असुरक्षित स्कुल बस
२६ माघ २०७५
•
६ मिनेट पाठ
असुरक्षित स्कुल बस
फाइल तस्बिर
चितवन - चार वर्षीय अमन अर्याल द फ्युचर मन्टेश्वरीका विद्यार्थी थिए। धादिङ बैरेनीका अर्याल भरतपुर महानगरपालिका– १५, रामबागस्थित मामाघर बसेर उक्त मन्टेश्वरी स्कुलमा पढ्थे। स्कुल आउन जान उनी स्कुलकै बस चढ्थे। गत पुस ११ गते उनलाई आफूले पढ्ने स्कुलका विद्यार्थी बोक्ने ना१क ६८४३ नम्बरको बसले ठक्कर दियो। बसबाट ओर्लेर घर जानेक्रममा बाटो काट्न लाग्दा उनलाई बसले ठक्कर दियो। ठक्करबाट गम्भीर घाइते उनको भरतपुर अस्पतालमा उपचार क्रममा मृत्यु भयो।

विद्यार्थीलाई स्कुलकै विद्यार्थी बोक्ने बसले ठक्कर दिएको घटना यो मात्र होइन। चालु आर्थिक वर्षको छ महिनामा यस्ता तीनटा दुर्घटना भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार तीनटा दुर्घटनामा तीनजना विद्यार्थीको ज्यान गएको छ। भदौ १८ गते भरतपुर महानगरपालिका–१४, भावनाचोकमा पनि स्कुलका विद्यार्थी बोक्ने बसले ठक्कर दिँदा सनराइज बोर्डिङ स्कुलकी ५ वर्षीया सम्झना मिजारको ज्यान गयो। घर फर्कने क्रममा बेलुका स्कुल बसबाट ओर्लेेकी उनलाई सोही बसले ब्याक गर्ने क्रममा ठक्कर दियो। घाइते भएकी भरतपुर महानगरपालिका–२१ बस्ने उनको पुरानो मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भयो।

विद्यार्थी बोक्ने बसले ठक्कर दिँदा छ महिनामा तीन विद्यार्थीको ज्यान गयो।

यसैगरी भावनाचोक घटनाको १० दिनअघि रत्ननगर नगरपालिका–६, सौराहास्थित बुद्धज्योति इंग्लिस स्कुलका विद्यार्थी लुमा लामाको पनि बाटो काट्ने क्रममा विद्यार्थी बोकेको बसको ठक्करबाट मृत्यु भयो। ३ वर्षीय लामा बसबाट ओर्लेर घर जान बाटो काट्दै थिइन्। बाटो काट्न लाग्दा उनलाई बसले ठक्कर दियो। गम्भीर घाइते उनको पनि चितवन मेडिकल कलेजमा उपचार क्रममा ज्यान गयो। त्यसदिन स्कुलले स्कुलको बस बिग्रिएकाले ना३ख ६११४ नम्बरको बस भाडामा लिएर विद्यार्थीलाई घर पु¥याउन लगाएको थियो।

एउटै प्रकृतिका दुर्घटना दोहोरिनुमा बसचालक तथा सहचालकको समेत लापरबाही देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतम बताउँछन्। स्कुल बसबाटै स्कुलका विद्यार्थीको ज्यान गएका तीनटै घटना स्कुल छुट्टीपछि घर फर्किने क्रममा भएका हुन्। विद्यार्थीलाई ‘ड्रप’ गरेर फर्कन हतार गर्दा विद्यार्थीको ज्यान गएको उनले बताए। ‘एउटै वर्षमा लगातार यस्ता घटना हुनु गम्भीर हो’, उनले भने, ‘हतार गर्ने बानीले हानि मात्र गर्छ।’ यातायात व्यवस्था विभागले शिक्षण संस्थाले विद्यार्थीलाई बोक्न ल्याएका बसलाई सुरक्षित र भरपर्दो बनाउन ‘स्कुल बस निर्देशिका २०७४’ समेत जारी गरेको छ। निर्देशिकामा स्कुल बसका मापदण्ड तोकिएको छ। निर्देशिकामा स्कुल बस पहेंलो रङको हुनुपर्ने, बस अघिपछि कालो रङले स्कुल बस भनेर लेखिएको हुनुपर्ने, भाडामा लिएको बस भए स्कुलको नामसहित ‘अन स्कुल ड्युटी’ भनेर लेखिएको हुनुपर्ने, बसको दुवैतर्फ अनिवार्य रुपमा स्कुलको नाम, ठेगाना र फोन नम्बर लेखिएको हुनुपर्ने उल्लेख छ। आपतकालीन ढोका, सुरक्षा, प्राथमिक उपचार बक्स, अग्निनियन्त्रक उपकरण, फोहोर राख्ने व्यवस्था, ब्याग राख्ने तखता हुनुपर्ने प्रावधान पनि निर्देशिकामा छ। यस्तै बसमा परिचालक हुनुपर्ने, बसको क्षमता र सिट संख्या अनुसार विद्यार्थी बोक्नुपर्ने, बसको गति अधिकतम ४० किलोमिटर प्रतिघण्टा हुनुपर्नेलगायत व्यवस्था निर्देशिकामा उल्लेख छ।

निर्देशिकाले भनेअनुसार मापदण्ड पूरा नगरेका बसलाई कारबार्ही गर्दै आएको ट्राफिक प्रमुख गौतमले बताए। चालु आर्थिक वर्षमा मात्रै ४७ वटा स्कुल बसलाई कारबाही गरिएको छ। ३० वटालाई जरिवाना गरिएको र १७ वटालाई सम्झाइबुझाई छाडिएको उनले बताए। कारबाहीमा पर्ने स्कुल बसले क्षमताभन्दा बढी विद्यार्थी बोक्ने, कागजपत्र नबोक्ने, सहचालकलाई चलाउन दिने गरेको पाइएको छ।

स्कुल बसबाट हुने दुर्घटना रोक्न चालक, सहचालक र शिक्षकलाई प्रशिक्षण दिइँदै आएको जानकारी पनि उनले दिए। उनका अनुसार जिल्लाका धेरैजसो स्कुलमा शिक्षकलाई प्रशिक्षण दिएर ट्राफिक शिक्षकको समेत व्यवस्था गरिएको छ। स्कुल बसलाई सुरक्षित बनाउन स्कुल बस निर्देशिका चालकले पालना गर्नुपर्ने उनी बताउँछन्।
अर्को समाचार
स्कुल बस बिसौनी 'असुरक्षित'
११ मंसिर २०६९
•
४ मिनेट पाठ
स्कुल बस बिसौनी 'असुरक्षित'
रुबी रौनियार, काठमाडौं, मंसिर १२ - निजी विद्यालयका बालबालिकाले प्रयोग गर्ने बस बिसौनी असुरक्षित रहेको भन्दै अभिभावकहरूले छुट्टै बिसौनीको माग गरेका छन्।
 

लक्ष्मी श्रेष्ठ कक्षा ४ मा पढ्ने छोरालाई स्कुल बस चढाउन सधैं नेपाल वायुसेवा अगाडिको बस बिसौनीमा पुग्छिन्। सार्वजनिक यातायातको बस बिसौनी पनि त्यही भएकाले कत्तिखेर के हुने हो भन्ने चिन्ताले मुटु ढुकढुक भइरहने उनी बताउँछिन्।

'माइक्रो बसहरू हुत्तिएर आउँछन्,' उनले भनिन्, 'अस्ति बिहान बाबुलाई बस चढाउन आउँदा सेतो माइक्रोले झन्डै हानेको।' उनका छोरा १२ वर्षे हार्दिक बृहस्पति विद्यासदनमा पढ्छन्। स्कुले जाने बालबालिकाका लागि छुट्टै बस बिसौनी तोकिनु पर्ने उनले बताइन्।

चार वर्षे लुनिभा शाही आइतबार स्कुलबाट फर्केपछि बसबाट ओर्लन खोज्दा बसको ढोकै छेउ माइक्रोबसले घ्याच्च ब्रेक लगायो। 'ब्रेक लगाउँदा लगाउँदै माइक्रोले छोरीलाई हल्का छोयो,' उनकी आमा संगीताले भनिन्, 'अलि विस्तारै हाँक्न सुझाव दिँदै उल्टै चालक र खलासीले बच्चालाई राम्ररी हेरेर लैजानुस् भन्ने जवाफ दिए।'

सर्वाजनिक सवारीको अत्यधिक चाप हुने यो बिसौनीमा बढी होहल्ला हुने भएकाले बालबालिका अत्तिने र डराउनेसमेत गरेको अर्का अभिभावक किरण कायस्थ बताउँछन्। 'यहाँ आएर १० मिनेटजति उभिनुपर्छ,' सेन्ट मेरिज पढ्ने छोरी अनुष्कालाई छोड्न आएका उनले भने, 'यत्रा गाडीको कोलाहलले मेरै टाउको दुख्छ।' स्कुल बसका लागि व्यवस्थित र छुट्टै बिसौनी कायम गरिए कुर्नसमेत सजिलो हुने उनले जनाए।

नेपाल वायुसेवाअगाडि मात्र होइन, जमल, त्रिपुरेश्वर, महाँकाललगायत स्थानका बस बिसौनी असुरक्षित भएको अभिभावकहरू बताउँछन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा पनि स्कुल बस बिसौनी असुरक्षित भएको भन्दै अभिभावकले पटकपटक गुनासो गर्ने गरेका छन्। उनीहरूको गुनासोकै कारण महाशाखाले बिसौनीलाई व्यवस्थित बनाउन छलफल थालेको छ।

उपत्यकाका बस बिसौनी व्यवस्थित गर्दा स्कुल बसका लागि छुट्टै बिसौनी निर्धारण गर्ने गरी कार्ययोजना ल्याउने तयारी गरिरहेको महाशाखाका डिआइजी उपेन्द्रकान्त अर्यालले जनाए। 'उपत्यकाका सार्वजनिक र स्कुल बस बिसौनी एकै ठाउँमा हुँदा बालबालिका असुरक्षित भएको धेरै अभिभावकको गुनासो आयो,' उनले भने, 'स्कुल बस बिसौनी छुट्टै निर्धारण गर्न आवश्यक देखिएकाले यस वर्ष कार्ययोजनामै राखिएको छ।' यस विषयमा सडक विभाग, महानगरपालिका, विद्यालय सञ्चालकहरू, शिक्षा मन्त्रालयलगायत सरोकारवालासँग छलफल गरी अघि बढ्ने उनले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस