कसले सुन्ने एसिड छ्यापिएका किशोरीको रोदन ? (भिडियाे)
०१ असोज २०७५
•
७ मिनेट पाठ
कसले सुन्ने एसिड छ्यापिएका किशोरीको रोदन ? (भिडियाे)
काठमाडौं– रातको १२ बजे एक्कासी आमा, ढोका खोल भन्ने आवाज आयो। ३ महिने शिशु लिएर सुतिरहेकी पर्शिला दास भर्खर निदाएकी थिइन। उठेर हतार हतार छोरीहरु सुतेको कोठामा पुगिन।




दुवै छोरीहरु ढोका छेउमा ‘पोल्यो, आत्था आत्था’ भन्दै छट्पटाई रहेका थिए। आमा पुग्ना साथ दुवै छोरीले आमालाई अँगालो हालेर रुन थाले। अत्तालिएकी आमा पनि रुँदै चिच्याइन। 

हल्ला खल्ला सुनेर मध्यरातमा गाउँले भेला भए, अनि बल्ल थाहा भयो दुई दिदीबहिनीको शरीरमा त तेजाब छ्यापिएको रहेछ। गाउँलेले नै पानीले एसिड पखालिदिए। नजिकैको कलमा नुहाइदिए तर जलन कम भएन।

पर्शिलाका श्रीमान् जादवलाल दास करिब ७ मिनेट पर चन्द्रनिगाहपुरमा पुल हाउस सञ्चालन गर्छन। भोलिपल्ट हरितालिका तीजको ब्रत थियो। साँझ जेठी छोरी सम्झनाले नै बनाएको खाना खाएर सबैजना सुतेका थिए। बाबु जादवलाल भने करिब एक महिना यता सुरु गरेको पुल हाउसमै सुत्छन, त्यस साँझ उनले १२ वर्षको छोरो पनि सँगै लिएर गएका थिए।

पर्शिला दासको ढेड बर्ष अघि मात्रै जादवलाल दाससँग बिवाह भएको हो। जादवलालका ४ सन्तान छन्। दुई वर्षअघि सम्बन्ध विच्छेद गरेकी जेठी श्रीमतीतर्फ दुई छोरी र एक छोरा अनि कान्छी पर्शिलातर्फ एक छोरी छन्। पर्शिलाले सौताका सन्तान नठानिकन सबैलाई समान लालनपालन गर्दै आएकी छिन्। पर्शिलाकै रेखदेखमा जादवलालको परिवार सम्हालिएको छ। 

त्यस रात गाउँले आएपछि उनले पति जादवलाललाई फोन गरिन, करिब पाँच मिनेटमा बाबु छोरा दगुर्दै आइपुगे।

पर्शिलाले दुवै छोरीको कपडा फेरिदिइन्। जेठी सम्झनाको त कपडा सबै डढिसकेको थियो। दुवै छोरीलाई सुतीको सल लगाइदिइन्।

पति जादवलालले चन्द्रनिगाहपुरमा एम्बुलेन्सका लागि फोन गरे। तर दुर्भाग्य, त्यस दिन तीनवटै एम्बुलेन्स व्यस्त थिए। छोरीहरुलाई समयमै अस्पताल नपु-याए स्थिती जटिल बन्ने बुझेर उनले छिमेकी घरबाट स्कुटर लिएर आए।

एउटै स्कुटरमा बाबु, कान्छी छोरी सुस्मिता, जेठी सम्झना र दुई दिदीलाई थाम्न १२ बर्षीय भाइ पछाडि बसे। करिब १ बजे उनीहरु चन्द्रनिगाहपुरको अस्पताल पुगे तर त्यहाँ उपचार सम्भव भएन।

पर्शिला काखे नानी च्यापेर केही समयपछि अस्पताल आइपुगिन। अस्पतालमा उनी आफैँ दुई पटक ढलिन। जेठी छोरी सम्झना पीडा खप्न नसकेर पोल्यो पोल्यो मात्र भनिरहेकी थिइन्, बहिनी सुस्मिता भने कहिले दिदी त कहिले कान्छी आमा पुकार्दै चिच्याई रहेकी थिइन।

त्यहाँ उपचार सम्भव नभएपछि त्यसै रात विहानको करिब तीन बजे दुई छोरीलाई बाबु र छिमेकीले काठमाडौं लिएर आए। बाबु जादवलाललाई छोरीहरुको उपचार कहाँ गर्ने केही अत्तो थिएन। तर गाउँले एकजना दाईले फोनमा कीर्तिपुर अस्पताल लैजान सुझाएपछि बुधबार बिहान करिब दश बजे अस्पताल आइपुगे।

उपचारका लागि श्रीमान् र छोरीहरु काठमाडौं लागेपछि पर्शिला भने दुई सन्तान लिएर घर फर्किइन। उनी बाँकी समय निदाउन सकिनन् न त अर्को दिन दिनभर केही खान सकिन्। गाउँमा अरु महिला तीजको ब्रतले खाली पेट बसिरहँदा पर्शिला भने छोरीहरुको पीडा सम्झेर भोकै बसिन।

अहिले पर्शिला पनि काठमाडौं आइपुगेकी छिन। तर पीडा घटेको छैन्। आइसियुमा रहेका छोरीहरुको अवस्था देख्दै अहिले पनि उनलाई भक्कानो छुटेर आउँछ।

कान्छी छोरी सुस्मिताको अवस्था सामान्य बन्दै गएपनि जेठी सम्झनाको अवस्था  गम्भीर छ। उपचारमा रहेका डा.सुरेन्द्र बस्नेतका अनुसार दिदीको शरीरमा करिब ४० प्रतिशत एसिडको जलन भएकाले निकै जटिल रहेको छ भने बहिनीको भने ४ प्रतिशत मात्रै भएकाले सुधारोन्मुख रहेको छ।

उनले भने, ‘एसिडको असर कति हुन्छ भन्ने कुरा एसिडको मात्रा सँगै त्यो शरीरमा कति भित्रसम्म प्रवेश गरेको छ भन्नेमा भर पर्छ, सम्झनाको शरीरको ३५ प्रतिशत भन्दा बढी भाग नराम्ररी बिग्रेको छ।’

पर्शिला अहिले छोरीहरुले आफू सुत्केरी हुँदा गरेको स्याहार सम्झेर घरिघरी भावुक बन्छिन्। उनलाई दुवै छोरी ठिक भएको हेर्न र पुरानै दिनचर्यामा फर्कने रहर छ। तर उनको त्यो आशामा तुषारापात गरिबीले गरिरहेको छ। अहिले छोरीहरुको उपचार गर्न उनीहरुसँग पैसा छैन, न त आयको कुनै स्रोत छ।

केही दिनमै सम्झना र सुस्मिताकी आमा विदेशबाट फर्कने बिषयमा जिज्ञाशा राख्दा उनले भनिन, ‘खै आउने कुरा त सुनेकी हुँ, तर उ आएर पनि छोरीहरुको अवस्था के सुध्रेला र? मलाई अरुसँग हैन मेरा फूलजस्ता छोरीसँग मात्र सरोकार छ। उनलाई त देखेकै छैन, तर मलाई हरेक दिन दुःख सुखमा साथ दिने  छोरीहरुको औधी माया लाग्छ।’
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस