फेरि एकाएक मौसम बदली
२८ माघ २०७५
•
२ मिनेट पाठ
फेरि एकाएक मौसम बदली
काठमाडौं - लगातार तीन दिनदेखि भएको वर्षा र हिमपात रोकिएकोे भोलीपल्टै मौसममा फेरि एकाएक बदली भएको छ। आइतबार खुलेको मौसममा सोमबार पुन बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न भेगमा मौसम बदली हुनेछ।

पश्चिमको पहाडी क्षेत्रमा वर्षा तथा उच्च पहाडी भेगमा हिमपात हुने सम्भावना रहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले बताइन्। उनका अनुुसार काठमाडौंमा पनि हल्का वर्षाको सम्भावना रहेको छ। देशको मध्य र पूर्वी क्षेत्रमा भने आज वर्षाको सम्भावना छैन तर मौसम बदली भने धेरैजसो ठाउँमा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै महाशाखाले आगमी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ। महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलि रहने र बाँकी भुभागमा आंशिक बदली रहनेछ। उच्च पहाडी भेगका १–२ स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति देशको पश्चिमी र मध्य भु–भागमा आंशिक बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।यस्तै मंगलबार दिउँसो देशको पश्चिमी भु–भाग साथै पुर्व र मध्यका पहाडी भु–भागमा आंसिक बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ। मंगलबार राति देशको पश्चिमी भु–भागमा आंशिक बदलि रहनेछ भने बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।यस्तै बुधबार दिउँसो देशको पश्चिमी भु–भाग साथै पुर्व र मध्यका पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ। राति देशभरी आंशिक देखि सामान्य बदली रहनेछ।
अर्को समाचार
मनसुन लम्बियो
१२ असोज २०७०
•
४ मिनेट पाठ
मनसुन लम्बियो
काठमाडौं — केही दिनयता सफा हुँदै गएको आकाशले दसैंको छनक दिइसकेको थियो। शनिबार एकाएक मौसम बदली भयो। बिहानैदेखि नीलो आकाशमा कालो बादलका टाटा देखिन थाले। कालो टाटा बाक्लिँदै गयो। र, दिउँसो मुसलधारे पानी पर्‍यो। दसैंको मौसम एक्कासि बर्खामा बदलियो।यसपालि मनसुनले मौसमविद्हरूलाई छक्याइदिएको छ।

सामान्यतया असोज ६ गते नै नेपालबाट बिदा भइसक्नुपर्ने मनसुन केही दिन लम्बिएको मौसमविद्हरूले बताएका छन् । उनीहरू आफैं मनसुन सकिएको घोषणा गर्ने तयारीमा थिए। तर, भारतको गुजरातमा विकास भएको मौसमी प्रणालीका कारण मनसुन लम्बिएको मौसम पूर्वानुमान महाशाखा प्रमुख सुमनकुमार रेग्मीले बताए।

'हामीले सामान्य समयमै मनसुन बाहिरिन्छ भन्ने सोचेका थियौं,' उनले शनिबार नागरिकसँग भने, 'तर, ८÷९ दिनदेखि गुजरातमै बसेको बस्यै छ। मुभमेन्ट पनि त्यत्ति देखिएको छैन। नेपालमा भने अलिअलि प्रभाव परिरहेको छ । शनिबार क्षणिक वर्षाको कारण त्यही हो ।' उनका अनुसार यो क्रम दुई दिन अझै चल्छ।

पश्चिमी वायुको प्रभाव बढेपछि पश्चिम नेपालबाट पूर्व हुँदै मनसुन बाहिरिन्छ । यसपालि गुजरातको वायुमण्डलमा देखिएको मौसमी प्रणालीको प्रभावले पश्चिमी वायुलाई निस्तेज पारिरहेको मौसमविद्हरूको भनाइ छ।

मौसमविद् शिव नेपाल पश्चिमी वायुको प्रभाव नबढेसम्म मनसुन रहिरहने बताउँछन् । 'त्यसका लागि भारतमा विकास भएको मौसमी प्रणाली निस्तेज हुनुपर्छ,' उनले भने, 'गुजरातको प्रणाली राजस्थानबाट पाकिस्तान, जम्मु काश्मिर र पश्चिम नेपाल हुँदै पूर्वी भेगबाट बाहिरिएपछि नेपालमा मनसुन सकिन्छ । गुजरातमा सानो मनसुन प्रणाली विकास भइदिँदा मनसुन बाहिरिएको घोषणा गर्न नसकेका हौं ।'

नेपालको वायुमण्डलमा साढे पा"चदेखि १६ किलोमिटरबीचमा मनसुनको कुनै प्रभाव छैन । जमिनको सतहदेखि साढे पाँच किलोमिटरबीच यसको केही प्रभाव देखिएको हो । यो दुई दिनपछि हराउ"छ भन्ने मौसमविद्को अनुमान छ । मनसुन बाहिरिएपछि दिउँसोको तापक्रम केही बढे पनि बिहान र सा"झ चिसो हुने प्रमुख रेग्मीले बताए । उनका अनुसार यस वर्ष मनसुनका प्रायः सबै महिना औसतभन्दा बढी वर्षा भयो ।

मनसुन सामान्यतया जेठ २७ मा नेपाल छिरेर असोज ६ गते बाहिरिने गर्छ। यसपटक अघिल्लो वर्षजस्तै एक साता ढिलो सुरु भएको थियो। सुरुवातमै सुदूर पश्चिममा अत्यधिक वर्षा भयो।

बंगालको खाडी र अरेबियन सागरमा विकास भएको मनसुन प्रणाली एकैपटक नेपाल भित्रिँदा सुदूर पश्चिममा असार पहिलो साता तीन दिन लगातार पानी परेको थियो। यसले महाकाली नदीमा ठूलो बाढी आएपछि सुदूरपश्चिमको दार्चुला, भारतको उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा धेरै मानवीय तथा भौतिक क्षति भए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस