रै ठेक्का हाल्न पाउने गरी मापदण्ड राखिएको थियो । जसले गर्दा टेन्डर आह्वान हुँदा दर्जनौं कम्पनी तयार हुँदै आए पनि ६ कम्पनीले मात्रै आवेदन दिएका थिए । प्राधिकरणले वैशाख ३१ गते टेन्डर आह्वान गरेर असार पहिलो साता आसयपत्र खोलेको थियो ।

प्राधिकरणले धरहरा पुनर्निर्माण गर्न चाहने कम्पनीका लागि पछिल्लो दशकको तीन वर्षभित्र भ्याटबाहेक तीन अर्ब ९१ करोड २८ लाख कारोबार भएको कम्पनी हुनुपर्ने मापदण्ड राखेको थियो । त्यसैगरी भ्याटसहित तीन अर्ब १३ करोड दुई लाख ठेक्कामा धरहराजस्तै प्रकृतिको डबल बेसमेन्ट भवन सम्पन्न गराएको हुनुपर्ने उल्लेख गरेको थियो । तर यस्तो मापदण्ड पूरा गरेका निर्माण कम्पनी आधा दर्जनमात्रै रहेको निर्माण व्यवसायी बताउँछन् ।

प्राधिकरण स्रोतका अनुसार केही निर्माण व्यवसायीको मिलामतोमै यस्तो अवैज्ञानिक मापदण्ड राखिएको हो । ‘प्राधिकरणका केही कर्मचारी र केही ठेकेदारको सेटिङमा मापदण्ड राखिएको हो,’ स्रोतले भन्यो, ‘आवेदन दिनेको संख्या हेर्दा पनि त्यो प्रस्ट हुन्छ ।’

प्राधिकरण सांस्कृतिक सम्पदा पुनर्निर्माण शाखाका प्रमुख मानन्धर पनि न्यून निर्माण कम्पनीको मात्रै निवेदन पर्नुलाई मापदण्ड ‘मिट’ गर्न नसकेको मान्न सकिने बताउँछन् । ‘तुलनात्मक रूपमा टेन्डर आह्वानमा दर्जनौं कम्पनीले निवेदन दिने गर्छन्,’ उनले भने, ‘धरहरा पुनर्निर्माणमा पनि दुई दर्जनभन्दा बढी कम्पनीको निवेदन पर्ला भनेर सोचेका थियौं तर आधा दर्जन कम्पनीको मात्रै परेको छ ।’ मापदण्ड ‘मिट’ गर्न नसक्नुले कम कम्पनीको निवेदन परेको हुन सक्ने अनुमान मानन्धरको छ । धरहरा पुनर्निर्माण राष्ट्रिय गौरवको आयोजना तथा फरक प्रकृतिको भवन भएकाले मापदण्ड पनि त्यहीअनुसार राखिएको उनले बताए।

धरहरा पुनर्निर्माणमा झन्डै चार अर्ब लगानी हुने अनुमान प्राधिकरणको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको प्राधिकरणले चालू आर्थिक वर्षमै धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराउने तयारी गरेको थियो । ठेकेदारका कारण टेन्डर प्रक्रियाको अन्तिममा उल्झन आएपछि चालू आवमा शिलान्यास हुने सम्भावना कम देखिन्छ।

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले १८८२ सालमा महारानी त्रिपुरा सुन्दरीदेवीका लागि धरहरा निर्माण गरेको इतिहास छ । थापाले दुईवटा धरहरा बनाएका थिए । १९९० सालको भूकम्पमा भीमसेन नामको धरहरा भने जगैदेखि भत्कियो, महारानीको नामको पनि चिरामात्रै पर्यो । राणाकालीन प्रधानमन्त्री जुद्धशमशेरले १९९० सालअघि ११ तला रहेको त्यही धरहरालाई नौतलाको बनाएका थिए । २०७२ वैशाख १२ गतेको भूकम्पले भने त्यो धरहरालाई पनि फेदमात्रै बाँकी राखेर ढालिदियो।

उक्त धरहराको ठूलोलाई यथावत् राखेर त्यसैको छेउमा अर्को २२ तलाको धरहरा बनाउने प्राधिकरणले योजना अघि सारेको छ । प्राधिकरणले धरहराको डिजाइन सार्वजनिक गरिसकेको छ । नयाँ बन्ने धरहरा २२ तलाको हुन्छ भने मोटाइ पनि साबिकको भन्दा ठूलो हुनेछ । धरहरामा पहिलेको जस्तै भ¥याङ र लिफ्टको व्यवस्था गरिने जनाइएको छ ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस