उपेन्द्र लामिछाने, वीरगन्ज, भदौ ११- राष्ट्रपति डा. रामवरण यादवले कर्तव्यपराणयता र इमानदारिता सबैमा हुनुपर्नेमा जोड दिएका छन्। वीरगन्जमा जैन समुदायको मन्दिर चेरापन्थी भवन उद्घाटन गर्न आएका यादवले सबैमा धार्मिक सहिष्णुता भएमात्र मुलुकमा शान्ति स्थापना सहज हुने पनि बताए।
राष्ट्रपति यादवले त्यस अवसरमा धर्म शान्ति, सद्भाव र प्रेमका लागि हुनुपर्ने धारणा पनि व्यक्त गरेका थिए।
हेलिकोप्टरबाट करिब १० बजे वीरगन्ज आइपुगेका यादव आजै काठमाडौं फर्कने कार्यक्रम छ। यो मन्दिर उद्घाटनबाहेक उनको अन्य कार्यक्रम नभएको सुरक्षा स्रोतले जनाएको छ।
रा्ष्ट्रपतिको भ्रमणलाई ख्याल गरेर वीरगन्ज सुरक्षाकर्मी निकै तैनाथ गरिएको छ। उनको स्वागतमा बनाइएका थुप्रै द्वारका कारण वीरगन्ज सिङ्गारिएको छ।