हेलिकोप्टरबाट गर्भवतीको उद्धार
१८ मंसिर २०७५
•
५ मिनेट पाठ
हेलिकोप्टरबाट गर्भवतीको उद्धार
काठमाडौं - तीन दिनदेखि सुत्केरी व्यथा लागे पनि बच्चा जन्मिन नसकेर अप्ठ्यारोमा परेकी एक महिलाको हेलिकोप्टरको सहयोगमा उद्धार गरिएको छ। सोलुखुम्बु सोताङ गाउँपालिकाकी पार्वती बस्नेतलाई सोमबार हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएकी उनले उपचारपछि सोमबार साँझ नै बच्चा जन्माएकी छन्। गर्भको बच्चा ठूलो आकारको भएकाले सहज तरिकाले जन्म हुन नसकेको र त्यसका लागि भ्याकुम प्रविधिको सहयोग लिइएको पार्वतीका पति रमेश बस्नेतले बताए।




सुत्केरी व्यथाले च्यापेपछि स्थानीय स्वास्थ्य चौकी गएकी उनको तीन दिनसम्म पनि प्रसूति सम्भव नभएपछि घरआँगन संस्थाका अध्यक्ष दीपक सिलवालले उनको उद्धार गरेका हुन्। ‘डाक्टरले स्थानीय स्वास्थ्य चौकीमा बच्चा जन्माउन गाह्रो हुने बताएपछि गाउँलेको सहयोगमा हेलिकोप्टर गुहारेका हौं,’ पार्वतीका पति रमेशले भने। यातायातको सुविधा नभएकाले बस्नेतको घरदेखि जिल्ला सदरमुकाम पुग्न दुई दिनको पैदलयात्रा गर्नुपर्छ। सोही कारण पार्वतीको उपचारमा कठिनाइ आएको उनको भनाइ छ।

घरआँगन संस्थाका अध्यक्ष दीपक सिलवालले पार्वतीसहित पाँच गर्भवतीको उद्धार गरिसकेको बताए। पार्वतीको उद्धारअघि धादिङका दुई र सिन्धुपाल्चोकका दुई गर्भवतीको उद्धार गरिसकेको सिलवालले जानकारी दिए। सिलवालले गर्भवतीको उद्धार कार्यलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरेका छन्। गत असोजमा पत्रकार सम्मेलन गरी उनले गर्भवतीको उद्धार गर्ने कार्यक्रमबारे सार्वजनिक गरेका थिए। सात वर्षदेखि सामाजिक गतिविधिमा संलग्न सिलवालको ‘सुत्केरी बचाउ अभियान’ पछिल्लो चरणको कार्यक्रम हो। भौगोलिक विकटता रहेका स्थानमा उचित स्वास्थ्य सेवाको अभावमा गर्भवती तथा सुत्केरीको ज्यान गएका समाचारहरू सञ्चारमाध्यममा आइरहेपछि उक्त अभियान ल्याइएको अध्यक्ष सिलवालले बताए।

‘उपचार नपाएर गर्भवतीले ज्यान गुमाएको खबर पढ्दा दुःख लाग्थ्यो,’ उनले भने, ‘त्यसकारण नै गर्भवतीको उद्धार गर्ने सोच आएको हो।’ सोही सोचलाई व्यवहारमा उतार्न फरक उपाय खोजिरहेका उनले सहयोगका लागि सिम्रिक एयरसँग आग्रह गरेको उनले सुनाए। सिम्रिक एयरका प्रबन्ध निर्देशक पे्रम थापाले आफ्नो कार्यक्रम मन पराएपछि आफ्नो सोचले सार्थकता पाएको सिलवालको भनाइ छ। आफ्नो हेलिकोप्टर प्रयोग गर्दा लागेको खर्च हेरी सिम्रिक एयरले १५ देखि २५ प्रतिशत छुट दिने र दीपकले पैसा जुटाएर बिस्तारै तिर्ने सम्झौता भएको जनाइएको छ। ‘विकट भौगोलिक स्थिति भएको ठाउँमा दीपककको उद्धार कार्यक्रम मन परेपछि केही सहयोग गरेको हुँ, स्थिति हेरेर अति विपन्न र संकटमा परेकाहरूलाई पुरै निःशुल्क सेवा दिने सोच पनि बनाउँदै छ,’ प्रबन्ध निर्देशक थापाले भने।

सिम्रिकबाट प्राप्त यही भरोसाकै कारण काम गर्न सजिलो भएको सिलवालको भनाइ छ। दीपकद्वारा उद्धार गरिएका पाँचमध्ये तीन गर्भवतीको हेलिकोप्टर खर्च तिर्न बाँकी छ। यसका लागि पनि उनले विभिन्न समाजसेवीसमक्ष आग्रह गर्दै आएका छन्। ‘पहिला डा. भोला रिजाल र कलाकार दीपाश्री निरौलाले सहयोग गर्नुभएको थियो, अब अरू अभियान चलाएर बाँकी पैसा तिर्छु,’ सिलवालले भने।
अर्को समाचार
हेलिकोप्टरबाट गर्भवतीको उद्धार
२९ चैत्र २०७६
•
२ मिनेट पाठ
हेलिकोप्टरबाट गर्भवतीको उद्धार
सोलुखुम्बु - खुम्बु पासाङल्हामु गाउँपालिकाले गर्भवतीको उद्धार गरेको छ। गाउँपालिका २  की  २६ वर्षीया मिङ्मारडोपा शेर्पाको  हेलिकोप्टरमार्फत गाउँपालिका आफैले शुक्रबार उद्धार गरेको जनाएको छ।  




सिम्रिक एयरको हेलिकोप्टरमार्फत अपराह्न ३ बजे उद्धार गरी काठमाडौँ लगिएको  वडाध्यक्ष आङफुर्वा शेर्पाले जानकारी दिए। पेटमा शिशु उल्टो अवस्थामा  रहेकाले  शल्यक्रिया गर्नुपर्ने भएकाले उद्धार गर्नुपरेको वडाध्यक्ष शेर्पाको भनाइ छ। शेर्पालाई काठमाडौँको  ह्याम्स अस्पताल पुर्‍याइएको छ।

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत  जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था गरिँदै आएको र   बिहीबारदेखि उक्त कार्यक्रममार्फत उद्धार गर्ने प्रयास गरिए पनि सफल नहुँदा गाउँपालिका आफैँले काठमाडौँसम्म लैजाने व्यवस्था भएको वडाध्यक्ष शेर्पाको भनाइ छ। सोलुखुम्बु जस्तो हिमाली जिल्लामा कानूनी प्रक्रियाकै कारण गर्भवतीलाई उक्त कार्यक्रमले छुन नसक्दा समस्या भएको उनको गुनासो छ।

करीब १५ दिन अगाडि पनि महाकुलुङ गाउँपालिकाकी एक गर्भवतीको उद्धार गरी काठमाडौँ लगिएको थियो। हिमाली जिल्ला सोलुखुम्बुमा मान्यताप्राप्त बर्थिङ सेन्टर भए पनि शल्यक्रिया गर्नुपर्ने अवस्थाका लागि भने हेलिकोप्टरमार्फत काठमाडौँ लानाको विकल्प छैन। भौगोलिक विकटताकै कारण गर्भवतीलाई समयमा नै अस्पतालसम्म पुर्‍याउन चुनौती रहेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिइन। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस