संखुवासभा– चिचिला गाउँपालिका २ दिदिङ खेवाटारका गजबहादुर राईले रुद्राक्षबाट राम्रो आम्दानी गरिरहेका छन्। धेरै पहिलेदेखि रुद्राक्ष उत्पादन नगरे पनि उनी दिदिङमा पहिलो रुद्राक्ष कृषकको रुपमा चिनिन्छन्। उनको रुद्राक्षको ठूलो बगान नभएपनि १७ वटा रुखबाट आम्दानी लिइरहेका छन्। यसमा पनि ४ वटा रुखमा गुणस्तरीय रुद्राक्ष उत्पादन हुने गरेको राईले बताए।
रुद्राक्ष उत्पादन सुरु भएको विगत ४ वर्ष देखि उनले वार्षिक २५ देखि २ लाख ५० हजारसम्म आम्दानी गर्ने गरेका छन्। सुरुका वर्ष रुद्राक्षको कम मूल्य भएकै कारण २५ हजारमा व्यापारीलाई ठेक्का दिएको राईले बताए। यो वर्ष भरखरै २ लाख ५० हजारमा ठेक्का लगाइएको राई बताउँछन्। अरु खेती जस्तो झन्जटिलो नहुँने र आम्दानी राम्रै हुने गरेकाले रुद्राक्ष कृषकहरुको संख्या बढेको छ’, उनले भने।
राईको छिमेकी जेम्स राईले पनि कोदो खेती विस्थापित गरेर रुद्राक्षको बिरुवा लगाएका छन्। उनले विगत ३ वर्षदेखि कोदो रोप्ने जग्गामा रुद्राक्षको बिरुवा लगाएका छन्। उनले हालसम्म ८० बिरुवा लगाएका छन्। आगामी वर्षदेखि केही बोटले उत्पादन सुरु गर्ने राईले बताए। रुद्राक्षबाट छिमेकीको राम्रो आम्दानी देखेपछि कोदो विस्थापित गराएर रुद्राक्ष लगाएको उनी बताउँछन्। ‘१० वर्ष विदेश बस्दा आम्दानी भएन, यतिका वर्ष रुद्राक्षको बिरुवा लगाएको भए अहिले मालामाल हुने थिएँ’, उनले भने। विदेशको दुःख सम्झिएर रुद्राक्षमा पसिना बगाएको उनी बताउँछन्।
संखुवासभामा अहिले बेसीका जग्गाहरुमा उत्पादन भएका रुद्राक्षहरु टिप्न सुरु गरिएको छ। चिसो मौसमका कारण उच्च भुभागमा रुद्राक्ष ढिलो छिप्पीने भएकाले गाउँदेखि सदरमुकामसम्म रुद्राक्षको चहलपहल भरखर सुरु भएको छ।