चितवन - खाद्यान्नबाली होस् या तरकारीबाली, रोगकिराको प्रकोप देखिन थालेपछि विषादीको प्रयोग गर्ने प्रचलन अत्यधिक छ। कति किसानले रोगकिरा देखिनुअघि नै विषादी प्रयोग गर्छन्। अहिले केहीमात्रामा जैविक विषादी प्रयोग गरिए पनि अन्य विषादी प्रयोगमा कमी नआएको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक घनश्याम भण्डारी बताउँछन्।
नेपालमा करीब ९३ प्रतिशत किसानले रासायनिक विषादी प्रयोग गर्ने उनी बताउँछन्। ८५ प्रतिशतभन्दा बढी विषादी तरकारीबालीमा प्रयोग गरिन्छ। ‘४० प्रतिशत किसानले रोग देखिनुअगाडि नै विषादी प्रयोग गरिएको पाइन्छ,’ उनले भने, ‘धेरै विषादी प्रयोग गरिने जिल्लामा चितवन पनि पर्दछ।’ किटविज्ञानका विज्ञ उनी बालीमा लाग्ने किरा नियन्त्रण गर्न लाइट ट्रयाप (बत्तीको पासो) प्रयोग गर्न सकिने बताउँछन्।
वैज्ञानिक भण्डारीले किरा नियन्त्रण गर्नका लागि आफैंले ब्याल्क लाइट ट्रयापको विकास गरेका छन्। लाइट ट्रयाप विकास गर्नुका पछाडि उनको अध्ययनले महत्व राखेको छ। पिएचडी गरिरहेका उनले अध्ययन पूरा गर्न मकैमा लाग्ने गभारोका बारेमा अध्ययन तथा अनुसन्धान गरिरहेका छन्। किराको गतिविधि अध्ययन गर्ने शीर्षकमा गभारोका बारेमा उनले अध्ययन गर्न थालेको समयमा उनको अमेरिकन एडभाइजरले लाइट ट्रयापको मोडल देखाउन उनलाई लगाएका थिए।
नेपालमा परम्परागत रूपमा प्रयोग गरिँदै आएका लाइट ट्रयापको तस्बिर देखाउँदा उनलाई एडभाइजरले अन्तर्राष्ट्रिय लेभलमा मिल्ने स्ट्यान्डर्डको लाइट ट्रयापको प्रयोग गर्न सुझाए। त्यही सुझावलाई मनन गर्दै उनले अहिले लाइट ट्रयापको विकास गरेका हुन्। उनलाई आफ्नो अनुसन्धानलाई सहयोग हुने लाइट ट्रयापको विकास गर्न छ महिना लाग्यो।
‘यो मेरो आफ्नै किसिमको प्रविधि होइन,’ उनी भन्छन, ‘विश्वमा भएका र प्रयोग गरेका ट्रयापलाई हेरेर नै ट्रयाप बनाएको हुँ।’ स्थानीय स्तरमा उपलब्ध हुने सामग्रीको प्रयोग गरेर उनले दुई वर्षअघि लाइट ट्रयाप बनाएका हुन्। किराका बारेमा काम गर्ने वैज्ञानिकले प्रयोग गर्ने विभिन्न उपकरण (टुल्स) मध्ये लाइट ट्रयाप पनि एउटा प्रविधि भएको वैज्ञानिक भण्डारी बताउँछन्।
उनले विकास गरेको लाइट ट्रयाप परम्परागत लाइट ट्रयापको तुलनामा यसमा तीन गुना बढी किरा आकर्षित हुने उनले बताए। किराको गतिविधि र जीवनचक्र अध्ययन गर्नमा उपयोगी हुने लाइट ट्रयाप किरा नियन्त्रणका लागि पनि उत्तिकै लाभदायक हुने उनी बताउँछन्। धेरैजसो किरा राति बत्तीमा आकर्षित हुन्छन्। ‘किरा विशेषतः दिउँसो देखिनेभन्दा पनि राति देखिने किरा हानिकारक हुन्छ,’ उनी भन्छन्, ‘यिनीहरू बालीमा बढी आक्रमण गर्ने भएकाले बढी क्षति गराउने हुन्छन्।’
यस्ता किरा लाइट ट्रयापमा पारेर नियन्त्रण गर्न सकिने उनले बताए। कृषि अनुसन्धान परिषद् (नार्क) किटविज्ञान महाशाखा, वागबानी महाशाखाका साथै विभिन्न क्याम्पसका लागि गरी १५ वटाभन्दा बढी लाइट ट्रयाप बनाएर दिएका छन्। अहिले अध्ययन अनुसन्धानमा सहयोगी हुने भएकाले धेरै ठाउँबाट माग आइरहेको उनले बताए।
उनले बनाएको ट्रयापमा १० वाटको लाइट, फाइबरको पाता (मदानी आकारको) सोली, संकलन भाडा र लाइट स्ट्यान्ड राखेर ट्रयाप बनाइएको छ। सोली र संकलन भाडा टिनको बनाइएको छ। फलामको स्ट्यान्ड राखिएको छ। उनले ट्रयापलाई सुरक्षित राख्न छपनी (छानो) समेत बनाइएको छ। उनले तयार गरेको ट्रयापको मूल्य १७ हजार रुपैयाँ राखिएको छ। बजारमा पाइने आधुनिक लाइट ट्रयापको तुलनामा सस्तो र उपयुक्त भएको उनी बताउँछन्।
हानिकारक किराको तुलनामा न्यून मात्र फाइदाजनक किरा ट्रयाप पर्ने उनी बताउँछन्। ट्रयापमा पर्ने किरा हेरेर पनि किराको प्रकोप कुन अवस्थामा छ भनेर जान्न सकिने उनले बताए। उनले अध्ययनका लागि सातामा एक दिन राति १२ घण्टा लाइट ट्रयाप बाल्दा तीन केजीसम्म किरा ट्रयापमा परेको उनले बताए। किराहरू चिसो रगत भएका हुने भएकाले तातोमा तातो र चिसोमा चिसो शरीरको बन्छन्। बढी तातो हुँदा किराको क्रियाशीलता बढ्ने वरिष्ठ वैज्ञानिक भण्डारीले बताए।
उनले आफूले तयार गरेको प्रविधि नार्कको किटविज्ञान महाशाखालाई हस्तान्तरण गरिसकेका छन्। त्यसको प्रोटोकल हेरेर अरूले पनि बनाउन सक्ने उनले बताए। ‘अहिलेसम्म आफैंले बनाएको छु,’ उनी भन्छन्, ‘यसलाई किसानसम्म पु¥याउन बनाउने र वितरण गर्ने सप्लायर्सको खोजीमा छु।’ व्यावसायिक खेती गर्ने किसानले किरा नियन्त्रणका लागि विषादी प्रयोग गर्नुभन्दा ट्रयापको प्रयोग गर्नु सस्तो र उपयुक्त हुने उनले बताए।
यसबाट कुन समयमा कस्तो किरा आउँछन् र कत्तिको मात्रामा किरा लागेका छन् भनेर जानकारी लिनसमेत किसानलाई सजिलो हुने उनको भनाइ छ। ट्रयापमा जम्मा भएको किरा थोरै विषादीमा कपास भिजाएर संकलन गरिएको भाडामा राखेर मार्न सकिने उनले बताए । यसले विषादी छर्किने झन्झट र त्यसको असरबाट समेत बच्न सकिने उनले बताए । ट्रयापबाट किरा नियन्त्रण गर्दा जमिनलाई समेत हानि नपुग्ने उनी बताउँछन्।