तीन महिनामै उप्कियो कालोपत्रे
०१ भदौ २०७५
•
९ मिनेट पाठ
तीन महिनामै उप्कियो कालोपत्रे
काठमाडौं - गत चैत अन्तिम साता काठमाडौं महानगरपालिका ७ सरस्वतीनगर र कपन क्षेत्रका बासिन्दाको खुसी चुलियो। नचुलियोस् पनि किन ? वर्षाैंदेखि धुलाम्मे र हिलाम्मे सडकका कारण उत्पन्न समस्याबाट मुक्ति पाएका थिए उनीहरूले।

सडक विस्तार गर्न कपन प्रवेशको प्रमुख मार्ग गोपीकृष्ण–सरस्वतीनगरको सडक भत्काइयो २०७२ मंसिरमा। त्यसयता सुरु भएको सडक सकस अन्त्य हुन २०७४ चैत अन्तिम सातासम्म कुर्नुप-यो। सो अवधिमा विभिन्न बहानामा सडक अलपत्र छोडिँदा स्थानीयदेखि यात्रुसम्मले धुलो र हिलोको सास्ती खेप्नुप-यो। सडक आसपासका पसल धुलोले हेरिनसक्नु हुन्थे। पैदलसमेत हिँड्न नसकिने गरी लामो समयसम्म सडक अलपत्र अवस्थामा रह्यो।

जीर्ण सडक लामो समयसम्म नबनेपछि त्यस क्षेत्रका बासिन्दाले सांसददेखि मन्त्रीसम्म गुहारे। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का सांसद गगन थापाले धेरैपटक सडकको दुरवस्था अवलोकन गरी सरोकारवालासँग छलफल गरे–गराए। स्थानीयको चर्को दबाबपछि बल्लतल्ल गत चैतमा सडक कालोपत्रे गरियो। स्थानीयले कालोपत्रे सडक प्रयोग गर्न पाए। यो खुसीले सरस्वतीनगरका बासिन्दामात्र हैन, कपनवासीको अनुहार पनि चम्कियो।

विडम्बना ! त्यस क्षेत्रका बासिन्दाको यो खुसी तीन महिना पनि टिकेन। चैत २३ देखि २६ गतेसम्म यो सडकमा गरिएको कालोपत्रे असारमै ठाउँठाउँमा उप्कियो। कालोपत्रे उप्किएपछि सडकमा खाल्डा पर्न थाले। अहिले गोपीकृष्णचोकबाटै सडकमा खाल्डा देखिन थालेका छन्। बीचको केही भाग भत्किएको छैन। नभत्किएको ठाउँमा पनि सडक चिराचिरा परेको छ। भृकुटीचोकमा सडक भत्किएर खाल्डो बनिसकेको छ। सडक भत्किएर पहिलाको जस्तै हिलो र धुलो हुन थालेपछि त्यस क्षेत्रका बासिन्दा चिन्तित छन्।

‘लामो सयमसम्म सडक भत्काएर अलपत्र पारिँदा भोग्नुसम्मको सास्ती भोग्यौं,’ सरस्वतीनगरमा सनसाइन बेकरी सञ्चालन गर्दै आएकी तुलसा मुखियाले भनिन्, ‘ढिलै भए पनि सडक कालोपत्रे हुँदा औधी खुसी लागेको थियो । खुसी भएको तीन महिना नपुग्दै सडक भत्किएर धुलो उड्न थालिसकेको छ ।’ सडक कुरूप भएपछि एकातिर व्यापार नहुने समस्या हुन्छ भने अर्कोतिर धुलो खानुपर्ने बाध्यता। मुखियाजस्तै सडक आसपास व्यवसाय गर्ने र दिनहुँ यो सडक भएर आहोरदोहोर गर्ने हजारौं कष्ट झेल्न बाध्य छन्।

ठेकेदार कम्पनीले गुणस्तरीय काम नगर्दा राज्यकोषबाट करोडौं खर्च गरेर बनाइएको सडक तीन महिनामै क्षतविक्षत भएको स्थानीयको ठम्याइ छ। कालिञ्चोक फुड सप्लायर्सका सञ्चालक पूर्णबहादुर खप्तरीका अनुसार ठेकेदारले वर्षा भइरहेका बेला कालोपत्रे गरेको तथा कमसल मसला प्रयोग गरेकाले सडक तीन महिनामै भत्किएको दाबी गरे।

सडक डिभिजन कार्यालय काठमाडौं १ ले बल्र्डवाइड मस्दिङ देवी जेभीलाई २०७२ असोज २१ गते सडक बनाउने कार्यादेश दिएको थियो। ६ करोड ५८ लाख ६४ हजार रुपैयाँमा गोपीकृष्ण–भृकुटीचोकको १३ सय मिटर सडक बनाएर २०७४ चैत ३० सम्म सक्नुपर्ने सम्झौतामा उल्लेख थियो। सम्झौता अवधिभित्रै सडक कालोपत्रे भए पनि साइडका ससाना काम अझै बाँकी छन्। ती काम गर्न २०७५ पुस मसान्तसम्म मिति थपिएको छ । कालोपत्रे गरेको सडक भने भत्किन थालेको छ। सडक कालोपत्रे पाँच वर्षसम्म टिक्नुपर्ने हुन्छ। तीन महिनामै सडक भत्किनुले ठेकेदार कम्पनीले गुणस्तरीय काम नगरेको प्रस्ट भएको छ । तत्कालीन समयमा डिभिजन कार्यालयबाट उक्त सडकको निगरानी गरेका इन्जिनियर मेघनाथ थपलिया भने गुणस्तरहीन काम भएको मान्न तयार छैनन् । ‘त्यो सडकमा कालोपत्रे उप्किएको भन्दा पनि भासिएको हो,’ थपलियाले भने, ‘सडक बनाएपछि खनेर मेलम्ची खानेपानीको पाइप र ढलको पाइप राखिएको छ। तिनै पाइप राखेको ठाउँमा सडक भत्किएको छ।’ उनका अनुसार जसरी भत्किए पनि मर्मतको जिम्मा भने ठेकेदारकै हुन्छ।

सडक डिभिजन कार्यालय काठमाडौं १ का सूचना अधिकारी सुशील राजभण्डारीले कालोपत्रे गरेको केही महिनामै उप्किएर सडक भत्किएको स्वीकारे।

‘कालोपत्रे गरेको तीन–चार महिनामै भत्किनुले ठेकेदारको पनि कमजोरी देखिन्छ,’ उनले भने, ‘हामीले सडक अनुगमन गरेर ठेकेदार कम्पनीलाई यसबारे पत्रचारसमेत गरेका छौं।’ उनका अनुसार ठेकेदार कम्पनीले काम सम्पन्न गरेर हस्तान्तरण गरेको छैन । निर्माण सम्पन्न गरेर कार्यालयलाई हस्तान्तरण गरेपछि पनि वर्ष दिनसम्म सडक बिग्रिए÷भत्किए मर्मतको जिम्मा ठेकेदारकै हुन्छ। ठेकेदार कम्पनीले पनि सडक मर्मत गर्ने बताएको जानकारी उनले दिए । सडक डिभिजन कार्यालय काठमाडौं १ बाट ठेकेदारले काम गरेको रकम भुक्तानी लिन बाँकी छ । ठेकेदारले ठेक्का रकमको ७५ प्रतिशत भुक्तानी लिइसकेको कार्यालयले जनायो।

ठेकेदार कम्पनीका अरुण खड्काका अनुसार स्थानीयको दबाबका कारण हतारिएर कालोपत्रे गर्दा सडक भत्किएको हो । ‘सबैतिरबाट सडक चाँडो बनाउन दबाब आयो,’ खड्काले भने, ‘हतारिएर गर्दा कालोपत्रे धेरै दिन टिकेन।’ हिउँद लागेपछि सडक मर्मत गरिने उनले बताए।

ठेकेदारले सडक मर्मत गर्ने प्रतिबद्धता जनाए पनि स्थानीयले उसलाई कारबाहीसमेत गर्नुपर्ने माग राखेका छन्। ‘कालोपत्रे गरेको तीनचार महिनामा भत्किनु ठेकेदारकै कमजोरी हो,’ स्थानीय पूर्णबहादुर खप्तरीले भने, ‘यसरी कमसल काम गर्ने ठेकेदारमाथि कारबाही हुनुपर्छ ।’ कपनमा व्यवसाय गर्दै आएका कुन्दन कुसवाह पनि ठेकेदारमाथि कारबाही हुनुपर्ने बताउँछन् । ‘कारबाही गरिएन भने ठेकेदारले फेरि पनि यस्तै कमसल काम गर्नेछ,’ उनले भने, ‘सचेत गराउनकै लागि भए पनि कारबाही गर्नुपर्छ ।’ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का सांसद थापा पनि यति चाँडै सडक भत्किनुको कारण पत्ता लगाउन छानबिन हुनुपर्ने बताउँछन्।
अर्को समाचार
तीन महिनामै कालोपत्रे उप्कियो
१२ असोज २०७०
•
४ मिनेट पाठ
तीन महिनामै कालोपत्रे उप्कियो
धादिङ — कालोपत्रे र स्तरोन्नति गरिएको तीन महिनामै गल्छी–स्याफ्रुबेसी सडक भत्किन थालेको छ । कालोपत्रे उप्किँदा उक्त सडकको विभिन्न खण्डमा खाल्डाखुल्डी बनेको छ। एसियाली विकास बैंकले स्तरोन्नति र कालोपत्रे गरी असार १८ गते सडक डिभिजन कार्यालय नुवाकोटलाई सडक जिम्मा लगाइएको थियो । सडक स्तरोन्नति र कालोपत्रेमा १ अर्ब १५ करोड रुपैयाँ लगानी भएको थियो।गल्छीदेखि महादेवफाँटसम्म दर्जनभन्दा बढी ठाउँमा कालोपत्रे उप्किँदा सडक कुरुप बनेको छ । सडकको क्षमताले धान्न नसक्ने भार बोकेर गुड्ने टिपरका कारण सडक भत्किएको डिभिजन सडक कार्यालयको निष्कर्ष छ । सवारीको तौलबाहेक १० टन लोड भएकासम्मलाई सडकले धान्छ ।

सडक डिभिजन कार्यालयका इन्जिनियर मधुसूदन साखीले सडकमा ३० टनभन्दा धेरै भार बोकेका टिपर निर्वाध गुड्ने गरेको बताए । 'यसको नियमन गर्न हामी सक्दैनौं । हामीले रोके जिल्ला विकास समितिले खुलाउँछ,' सडक डिभिजनका एक कर्मचारीले बताए, 'जिविसले आन्तरिक स्रोतबाट आम्दानी लिन खोज्दा मार सडकमा परेको हो । जिविसले ठेक्काबाट उठाउने रकमभन्दा धेरै बजेट सडक मर्मतमा खर्च हुन्छ ।'

ट्राफिक प्रहरी र स्थानीय प्रहरी चौकीले पनि बढी भारका गाडीलाई रोक्न सहयोग नगरेको सडक कार्यालयको भनाइ छ । जिल्ला प्रहरी प्रमुख डिएसपी विपीन कर्माचार्यले भने सडक विभागले सहयोगका लागि सल्लाह नलिएको बताए । 'नियमनका लागि पहिले समन्वय गर्नुप¥यो,' उनले भने, 'समन्वय भए प्रहरी सहयोग गर्न तयार छ ।'

जिविसले यो वर्ष करिब पौने २ करोड रुपैयाँमा निकासी कर संकलन ठेक्का लगाएको छ । यहाँ दैनिक ३ सयभन्दा बढी टिपर त्रिशूली नदीबाट निकालिएको बालुवा बोकेर पानी चुहाउँदै सडकमा गुड्ने गरेको जिलिङका माधव गजुरेलले बताए । 'सडक बिग्रनुमा सबैको दोष उत्तिकै छ, यति चाँडै भत्किनुमा निर्माणमै कमजोरी भएको हुन सक्छ,' उनले भने, 'सडकले धान्न नसक्ने गरी लोड बोकेर गुड्दा पनि गाडीलाई नियन्त्रण गर्न नसक्ने निकाय पनि दोषी छ ।'

जोखिममा पुल


धादिङ र नुवाकोट जोड्ने कोल्पुखोलाको पुल नजिकै बालुवा उत्खनन गरिएकाले अति जोखिममा परेको छ । पुलको पिलरनजिकैबाट स्काभेटरले बालुवा निकाल्ने गरेको छ । सामान्यतया पुलको १ किलोमिटर तल र ५ सय मिटरमाथि खन्न÷खोस्रन मिल्दैन । तर यहाँ २ सय मिटर तल दुईतिरबाट स्काभेटर निर्वाध प्रयोग भइरहेका छन् ।

बालुवा निकालेका कारण खोला भास्सिँदै गएको स्थानीय बताउँछन् । तत्काल संरक्षण गर्न नलागे कुनै पनि बेला पुल भासिन सक्ने त्रिशूली बचाऊ साझा सञ्जालका संयोजक उत्तम कडेल बताउँछन् । उनले यसबारेमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र जिविसलाई ध्यानाकर्षण गराएको पनि बताए ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस