भाग्यले बाँचेका ६ जना
०४ साउन २०७५
•
६ मिनेट पाठ
भाग्यले बाँचेका ६ जना
पूर्वी रुकुमको धारापानी भिरबाट जिपबाट हाम फालेर बाँचेकी कोपिला। तस्बिर : नागरिक
नेपालगन्ज - बाटो धेरै खराब थिएन। पानी परेकाले केही चिप्लो भने थियो। रुकुमकोटबाट १६ जना यात्रु राखेर लु१ज २५७३ नम्बरको जिप धौलापहिरातर्फ जाँदै थियो। रुकुमकोटबाट हिँडेको पाँच मिनेटमा जिपको ‘कन्डिसन’ बिग्रियो। ढोकाअगाडि झुन्डिएका पुथा उत्तरगंगा गाउँपालिका–२, पेल्माका जयमान पुन (३७) सँगै अन्य चारजनाले जिपबाट हाम फाले। सोही गाउँपालिका वडा नं. १ की कोपिला पुन (२९) जिपचालकको ठीक पछाडि थिइन्। सानो बच्चा च्यापेर उनी पनि झ्यालबाट बाहिर निस्किइन्।

उनीहरू निस्केको एक मिनेट नपुग्दै जिप करिब दुई सय मिटर तल धारापानी भिरबाट खस्यो। ‘आँखैअगाडि खसेको जिप नरोकिँदै केही मान्छे खस्न थाले,’ जयमानले भने, ‘जिप खस्दै गयो।’ उनले त्यसपछि आफू सडकबाट झरेर उद्धारमा लागेको बताए। उनीसँगै ६ जना जिपबाट हाम फालेर बाँच्न सफल भए। ‘जिप खस्दा रोएकराएको आवाज आएको थियो,’ उनले भने, ‘केहीले बचाऊ भन्दै हारगुहार गरिरहेका थिए।’ तर, एक छिनपछि आवाज बन्द भयो । घटनास्थलमै चारजनाको मृत्यु भइसकेको थियो। सोही गाउँका छायाराम पुन मगर (४२) ले भने, ‘एकजनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भयो। दुईजनाको अस्पतालमा मृत्यु भयो।’

घाइते भएका चारजना गम्भीर भएकाले आवाज आउन सकेन। बेहोस भएपछि उनीहरूको आवाज बन्द भएको उनी बताउँछन्। उक्त जिपमा योजनाको रकम निकासा गर्न आएका सर्वसाधारण थिए। शालिना बर्मा र ललिता परियार स्थानीय गैरसरकारी संस्थामा कार्यरत कर्मचारी हुन्। ‘यदि जिपबाट हाम नफालेको भए आमाछोरा सँगै मर्ने थियौं,’ कोपिलाले भनिन्, ‘भाग्यले बचायो। अहिले नयाँ जीवन पाए जस्तो भएको छ।’ कच्चीबाटोमा पुरानो र बिग्रिएको जिप चलाउँदा दुर्घटना भएको सर्वसाधारण बताउँछन्।

‘बाटो नै खराब छ,’ तेजेन्द्र पुन (२६) ले भने, ‘त्यसमा पनि बिग्रिएको सवारीसाधन।’ जसले गर्दा यहाँका बासिन्दा अकालमै ज्यान गुमाउन बाध्य भएको उनको भनाइ छ। पुराना सवारीसाधनको प्रयोग हटाउनुपर्ने उनले बताए । हाम फालेका ६ जनाले पुनर्जन्म पाएको उनको बुझाइ छ।

बैंक नहुँदा सास्ती

पुथा उत्तरगंगा गाउँपालिका–२, पेल्माका २३ वर्षीय किरण पुन गाउँमा निर्माण भएको खानेपानी योजनाको रकम लिन रुकुमकोट पुगेका थिए। योजना सकिए पनि गाउँमा बैंक नहुँदा उनी असार तेस्रो साता रुकुमकोट आए । रकम निकासापछि घर जाँदै गर्दा उनी जिपमा चढेको पाँच मिनेटमा मृत्यु भयो। धारापानीनजिकै जिप दुर्घटना हुँदा उनीसहित सातजनाको मृत्यु भयो। उनीजस्तै बुद्धिराज पुन पनि रुकुमको योजनाको रकम निकासा गर्न आएका थिए।

गाउँ शौचालय र सरसफाइ कार्यक्रमको एक लाख रुपैयाँ निकासा गर्न आएका उनको दुखद निधन भयो। रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा बैंक छैन । बैंकिङ कारोबार सबै जिल्ला सदरमुकाम रुकुमकोटमा गर्नुपर्ने बाध्यता छ। गाउँमा बैंक नहुँदा अकालमै मृत्यु हुनु परेको उनका आफन्तको भनाइ छ।

बैंक गाउँमा नहुँदा स्थानीयलाई अकालमै ज्यान गुमाउनु परेको जयमानले नागरिकसँग बताए। ‘यदि बैंक गाउँमा भएको भए हामी त्यही रकम निकासा गथ्र्यौं,’ उनले भने, ‘गाउँमा नभएपछि रुकुमकोट आउन बाध्य भयौं।’ सधैं जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले ग्रामीण क्षेत्रमा पनि बैंक स्थापनाका लागि सरकार अग्रसर हुनुपर्ने बताए।

बाँचेकाहरू पैदलयात्रा गर्ने

रुकुमकोटबाट पेल्मा जान पैदल चार दिन लाग्छ। जिपमा जाँदा एक दिन हिँड्नुपर्छ भने एक दिन जोखिपूर्ण जिपको यात्रा गरे पेल्मा पुगिन्छ। तर, जिप दुर्घटनामा हाम फालेर बाँचेकाहरू पैदल घर जाने बताएका छन्। जोखिमपूर्ण बाटोमा जिपमा यात्रा गर्दा पुनः दुर्घटना हुन सक्ने भन्दै उनीहरू पैदल जान लागेका हुन्। ‘यहाँबाट गाउँ पुग्न चार दिन लाग्छ,’ जयमानले भने, ‘दुर्घटनामा पर्नुभन्दा हिँड्नु राम्रो छ।’
अर्को समाचार
केदारनाथमा बाँचेकाहरुको घर नजिकै पहिरोमा परी मृत्यु
१३ असार २०७०
•
२ मिनेट पाठ
केदारनाथमा बाँचेकाहरुको घर नजिकै पहिरोमा परी मृत्यु
सुर्खेत - भारतको केदारनाथबाट भाग्यले बाँचेका दुई व्यक्तिको घर पुग्नै लाग्दा पहिरोमा पुरिएर मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। आज बिहान करिव ३ बजे गएको पहिरोमा पुरिएर कालीकोट राँचुलीका ४५ वर्षीय जक्ते बिक र ४० वर्षीय दलजित बिकको मृत्यु भएको हो। घाइते बुचे बिकलाई उपचारको लागि सुर्खेत पठाइएको कालिकोटका प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले बताए।प्रजिअ बस्नेतका अनुसार कर्णाली राजमार्गको सेरीघाटस्थित भक्तबहादुर मल्लको घरको छतमा सुतेका तीनजनालाई माथिबाट खसेको पहिरोले पुरेको थियो। पहिरोले घरमा क्षति पुर्याकए पनि परिवारका सदस्य भने सकुशल छन्।

कामको लागि केदारनाथ गएका उनीहरु त्यहाँ गएको विनाशकारी बाढीपहिरोबाट बचेर घर फर्किएका थिए। उनीहरुसँगै गएका परिवारका अन्य चारको केदारनाथ घटनामा मृत्यु भएको घाइतेलाई उद्धृत गर्दै कालीकोटमा कार्यरत पत्रकार केशवराज कठायतले बताए।

यसैबीच, एक साताअघि सान्नीगाढ खोलाको बाढीले बगाएकामध्ये १० जनाको अवस्था अझै अज्ञात छ। तीनजनाको शव भेटिएको प्रजिअ बस्नेतले बताए। खोलामा बेपत्ता भएकालाई स्थानीयको सहयोगमा खोज्ने काम भए पनि भेटाउन नसकिएको उनले बताए।

बाढीबाट विस्थापितहरुको अवस्था भने निकै कष्टदायी छ। १८ घरका ५५ व्यक्ति टेन्ट हालेर बसेका छन्। ‘रेडक्रसलगायत संघसंस्थाको पहलमा उनीहरुले केही राहत पाए पनि सरकारसँग उनीहरु निकै आक्रोशित छन्,’ पत्रकार कठायतले भने, ‘अर्कोतिर बेपत्ता परिवारका सदस्यहरुले पनि सरकारले खोजबिनमा ध्यान नदिएको आरोप लगाएका छन्।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस