विदेशको सीप, स्वदेशमा उद्योग
१६ मंसिर २०७५
•
५ मिनेट पाठ
विदेशको सीप, स्वदेशमा उद्योग
खड्काले उत्पादन गरेका चप्पल खरिद गर्दै वडा अध्यक्ष सुरेश मानन्धरलगायत । तस्बिर : नगेन्द्र/नागरिक
सुर्खेत – घरको आर्थिक अवस्था कमजोर भएका कारण साहुसँग ऋण गरेर वीरेन्द्रनगरका अम्मरबहादुर खड्का २० वर्षकै उमेरमा रोजगारीका लागि मलेसिया पुगे। १० वर्ष मलेसियामा बिताएका खड्काले पैसा मात्रै कमाएनन्, मलेसियाबाट सीप पनिसँगै ल्याएर आए। ‘अधिकांस नेपाली युवाहरू अरुको देशमा पसिना बगाएर पैसा कमाउँछन्’ खड्काले भने, ‘मैले पनि पसिना बगाएर पैसा मात्रै कमाइन्, सीप पनि सिकेर आएँ।’

खड्काले १० वर्षसम्म मलेसियाको एक धुप (अगरवत्ती) उद्योगमा काम गरे। उनको यो मूल पेशा थियो। बाँकी रहेको समय उनी चप्पल उद्योगमा काम गर्थे। ‘मेरो लक्ष्य पैसा कमाउनु मात्रै थिएन्, सीप सिक्नु पनि थियो’ खड्काले भने, ‘विदेशमा कमाएको पैसा र सिकेको सीपले अहिले यहाँ उद्योग स्थापना गर्न सफल भएको छु।’

खड्काले वीरेन्द्रनगर–९ पातालगंगामा खड्का फुटवेर नामबाट चप्पल उद्योग सञ्चालनमा ल्याएका छन्। एक वर्षअघि मलेसियाबाट फर्केका उनले चप्पल र अगरबत्तीका बारेमा जिल्ला–जिल्लामा पुगेर अध्ययन गरे। ‘अगरबत्ती भन्दा चप्पल उद्योग सञ्चालनमा ल्याउँदा चाँडो आम्दानी हुने देखेँ’ खड्काले भने, ‘उद्योग सुरुवातको छोटो समयमै राम्रो बजार पाइरहेको छु।’ उनको उद्योगबाट उत्पादित चप्पल बाहिरबाट आयात भएर आउने चप्पल भन्दा सस्तो छ। खड्का फुटवेयरको ‘कर्णाली’ ब्राण्डले बजारमा राम्रो प्रतिक्रिया पाएको छ।

साविकको जर्वुटा गाविसको नलखोलामा जन्मिएका उनले मलेसिया जाँदा छिमेकीसँग एक लाख १० हजार रुपियाँ ऋण मागेका थिए। १० वर्षसम्म मलेसियामा पसिना बगाएर कमाएको पैसाबाट उनले वीरेन्द्रनगर–९ स्थित पातालगंगामा जमिन किने। घर बनाए। अहिले घरमै उद्योग स्थापना गरेका छन्। ‘श्रीमतीसहित पाँच जना उद्योगमा काम गछौं’ उनले भने, ‘छोटो समयमै राम्रो मार्केट पाइएकाले यसलाई विस्तार गर्दै जाने सोच छ।’

पश्चिम नेपालमा चप्पल उद्योग छैनन्। हाल कर्णाली प्रदेशमा सिमिति ‘कर्णाली’ ब्राण्डलाई देशभर पुर्याउने लक्ष्य उनको छ। उद्योगका लागि चाहिने मेसिन र कच्चा पदार्थ उनले भारतबाट आयात गरेका हुन्। ‘आठ लाखको लगानीमा उत्पादन सुरु गरेको हुँ’ खड्काले भने, ‘चप्पलको बजार राम्रो रहेकाले लगानी थपेर ठूलो बनाउने सोच छ।’

उनीसँग चप्पल उत्पादन गर्ने मात्रै होइन्, अगरबत्ती बनाउने सीप पनि छ। चप्पल उद्योगपछि अगरबत्ती उद्योग सञ्चालनमा ल्याउने सोच उनले बनाएका छन्। ‘सुरुमा चप्पल उद्योगलाई स्थापित गर्छु, त्यसपछि मैनबत्ती उद्योग सञ्चालनमा ल्याउँछु’ उनले भने, ‘मैले अर्काको देशमा काम गर्दा जे सीप सिकेको छु, त्यो यहाँ सिकाउन पनि चाहान्छु।’

उद्योग रहेको वडाका अध्यक्ष सुरेश मानन्धरले विदेशमा रहेका र जाने तयारीमा रहेका युवाहरुले खड्काबाट धेरै कुरा सिक्नुपर्ने बताए। ‘विदेशमा कमाउन मात्रै जाने होइन्, त्यहाँ काम गर्दा सिकेको सीपलाई स्वदेशमा आएर प्रयोगमा पनि ल्याउनुपर्छ’ उद्योगको निरीक्षणपछि वडा अध्यक्ष मानन्धरले भने, ‘अहिले विदेशमा रहेका र जान लागेका युवाहरूलाई सीप सिकेर आउन अनुरोध गर्छु।’

वडा अध्यक्ष मानन्धरले विदेशबाट आएका युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउनका लागि सीप अनुसारको लगानी गर्ने तयारी भइरहेको बताए। ‘वडा कार्यालयमार्फत हामीले विदेशमा सीप सिकेर यहाँ उद्योग अथवा स्वरोजगार बन्न चाहने युवालाई लगानी गर्ने तयारी हामीले गरेका छौं’ उनले भने, ‘यसले विदेशको सीपलाई नेपालमा प्रयोग गर्ने वातावरण बन्नुका साथै थप जनशक्ति रोजगार बन्ने अपेक्षा हामीले लिएका छौं।’
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस