रामेछाप – जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुबेदीमाथि बुधबार राति छुरा प्रहार भएको छ। मन्थली नगरपालिका–१ मच्छेडाडीस्थित आफ्नै घरको कोठामा बसिरहेका सुबेदीलाई मुखमा मास्क बाधेर आएका व्यक्तिले एक्कासी छुरा प्रहार गर्दा पेटमा छुरा लागेर गम्भिर घाइते भएका छन्।
बुधबार राति करिब ९ बजे तिर घरको माथिल्लो तलाको कोठामा नेट चलाएर बसिरहेका सुवेदीलाई कोठामा पसेको व्यक्तिले एक्कासी छुरा प्रहार गरेको थियो। अपरिचित व्यक्तिले झुक्याएर प्रहार गरेको छुरा जवर्जस्ती खोसे पछि सो व्यक्ति हतार हतार निस्कीएर बार्दलीबाट हाम फालेर भागेको बताइएकाे छ।
बुधबार राति नै उनलाई उद्धार गरी सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको थियो। धुलिखेल अस्पतालमा उनको शल्यक्रिया भएको छ। अस्पतालले सुवेदीको आन्द्रा र कलेजो काटिएको जनाएको छ। उनी होशमा नआएता पनि अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ। उनलाई आइसीयुमा राखिएको आफन्तले जानकारी दिएका छन्।
हत्या गर्ने उद्देश्यले उनीमाथि छुरा प्रहार भएको जनाउँदै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरिक्षक अमरेन्द्र बहादुर सिंहले घटनाको अनुसन्धान थालिएको जानकारी दिए। रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले घटना दुखद् रहेको जनाउँदै अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिइसकिएको प्रतिकृया दिए।