समावेशी ब्रतबन्ध
३२ असार २०७५
•
६ मिनेट पाठ
समावेशी ब्रतबन्ध
श्री योगी नरहरीनाथ संस्कृत गुुरुकुलका विद्यार्थीको सामुहिक व्रतबन्ध गरिदैं। तस्विरः सविता/नागरिक
चितवन - अछामका ९ वर्षिय दीपेशराज गुरुङ देवघाट बस्छन्। कक्षा ५ पढेर उनी थप अध्ययन गर्न चितवन आएका हुन्। कक्षा ५ सम्म सामान्य सरकारी विद्यालयमा पढेका उनी अहिले श्री वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रमले सञ्चालन गरेको श्री योगी नरहरीनाथ संस्कृत गुुरुकुलम्मा बस्छन्। कक्षा ६ मा गणित, सामाजिक, नेपाली लगायतका विषयसँगै उनले पढ्ने केही विषय परिवर्तन भएका छन्। उनी न्यायशास्त्र, नीतिशास्त्र, व्याकरण लगायतका पाँच विषय संस्कृत भाषामा पढ्छन्।

तीन महिनाअघि मामाको साथ लागेर देवघाट आएका उनलाई संस्कृतको पढाई रमाईलोसँगै फरक लागेको छ। मिहिनेत गरेर संस्कृत पढिरहेका उनी भन्छन्, ‘पढ्न सिक्दैछु, धेरै गाह्रो भएको छैन।’ गुरुङ समुदायमा छेओर गर्नुपर्ने रहेकामा आइतबार उनको व्रतबन्ध गरिएको छ। गुरुकुलमा बस्ने उनीसँगै आठ जनाको सामुहिक व्रतबन्ध गरिएको हो।

अछामकै १२ वर्षिय विशाल थापा मगरको पनि दीपेशसँगै व्रतबन्ध गरिएको छ। संस्कृत पढ्न गुरुकुल आएका उनी व्रतबन्ध गर्दा रमाइलो मानिरहेका थिए। घरमा रहँदा उनले व्रतबन्धबारे थाहा पाएका र देखेका थिएनन्। व्रतबन्ध गरेपछि थप मिहिनेत गरेर संस्कृत पढ्ने उनले बताए। गुरुकुलमा बसेर अध्ययन गर्न थालेपछि उनलाई विशालनाथ भनेर बोलाइने गरिएको छ। गुरुकुलमा बस्ने सबै विद्यार्थीलाई नामको पछाडि ‘नाथ’ जोडेर बोलाइन्छ।

काठमाडौंका आयुष रिमाल बोर्डिङको पढाइ छाडेर गुरुकुल आएका छन्। फरक–फरक जिल्लाका साथीसँग गुरुकुलमा बसेर अध्ययन गर्नु उनका लागि नौलो अनुभव भएको छ। बाबुको संस्कृत वाचनबाट प्रभावित भएर संस्कृत पढ्न गुरुकुल आएको आयुष बताउँछन्। गुरुङ, मगर जातिका साथीलाई संस्कृतका शब्दहरू उच्चारण र कण्ठ गर्न गाह्रो हुने गरेको उनले बताए। भन्छन्, ‘सबैजना मिलेर पढ्छौं।’

गुरुकुलमा बसेर अध्ययन गर्दै आएका सम्राट थापा मगर, महेन्द्र बोहोरा, अंकित अधिकारी, नवराज बोहोरा, दीपेन्द्र साउदको पनि गुरुकुलले गरेको सामुहिक व्रतबन्ध कार्यक्रममा व्रतबन्ध गरिएको छ। देवघाटको वागेश्वरीमा रहेको आश्रमले यही वर्षबाट समावेशी रूपमा सबै जातजातिका विद्यार्थीलाई संस्कृत अध्ययन गराउन गुरुकुल सञ्चालन गरेको हो।

कक्षा ५ को अध्ययन सकेर ६ कक्षा पढ्ने २१ विद्याथीलाई गुरुकुलमा राखेर संस्कृत पढाइने श्रीयोगी नरहरीनाथ संस्कृत गुुरुकुलम्का सचिव यदुनाथ पोखरेलले जानकारी दिए। सबै जातजातिका विद्यार्थी बसेर पढ्न पाउने व्यवस्था नेपालमा नभएकाले आश्रमले गुरुकुल सञ्चालन गरेको उनी बताउँछन्।

वैशाख १६ गतेबाट पढाइ सुरु गरिएकामा यस वर्ष चार जिल्लाका आठ विद्यार्थी रहेको उनले बताए। काठमाडौं, नुवाकोट, नवलपुर र अछामका बालकहरू गुरुकुलमा छन्। अर्को वर्षबाट हरेक वर्ष समावेशी रुपमा सबै जातिका २१ विद्यार्थीलाई गुरुकुलमा राखेर संस्कृत पढाइने उनले बताए। उनका अनुसार गुरुकुलमा पढ्न आउनेका लागि निःशुल्क बस्ने र पढ्ने व्यवस्था मिलाइएको छ।

‘ब्राह्मण जातिले मात्र संस्कृत पढ्ने प्रचलन अन्त्य गर्दै समावेशी गुरुकुल सञ्चालन गरिएको छ,’ उनी भन्छन्, ‘नेपालमा यो पहिलो गुरुकुल हो, जहाँ सबैलाई समावेशी रूपमा सहभागी गराइने उद्देश्य राखिएको छ।’

श्री वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रमका संरक्षण बलभद्रनाथ योगी नियममा रहन शिक्षण, प्रशिक्षण वा दीक्षित हुनुपर्ने भएकाले सबै विद्यार्थीको सामुहिक व्रतबन्ध गरिएको उनले बताए।

सबै एउटै मानव जातिका भए पनि प्राचीन परम्परालाई भुलिएको उनले बताए। ‘विभिन्न स्वार्थका कारण परम्परादेखि चलिआएको पद्धतिलाई बीचमा भुलिएको थियो,’ उनी भन्छन्, ‘सम्पूर्ण मानव एकै हुन्, परम्परागत पद्धतिमा कुनै असन्तुलन थिएन, त्यही प्राचीन पद्धति यहाँ फेरि थालनी गरिएको छ।’ सबै जातका विद्यार्थीलाई गुरुकुलमा राखेर पढाउँदा सामाजिक सन्तुलन कायम हुने र मानिसलाई अनुशासी पनि बनाउने उनको भनाइ छ।
अर्को समाचार
दलित बटुकसहित सामूहिक ब्रतबन्ध
नागरिक
१३ फागुन २०७२
•
५ मिनेट पाठ
दलित बटुकसहित सामूहिक ब्रतबन्ध
धरान–दलित समुदायका चार जना बटुकलाईसमेत सहभागी गराएर बिहिबार धरानमा समावेशी सामुहिक ब्रतबन्ध गरिएको छ। नेपाली समाजमा व्याप्त जातीय भेदवात एवं छुवाछुत प्रथालाई तोड्न धरान १४ स्थित पिण्डेश्वर मन्दिर परिसरमा दलित वटुकलाई सहभागी गराउदै ब्रतबन्ध गराइएको हो।दलित बटुकलाई समावेश गराएर सामुहिक ब्रतबन्ध गराइएको पूर्वमै यो पहिलो हो। करिब ७० वर्षअघि नै स्वर्गीय पण्डित छविलाल पोख्रेलले धरानका दलित समुदायलाई शिक्षा दिने, घरमा पुजापाठ र ब्रतबन्ध गरेर समाज सुधारको अभियान थालिसकेका थिए।

ब्राह्मण सेवा समाज धरान नगर समितिले आयोजना सामुहिक ब्रतबन्धमा ४ जना दलित बटुकसँगै ब्राह्मण, क्षेत्री, नेवारलगायत समुदायका कुल ४१ जना बटुकहरु सहभागी थिए । उनीहरुलाई पण्डित हरिप्रसाद पौडेलले हिन्दु धार्मिक विधि अनुसार ब्रतबन्ध गराएका थिए । दलित समुदायका प्रियन विश्वकर्मा, पिन्चु विश्वकर्मा, सन्जोग विश्वकर्मा र सौगात विश्वकर्माको पनि सामुहिक ब्रतबन्ध गरिएको थियो ।

ब्राह्मणलगायत उच्च जाति भनिएका बटुकसँगै दलित बटुकको पनि ब्रतबन्ध गरिने चर्चाले सबैले सामुहिक ब्रतबन्धलाई उच्च चासो लिएका थिए। ब्राह्मण समाजले स्थानीय पत्रपत्रिकामा सामुहिक ब्रतबन्ध गर्ने भन्दै सम्पर्कको लागि सूचना प्रकाशन गरेपछि दलित समुदायका ४ जना बुटकले पनि नाम दर्ताको लागि पुगेका थिए। यस बिषयमा दुई दिनसम्म ब्राह्मण समाज र दलित उत्थान समन्वय समितिबीच निरन्तर लफल र बहस भएको थियो। ब्राह्मण समाजले लामो अन्तरिक छलफलपछि बुधबार मात्रै दलित बटुकलाई पनि सामुहिक ब्रतबन्धमा समावेश गराउने निर्णय गरेको थियो।

दलित समुदायले ब्राह्मण समाजको निर्णय ऐतिहासिक भएपनि आंशिकमात्रै उपलब्धीकोरुपमा लिएको प्रतिक्रिया दिएको छ । 'धार्मिक, साँस्कृतिक, सामािजकरुपमा विभेदमा रहेको समुदाय आज धार्मिकरुपमा अन्तरघुलित भयौं, यो आंशिकरुपमा भएपनि सकरात्मकरुपमा लिएका छौं', दलित उत्थान समन्वय समितिका अध्यक्ष दिलबहादुर रामदानले भने, 'हामी समाजिक, सँस्कृतिरुपमा पनि सबैसँग अन्तरघुलित हुनचाहन्छौं ।' धार्मिक अन्तरघुलन शहरबाट शुरु भएपनि ठुलो समस्या गाउँमा रहेकोले अभियान चलाएर संकिर्णतालाई तोड्ने उनको भनाइ छ । छुवाभुद तथा भेदभाव अन्त्यलाई नीतिगतरुपमा स्वगत गरिएपनि व्यावहारमा भने लागू गराउन निक्कै कठिन भइरहेको उनले बताए ।

ब्रह्मण सेवा समाजका केन्द्रीय उपाध्यक्ष डिल्लीराम उप्रेतीले दलित बटुकलाई पनि सामुहिक ब्रतबन्धमा सहभागी गराउनु ज्यादै सकरात्मक भएको र अन्यत्र पनि अभियानकैरुपमा अघि बढाउनुपर्ने बताए। 'यो त ज्यादै खुशीको कुरा हो, हामी सबै एउटै हौं । कामको हिसाबले मात्रै छुटिएको हो, जातले होइन । भेदभाव पनि जातले भएको थिएन, गुण र कर्मले थियो । तर, यसको अन्त्य हुनैपर्छ', उनले भने। सामुहिक ब्रतबन्धका पण्डित हरिप्रसाद उप्रेतीले पनि समयअनुसार परम्परा, रितिथितीलाई बदल्दै अघि बढ्नुपर्ने बताए ।

संविधानले नै भेदभाव र छुवाछुतलाई अन्त्य गरिसकेकोले संकीर्ण सोच पालेर कसैले पनि बस्न नहुने उनको भनाई थियो । विंस१९९० सालको मुलुकी ऐनलाई संशोधन गरेर २०२० सालमा नै जातको आधारमा भेदभाव वा छुवाछुत गर्न नहुने कानुनी व्यवस्था भएपनि अझैसम्म व्यावहारमा लागू हुन सकेको छैन। जातकै आधारमा दलित भनिइएका समुदायलाई घरभित्र पस्न नदिने, छोएको नखाने, मठमन्दिरमा प्रवेश नदिइने जस्ता अमानवीय घटनाहरु बेला बेला सार्वजनिक हुने गरेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस