उमेर नपुग्दै आमा
०३ माघ २०७५
•
४ मिनेट पाठ
उमेर नपुग्दै आमा
१७ वर्षको उमेरमा २ सन्तानकी आमा बनेकी सर्केगार्ड गाउँपालिका ३ उनापानी गाउँकी मनमती सार्की ।
हुम्ला– कानुनले बाल विवाहलाई बर्जित गरे पनि हुम्लामा भने प्राय उमेर नपुग्दै किशोरीहरु विवाह गर्ने र कलिलै उमेर आमा बन्दै आएका छन्। बाल विवाह गर्नु कानुन विपरित भए पनि यसको वेवास्ता गर्दै यहाँ बाल विवाह रोकिएको छैन्।




यस्तै बाल विवाहको शिकार हुन पुगेकी छिन सर्केगार्ड गाउँपालिका ३ स्थित उनापानी गाउँकी मनमती सार्की।  उनी उमेरले १६ वर्ष पुरा भएर १७ टेक्न थालेकी छन्। तर १७ बर्ष पुग्न नपाउँदै २ सन्तानकी आमा बनिसकिन मनमती। १४ बर्षको उमेरमा आमा बनेकी उनिसंग अहिले ३ वर्षको छोरा र ६ महिनाकी छोरी छन्। मनमती मात्र होइन उनीजस्तै धेरै किशोरीहरु बाल विवाहको चपेटामा परेका छन्। 

पुसको पहिलो हप्ता छोरा जन्माएकी दुधकली सार्की अहिले १५ वर्षकी पुगिन्। सुत्केरी भएर १५ दिन गोठमै बस्नु पर्ने, पुसको कठ्याङ्ग्रिने चिसोमा ओढ्ने ओछ्याउने प्रशस्त नभएपछि २ बच्चाको स्याहार गर्न गाह्रो भएकोले सुत्केरी अवस्थामैे राम्रो स्याहार नहुँदा जन्मको १३ दिनमै छोरा गुमाएकी दुधकला १३ बर्षको उमेरमा विवाह गरी १५ बर्ष पुग्न नपाउँदै २ सन्तानकी आमा बनेकी छिन। प्रजनन स्वास्थ्यमा ध्यान नभएका कारण समस्या भोग्नुपरेको उनको भनाई छ। 

गर्भवती भएको अवस्थामा स्वास्थ्य संस्थामा गएर चेकजाँच गराउनुपर्छ भन्ने जानकारी समेत छैन यहाँका किशोरीलाई। ‘हामीलाई थाहा नै छैन स्वास्थ्य संस्थामा गएर चेक गर्दा र त्यहीँ सुत्केरी भए भत्ता पनि पाइने रैछ’, अचम्म मान्दै १६ वर्षकी सुपुरी कामीले भनिन। सानैमा विवाह गरेका यिनीहरु उमेर भन्न हिच्किचाउँछन्। बुहारी बनेपछि घरको सबै काम आफैले गर्नुपर्छ। के गर्ने के नगर्ने केही पनि थाहा हुँदैन, काम गर्न गाह्रो हुन्छ भन्छिन सुपुरी। यसरी उमेर नपुग्दै विवाहा गर्ने यिनीहरु त जिल्लाका प्रतिनिधि पात्र मात्रै हुन्।

हुम्लाको सर्केगार्ड गाउँपालिका २ स्थित उनापानी गाउँमा अनौठो संस्कार छ। कोही महिला गर्भवती भएको समयमै हात माग्छन त कोही जन्मी सकेपछि पोत लगाई दिन्छन, ‘तपाइकी छोरी भए मेरो छोरालाई दिनुपर्छ’ वा ‘तपाइको छोरा भए मेरी छोरी दिन्छु’ भन्दै हात माग्न जाने चलन अझै छ हुम्लामा। बच्चा जन्मेको एक÷दुई वर्षमा छोरी मान्छेलाई सिक्काको माला, वा पोते लगाएर अबदेखि मेरो भयो भन्दै बच्चा जन्मेको एक दुई वर्षमा छोरालाई बुहारीका लागि सानैमा हात माग्ने भन्दै पोते लगाउने पुरानो चलन अहिले पहिलाको तुलनामा घट्दै गइरहेको भए पनि निर्मुल चै हुन नसकेको सर्केगार्ड गाउँपालिका २ का स्थानीय गोइध्या फडेराले बताए। 

हुम्लाका अधिकांश किशोरीहरु विद्यालय जाने उमेरमै आमा बन्ने गरेका छन्। किशोरीहरु विहेपछि विद्यालय जानै छाड्ने गरेको स्थानीय सबिता थापाले बताइन्। जनचेतनाका कमीले विवाहका लागि किशोर किशोरीहरु विद्यालयबाटै भाग्ने गरेका छन्। यो चलन जिल्ला भरी कुसंस्कारको रुपमा रहेको भएपनि बिशेष गरी बाहुन र दलित बस्तीहरुमा बिद्यमान अबस्थामा रहेको छ।
अर्को समाचार
उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
२६ भदौ २०८३
•
२ मिनेट पाठ
उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
सांकेतिक तस्बिर
बागलुङमा उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या अधिक रहेको पाइएको छ। जिल्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या ३६२ पुगेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका छन्। सचेतनाको अभावले जिल्लाका दुर्गम क्षेत्रमा कानुनले बर्जित गरेको बालविवाह अझै भइरहेको उमेर नपुग्दै आमा बन्नेको सङ्ख्याले पुष्टि गरेको छ।




प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माका अनुसार जिल्लाभर आर्थिक वर्ष २०८२/८३ मा ३६२ किशोरी आमा बनेका थिए। उनीहरूले बागलुङका विभिन्न स्वास्थ्य संस्थामै पुगेर बच्चा जन्माएका हुन्। बीस वर्षभन्दा कम उमेर समूहका ३८८ किशोरीले पहिलोपटक गर्भजाँच गराएका थिए।

'उमेर नपुग्दै विवाह गर्न पाइँदैन तर यहाँ २० वर्ष नपुग्दै आमा बनेका किशोरीको सङ्ख्या उच्च छ', शर्माले भने, 'शरीर परिपक्व नहुँदै आमा बन्दा विभिन्न जटिल स्वास्थ्य समस्या देखिने, मातृशिशु मृत्युदर बढ्ने र दीर्घकालीन रूपमा आमालाई स्वास्थ्य समस्या आउने जोखिम हुन्छ।'

आव २०८१/८२ मा २० वर्षभन्दा कम उमेरका ३०८ किशोरी आमा बनेका थिए।  यस्तै आव २०८०/८१ मा ३६० किशोरी आमा बनेको विवरण छ।

विश्व स्वास्थ्य सङ्गठनले गर्भवती भएदेखि सुत्केरी हुने समयसम्म आपत्कालीनबाहेक नियमित रूपमा आठ पटक गर्भजाँच गर्नुपर्ने बताए पनि बागलुङमा भने गर्भको पहिचान भएपछि सुत्केरी हुने समयसम्म जाँच गर्ने किशोरीको सङ्ख्या न्यून छ। पहिलो गर्भ जचाउनेभन्दा दोस्रो गर्भ जचाउनेको सङ्ख्या क्रमशः कम देखिएकाले सचेतनाको अझै खाँचो देखिएको छ।

कानुनमा बर्जित गरिएको बालविवाह रोक्न बागलुङका १० वटै स्थानीय तहमा सचेतनामूलक कार्यक्रम हुँदै आए पनि प्रभावकारी देखिएको छैन। एकीकृत सेवा कार्यालयले गाउँगाउँमा पुगेर बालविवाहलगायतका विषयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ।

निसीखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जुनी घर्तीका अनुसार बालविवाहका बारेमा आम जानकारी प्राप्त नहुने अवस्था छ। निसीखोलामा स्वास्थ्य सूचकमा वृद्धि भए पनि अशिक्षा, चेतनाको अभावमा दूरदराजका महिला अझै गोठमा सुत्केरी हुने गरेको उहाँको अनुभव रहेको छ।

कमजोर आर्थिक अवस्था, सचेतनाको कमी, सामाजिक र पारिवारिक दबाबका कारणले पनि बागलुङका गाउँगाउँमा किशोरावस्थामा विवाह हुने गरेको छ। बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र गलकोट नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा भइसकेका छन्। बडिगाड गाउँपालिका पोषणमैत्री पालिका घोषणा भएको छ। अन्य स्थानीय तह प्रक्रियामा छन्।

बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएकै स्थानीय तहका किशोरी धमाधम आमा बनिरहेका छन्। शून्य बालविवाह भएको भन्दै बालमैत्री घोषणा गरिएको स्थानीय तहमा उमेर नपुग्दै सुत्केरी भएको पाइएको छ। धवलागिरि प्रादेशिक अस्पताल बागलुङका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा विजय ओझाका अनुसार कम उमेर समूहका गर्भवतीमा पोषण नपुग्ने, सामान्य सुत्केरी हुन नसक्ने, लामो प्रशव पीडा हुने, रगत बग्नेजस्ता समस्या देखिन्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस