मदरसासम्बन्धी विधेयकमा विवाद
१२ कार्तिक २०७५
•
१० मिनेट पाठ
मदरसासम्बन्धी विधेयकमा विवाद
काठमाडौं - प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दुई साताअघि मदरसा शिक्षालाई व्यवस्थित गर्न मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक, २०७५ प्रदेश सभामा प्रस्तुत गरेलगत्तै प्रदेश सभासदहरुले सो विधेयकको विरोध गरेका छन्।

सभामा बोल्दै नेपाल कम्यिुनिष्ट पार्टीका प्रदेश सभासद जगत यादवले उक्त विधेयक देशको हितमा नरहेको आरोप लगाएका हुन् । ‘मुख्य मन्त्रीज्यूले विधेयक पेस गरेलगत्तै यो विधेयक राष्ट्रघाती भएको बताएको थिएँ,’ सभासद यादवले नागरिकसँग भने, ‘हामीले मुस्लिम समुदायको सम्मान गर्नुपर्छ तर मुख्यमन्त्रीद्वारा प्रस्तुत विधेयकमा उल्लेखित बुँदाहरुमा गलत मनसाय देखिन्छ । सो कुरा मैले संसद्मै बालेको थिएँ । सबैभन्दा आपत्तिजनक कुरा बोर्ड स्वायत्त हुुनु र विदेशी सहयोग सरकारी स्वीकृतिबिनै मदरसामा आउने व्यवस्था हो । जसले देशमा अराजकता निम्त्याउँछ।’

सरकारको स्वीकृतिबिना विदेशी सहयोग लिँदा मदरसा शिक्षामा तैलिहवाको मदरसामा भएझैं अनियमितता हुने डर छ भने पाठ्यक्रम पनि सरकारले निर्धारण गरे अनुसार हुनुपर्ने र बोर्ड पनि सरकार अधीन हुनुपर्ने माग सभासदहरुको छ।

मुख्यमन्त्रीद्वारा प्रस्तुत विधेयकप्रति मुस्लिम अगुवा तथा शिक्षाविद्को पनि असहमति रहेको छ ।

विधेयकको परिच्छेद २ मा बोर्डको स्थापना र व्यवस्थासम्बन्धी बुँदा नम्बर ४ मा रहेको बोर्ड स्वशासित संस्था हुने, बोर्डको काम र कारबाहीका लागि अफ्नो एउटा छुट्टै छाप हुने, बोर्डले व्यक्ति सरह चलअचल सम्पत्ति प्राप्त गर्ने, उपभोग गर्न, बेचविखन गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्ने व्यवस्था उल्लेख छ।

यस्तै, बुँदा नम्बर ६ मा उल्लेखित बोर्डले आर्थिक स्रोत जुटाउन सक्ने व्यवस्थामा बोर्डले आप्mनो कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार, प्रदेश सरकारको मातहतको संस्था, गैरसरकारी संस्था, दान दातव्य वा उपहारलगायतका आवश्यक आर्थिक स्रोत जुटाउन सक्ने उल्लेख छ । साथै, परिच्छेद ४ मा कोष र लेखा परीक्षणको व्यवस्थामा बोर्डको आफ्नो छुट्टै कोषमा सबै रकम जम्मा गरी बोर्डका तर्फबाट सबै रकम खर्च गर्न सक्ने व्यवस्था छ।

प्रदेश २ की सभासद डा. रीना यादवले विधेयकमा प्रस्तुत बुँदाले विदेशी सहयोगको दुरुपयोग हुनसक्ने भन्दै संसद्मा संसोधन प्रस्ताव नै पेस गरेकी छन् । सभासद डा. यावदले प्रदेश प्रमुखले पेस गरेको मदरसा शिक्षा बोर्ड गठनसम्बन्धि विधेयकलाई ‘आपराधिक विधेयक’ को संज्ञा दिइन्।

‘सरकारको अनुमतिबिना विदेशी सहयोग ल्याउँदा मदरसामा शिक्षाको नाममा गलत गतिविधि हुन सक्ने देखिन्छ,’ राष्ट्रिय जनता पार्टीकी सभासद यादवले भनिन्, ‘विदेशी सहयोग सरकारको स्वीकृतिमा मात्र लिन सकिन्छ । त्यस्तै मदरसाको पाठ्यक्रम पनि सरकारको पाठ्यक्रम अनुसार नै हुनुपर्छ । बोर्ड पनि सरकारको निगरानीमा रहनु पर्छ।’

विधेयकमा उल्लिखित बोर्डका पदाधिकारीको योग्यता, पारिश्रमिक तथा सुविधाको सन्दर्भमा मुस्लिम समुदायका उच्च शिक्षा (आलिम, फाजिल वा मुफ्ती) गरेको व्यक्ति हुने व्यवस्थाको पनि विरोध गरिएको छ । ‘मस्जिदका मौलानाहरुलाई बोर्ड अध्यक्ष बनाउँदा मदरसा शिक्षालाई मूलधारमा ल्याउन चुनौती थपिन्छ,’ सभासद जगत यादवले भने, ‘मुस्लिम समुदायबाटै उच्च शिक्षा हासिल गरेका बौद्धिक र प्राज्ञिक व्यक्तिलाई अध्यक्ष बनाउँदा मात्र मदरसा शिक्षामा गुणस्तर सुधार हुने गरी संसोधन गरिनु पर्छ।’

विधेयकमा प्रस्ताव गरिए अनुसार बोर्डको अनुगमन, निगरानी, पाठ्यक्रम निर्माण, आर्थिक संकलनलगायतका सम्पूर्ण जिम्मेवारी बोर्डमै निहित हुने व्यवस्थाले मदरसा शिक्षालाई समेत बद्नाम गराउने शिक्षाविद्हरुको ठहर छ।

शिक्षाविद् विद्यानाथ कोइरालाले कपिलबस्तुको मदरसा शिक्षामा विदेशी रकम दुरुपयोग भएको उदाहरण दिँदै यसतर्फ प्रदेश सरकार तथा सरोकारवाला सतर्क हुनुपर्ने चेताए । ‘तौलिहवाको एक मदरसामा कुवेत तथा साउदी अरबबाट आएको रकमको कुनै लेखाजोखा नै नभई चरम दुरुपयोग भइरहेको छ,’ शिक्षाविद् कोइरालाले भने, ‘कलेज र विश्वविद्यालय बनाउन भनी भित्र्याइएको रकम कति नेपाल आए, कहाँ खर्च गरिए, के काममा खर्च भए मदरसाले हिसाब देखाउन सकेको छैन। सरकारी निगरानी नभएकाले मदरसाहरुले संकलित रकमको दुरुपयोग गरिरहेको छ ।’ कोइरालाले थपे, ‘राज्यमा सञ्चालित हरेक किसिमको शिक्षाको निगरानी राज्यले गुर्नुपर्छ नत्र अराजकता बढ्छ।’ मदरसा शिक्षालाई मूलधारमा ल्याउन र शैक्षिक गुणस्तर कायम गर्न सरकारले धार्मिक, समकक्षी र दोहोरो धारको मदरसा शिक्षा विधेयक ल्याउनुपर्ने उनले बताए। ‘यसका लागि सम्बन्धित सरोकारवालासँग बृहत छलफल गरी अघि बढ्नुपर्छ,’ उनी भन्छन्।

नेपाल सरकारले दुई वर्षअघि मदरसा शिक्षा प्रवद्र्धन गर्न भनी शिक्षामन्त्री गिरिराजमणि पोखरेलकै अध्यक्षमा गठन गरेको केन्द्रीय शिक्षा मदरसा परिषद् (बोर्ड) हाल वेवारिसे अवस्था रहेको छ । दुई वर्षभित्र दुई पटक मात्र बैठक बसेको र कुनै उपलब्धी नै नरहेको बोर्ड सदस्य मौलाना माशहुद खाँः नेपालीले जनाए । राष्ट्रिय मदरसा संघ नेपालका महासचिवसमेत रहेका नेपालीले बोर्ड स्वायत्त नभएर सरकारको पूर्ण मतहतमा रहनुपर्ने जोड दिए।

उनले भारत र श्रीलंकामा समेत शक्तिशाली मदरसा बोर्ड रहेको र तिनीहरु सबै सम्बन्धित सरकारको मातहतमा रहेर मदरसा शिक्षामा उत्कृष्ट काम गरिरहेको जनाउँदै नेपालले समेत छिमेकी राष्ट्रबाट सिकेर अघि बढ्नु पर्नेै औल्याउ।

‘सरकारले एक टोली गठन गरी भारतमा गठन भएको मदरसा बोर्डहरुको अध्ययन गरेर मात्र नेपालमा गठन गर्दा राम्रो हुन्छ,’ मौलाना नेपालीले भने, ‘स्वायत्त मदरसा बोर्डको गठनले रकमको दुरुपयोग र गलत गतिविधि हुनसक्ने सम्भावन बढी हुन सक्छ। त्यही भएर सरकारी निगरानीमा मदरसा बोर्ड गठनले नै मुस्लिम समुदायको र राष्ट्रकै हित हुन्छ ।’ उनका अनुसार नेपालमा हाल ३ हजार मदरसा सञ्चालित छन् । जसमध्ये नेपाल सरकारमा दर्ता भएर ८ सय ५० मात्र सञ्चालित छन् । ‘दर्ता नभएका मदरसाहरुको कुनै अनुगमन र नियमन सरकारी तर्फबाट नभएकोले दुर्घटना हुनसक्ने देखिन्छ,’ उनले औंल्याए।

‘विरोधले झसङ भएँ’

प्रदेश दुईका समाजिक विकास मन्त्री नवलकिशोर साहले विधेयकमा आपूmले अध्यय नै नगरी हस्ताक्षर गरेको र पछि विधेयकको विरोध भएपछि झसङ भएको बताए । ‘प्रदेशको समाजिक विकास मन्त्रीको हैसियतले मैले विधेयकमा हस्ताक्षर गरेकै हुँ तर विधेयकमा के व्यवस्था छ, के–के विषय उल्लेख छ त्यसबारे बुँदागत अध्ययन गरिएको थिएन,’ मन्त्री साहले नागरिकसँग भने, ‘जुन व्यवस्थाले प्रदेशलाई घातक हुन्छ र त्यहाँका जनतालाई अहित गर्छ त्यो ब्यवस्थाहरुलाई सच्चाएर मात्र विधेयक अघि बढ्छ।’
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस