सार्वजनिक सवारीमा पाकेटमारको बिगबिगी
१५ मंसिर २०७५
•
५ मिनेट पाठ
सार्वजनिक सवारीमा पाकेटमारको बिगबिगी
यात्रुबसमा लुटपाट र पाकेट मार्ने गतिविधिमा संलग्नहरू। तस्बिर सौजन्य : महानगरीय प्रहरी वृत्त, सातदोबाटो।
काठमाडौं - एउटा यात्रुबसमा दुई युवकले एक्कासि एक महिलाको झोला ताने। ‘चोर ! चोर !!’ भन्दै चिच्याउँदै झोला फुत्कन नदिन उनी बल गर्दै थिइन् उनी। लुटेरा र महिलाबीच झोला तानातान चल्दै थियो। संयोगले बसमा सादा पोसाकका प्रहरी रहेछन्। उनीहरूले खलासीलाई तत्काल बसको ढोका बन्द गर्न लगाए। सादा पोसाकका प्रहरी र लुटेराहरूबीच केहीबेर घम्साघम्सी चल्यो। लुटेरा भाग्न खोज्थे, प्रहरी रोक्न। पीडित महिलाले तत्काल प्रहरीमा खबर गरी थप सहयोग मागिन्। एकै छिनमा थप प्रहरी आए र ती लुटेरालाई नियन्त्रणमा लिए।




बिहीबार दिउँसो ललितपुरको महालक्ष्मीस्थानमा भएको घटना हो यो। चक्रपथ परिक्रमाको बस सातदोबाटोबाट कलंकीतर्फ बढ्दै गर्दा लुटेरा समूह छिरेको थियो। यसै साताबाट सादा पोसाकको प्रहरीले निगरानी बढाएकाले उनीहरू पक्राउ परेका हुन्। महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी गौतम मिश्रका अनुसार पक्राउ पर्नेमा गोदावरी टौखेल बस्दै आएका श्याम तामाङ र राजीव तामाङ छन्। उनीहरु समूहगत रूपमा पाकेट मार्नेदेखि लुटपाटमा संलग्न रहँदै आएको अनुसन्धानबाट पत्ता लागेको मिश्रले बताए।

चक्रपथ परिक्रमालगायत बसमा भिडभाड हुने रुटमा पकेटमारहरूको समूह नै सक्रिय रहेको विषय नागरिक दैनिकले उठाएपछि प्रहरीले निगरानी बढाएको थियो।

लुटेरा समूहले झोला बोक्ने र त्यही झोलाको छेको लगाएर यात्रुको सामान निकाल्ने गरेको प्रहरीको भनाइ छ। यात्रुले प्रतिकार गरे हातपात गरेर भए पनि लुटेर भाग्ने गरेको अनुसन्धानबाट पत्ता लागेको छ। यस्ता समूहका अन्य सदस्यहरूको समेत संलग्नता रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

बुधबार मात्र सातदोबाटो प्रहरीले एकजना पाकेटमारा पक्राउ गरेको थियो। ग्वार्कोबाट सातदोबाटोतर्फ बस जाँदै थियो। यात्रुले खचाखच सो बसमा एकजना युवक चढे। उनले लुट्ने मनशायले यात्रुको झोला छामे। त्यसबनरे चाल पाएपछि यात्रुले प्रतिकार गरे। उक्त बसमा पनि सादा पोसाकका प्रहरी थिए। ग्वार्को चोकमा प्रहरीले पाकेटमारलाई नियन्त्रणमा लिए। प्रहरी चिन्नेबित्तिकै लुटेरा घुस दिएर फुत्कन खोजे। प्रहरीले तत्काल सातदोबाटोस्थित महानगरीय प्रहरी वृत्त सातदोबोटामा खबर गरे। खटिएका प्रहरीले धोबीघाटका सुवास राना मगरलाई नियन्त्रणमा लिए।

चक्रपथ परिक्रमालगायत बसमा भिडभाड हुने रुटमा पकेटमारहरूको समूह नै सक्रिय रहेको विषय नागरिक दैनिकले उठाएपछि प्रहरीले निगरानी बढाएको थियो। नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदी जनताको जीऊधनको रक्षा र शान्तिसुरक्षाका लागि प्रहरीले कुनै कसर बाँकी नराखेको बताए। सार्वजनिक बसमा यात्रुमाथि लुटपाट र पाकेट मार्ने घटनाबारे खबर आएपछि निगरानी बढाइएको उनको भनाइ छ। ‘नेपाल प्रहरीले फरार वा सक्रिय कुनै किसिमका अपराधीलाई नियन्त्रणमा लिएरै छाड्छ,’ उनले भने।

डिएसपी मिश्रका अनुसार बसमा पाकेट मार्नेदेखि लुटपाट समेतका घटना बढेकाले सादा पोसाकमा प्रहरी छरिएर तिनीहरूलाई पासोमा पार्ने रणनीति बनाइएको हो। ललितपुरमा दुई दिनका बीचमा तीनजना पाकेटमार समातिनुमा यही रणनीतिले काम गरेको उनी बताउँछन्। प्रहरीका अनुसार जाल थापेर पाकेटमार र लुटेरा समूह धमाधम पक्राउ गर्न थालिएको छ।

गत हप्ता महानगर यातायातमा प्रवेश गरी पाँचजनाको समूहले बालाजुदेखि कलंकीसम्म पुग्दा बसका यात्रुलाई लुटपाट गरेका थिए। सोही विषयमा नागरिकमा समाचार प्रकाशित भएपछि यस्ता प्रकृतिका अपराध गर्नेलाई पक्राउ गर्न प्रहरीले सक्रियता देखाएको थियो। बसमा यात्रुहरु त्रसित भएर उजुरीसमेत गर्न डराउने घटना बढेकोमा प्रहरीले ‘कोभर्ट’ शैलीमा अपराधीलाई नियन्त्रणमा लिन थालेको छ।
अर्को समाचार
सार्वजनिक सवारीमा पाकेटमारको बिगबिगी, ७ जना पक्राउ
०२ पौष २०७५
•
१ मिनेट पाठ
सार्वजनिक सवारीमा पाकेटमारको बिगबिगी, ७ जना पक्राउ
काठमाडौं– राजधानीको चक्रपथ रुटमा चल्ने सार्वजनिक सवारीमा पाकेट मार्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। 




विगत ५ महिनादेखि सांकेतिक भाषा बोलेर चक्रपथ रुटमा सार्वजनिक यातायातका साधनमा पाकेटमारी गर्दै आएका पाकेटमारी नाइके मास्टर भनिने पूर्णबहादुर बस्नेतसहित ७ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन्। 

उनका अनुसार महाराजगञ्ज प्रहरी वृत्त र गोगंबु प्रभागबाट सादा पोशाकमा प्रहरी परिचालन गरी पाकेटमार गिरोहलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरुको  कोठा खान तलासी गरी प्रहरीले नगद ७० हजार, भारु ५५ सय, विभिन्न कम्पनीका ३० वटा मोबाइल र लागुपदार्थ समेत बरामद गरेको छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस