संखुवासभा - जिल्ला अस्पतालमा सुत्केरी भएको ७ महिना बित्दा पनि सुत्केरी भत्ता नपाएका गुनासो बढेको छ। पाँचखपन नगरपालिका ४ खप्टुवाकी आशा परियार मंसिर १३ मा सुत्केरी भएकी उनले ७ महिना बितिसक्दा समेत यातायात खर्च र गर्भवती उत्प्रेरणा खर्च पाएकी छैनन्। पटक पटक जिल्ला अस्पताल धाउँदा पनि खर्च नपाएको उनले गुनासो गरिन्। उनका श्रीमान् नवीनकुमार दर्जी यातायात खर्च र गर्भवती उत्प्रेरणा खर्च लिन धाएको ४ पटक भयो तर अहिलेसम्म उनले उक्त रकम पाएका छैनन्। अस्पतालले यातायात खर्च भनेर एक हजार पाँच सय र उत्प्रेरणा खर्च भनेर ४ सय दिने गरेको छ। 'एकहजार ९ सय लिन धाएको ४ पटक भयो', उनले भने, 'कहिल्यै पाईएन । आउनु जानु दुख मात्रै भयो । घरबाट खाँदबारी धाउँदा त्यो भन्दा बढी खर्च भइसक्यो, पैसा पाईन्छ भनेर गयो सधै रित्तो हात फर्किनु पर्छ।'
पछिल्लाे पटक खर्च लिन आएका दर्जीलाई अस्पतालका कर्मचारीले एक महिनापछि फेरी आउनु भनेका छन्। यसअघि आउँदा उनलाई असार मसान्तमा बोलाईएको थियो, त्यो बेला समेत रकम नपाएपछि कर्मचारीले साउनको पहिलो साता आउनु भनेका थिए।
आशा परियार मात्रै हैन, जिल्ला अस्पतालमा सुत्केरी भएका ७ सय ७३ जनाले यो रकम पाएका छैनन्। जिल्ला अस्पतालमा यो वर्ष १ हजार ६४ जना सुत्केरी भएका थिए। बजेट अभावले उनीहरुलाई रकम दिन नसकिएको ईन्डोर ईन्चार्ज सुधा घिमिरेले बताईन्। तीन पटक नगरपालिकासँग रकम ल्याएर सुत्केरीलाई वितरण गरेको उनले बताईन। सम्पर्कमा आउनेलाई उनीहरुले पाउने रकम उपलव्ध गराएको उनकाे भनाइ छ।
'साउनको रकम मंसिरको दोस्रो सातामा मात्रै आयो, प्राथमिकताका आधारमा वितरण गर्दा केहीलाई दिन बाँकी छ । उनीहरुलाई नगरपालिकाले बजेट पठाएपछि वितरण गरिनेछ' घिमिरेले भनीन 'यो रकम सबैले पाउने छन्, अलि ढिला हुने भयो, हामी वितरण गर्छाै।'
सुत्केरी यातायात खर्चका लागि गत वर्ष २६ लाख आएको खाँदबारी नगरपालिकाले जनाएको छ। यो वर्ष ६ लाख मात्रै बजेट आएकाले झनै समस्या हुने प्रमुख मुरारीप्रसाद खतिवडाले बताए। उनले यो शीर्षकमा थप बजेट मागिने बताए।