आफन्तबाटै बलात्कृत हुन्छन् बालिका
०७ चैत्र २०७५
•
१० मिनेट पाठ
आफन्तबाटै बलात्कृत हुन्छन् बालिका
काठमाडौं – अर्घाखाँचीको सन्धीखर्क नगरपालिका डिभर्ना अमिलेका ६५ वर्षीय हजुरबुबाले फागुन ३ मा आफ्नै पाँच वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परे। हजुरबुबाले घरमा कोही नभएको मौकामा नातिनीमाथि बारम्बार जबरजस्ती करणी गर्दै आइरहेको खुल्यो। बालिकाको आमाले उजुरी गरेसँगै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले आरोपी हजुरबुबालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।

– मालिका गाउँपालिका ५ म्याग्दीका ५३ वर्षका एक बावुले आफ्नै १२ वर्षीया छोरीको बलात्कार गरेको आरोपमा भदौ ९ मा पक्राउ परे। बाबुले घरमा कोही नभएको मौकामा छोरीलाई पटक–पटक बलात्कार गर्ने पीडित बालिकाले प्रहरीमा उजुरी दिइन्। छोरीको जाहेरीपछि बलात्कार आरोपी बावुलाई म्याग्दी प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको छ।

बालिकाको संरक्षण र रेखदेख गर्नुपर्ने परिवारका सदस्यबाटै असुरक्षित भएका केही घटना हुन् यी। जसले बालिकाको संरक्षण तथा रेखदेख गर्नुपथ्र्याे। तर, तिनै परिवारका विकृत यौन मानसिकता भएका व्यक्तिकै कारणले कलिला उमेर समूहका बालिका बलात्कारजस्तो जघन्य अपराधको सिकार बने। पछिल्लो समय अधिकांश बलात्कारका घटना चिनेजानेका आफन्त र आफ्नै परिवारकै सदस्यबाटै बालबालिका असुरक्षित देखिएका छन्। परिवारकै बुवा, हजुरबुबा, काका, छोरा, मामा, दाइभाईलगायतका हाडनाता सम्बन्ध पर्नेबाटै बालिका बलात्कारको सिकार भइरहेका छन्।

मनोविद् शर्मिला महर्जन विकृत यौन मानसिकताबाट गुज्रिएका व्यक्तिले आफन्त, सानो, ठूलो केही नभन्ने र जसका कारणले गर्दा आफ्नै परिवारको सदस्यलाई समेत बलात्कार गर्न पछि नपर्ने बताउँछिन्। ‘विकृत यौनमानसिकताबाट गुज्रिएकाले आफ्नै परिवारकै सदस्यमाथि पनि आफ्नो कुत्सित इरादा पुरा गर्ने गरेका छन्,’ उनले भनिन्, ‘जसले आफ्नो परिवारको सदस्यको संरक्षण गर्नुपथ्र्याे। उनीहरुले नै आफ्नो परिवारकै सदस्यबाटै यौनाकांक्षा पुरा गर्ने गरेको देखिएको छ। जुन सामाजिक दृष्टिकोणले गम्भीर विषय हो।’ मनोविद् महर्जनले कुण्ठित अवस्थामा रहेको यौनचाहानालाई व्यवस्थापन गर्न नसक्दा परिवारभित्रैका सदस्यमाथि यौनको प्यास मेट्ने काम गरेका छन्।

‘हाडनाताभित्रै अवैध यौनसम्बन्ध भुसको आगो जस्तै सल्किएको छ,’ उनले भने, ‘हाडनाताभित्रै हुने यौनसम्बन्ध धनाढ्य परिवारमा गुपचुपमा नै लुकाउने गर्छन्। तर, आर्थिक अवस्था कमजोर हुने परिवारिक झैझगडाकै कारणले त्यस्ता घटना बाहिर आउने गरेका छन्।’ प्रहरी प्रधान कार्यालयका अनुसार बालिका सबैभन्दा धेरै असुरक्षित आफन्तबाटै हुने तथ्यांकले देखाएको छ। २०७५ साउनदेखि माघ मसान्तसम्म कुल ११ सय २७ वटा बलात्कारको घटना भएको थियो। ११ सय २७ वटा घटनामध्ये २ सय ६३ बाहेक सम्पूर्ण बलात्कारको घटना चिनेजानेकै व्यक्तिबाट भएको देखिन्छ। प्रहरी प्रधान कार्यालयको तथ्यांकले अधिकांश बलात्कारको घटना चिनेजानेका आफन्तबाटै बलात्कारका घटना हुने तथ्यांकले देखाएको छ। केटासाथीबाट ३ सय ६५ वटा बलात्कार भएको देखिन्छ। त्यस्तै गरी चिनेजानेका छिमेकीबाट ५ सय १०, काकामामाबाट १८, दाजुभाइबाट १३, बुबा झड्केलाबुबाबाट २४, श्रीमान्बाट १३, घरमालिकबाट १०, देवरजेठाजुबाट ७, ससुराबाट ६, हजुरबवबाबाट २, भिनाजु नातापर्नेबाट २ जना बलात्कृत भएको प्रहरीको तथ्यांकले देखाएको छ।

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदी अधिकांश बलात्कारका घटना आफन्त तथा चिनेजानेकाबाटै हुने बताउँछन्। ‘यौनपिपासुले सहजै उपलब्ध हुनेलाई धेरै टार्गेट गरेको देखिन्छ,’ उनले भने, ‘अविश्वास गर्नै नसक्ने व्यक्तिबाटै बलात्कारका घटना भएका देखिन्छ। त्यसैले अहिले समाज कता गइरहेको भन्नेतर्फ गहिरो अध्ययन अनुसन्धान गर्नुपर्ने देखिन्छ।’ प्रवक्ता सुवेदीका अनुसार बालिका तथा महिला आफ्नै घरपरिवारका सदस्य र आफन्तबाटै धेरै प्रताडित भएको देखिन्छ। ‘कल्पना नै गर्न नसक्ने बुवा, हजुरबुवा जस्ता नाताबाटै आफ्नै छोरीचेली असुरक्षित भइरहेका छन्,’ उनले भने, ‘विकृत मानसिकता भएका अभिभावकले आफ्नै सन्तानबाट यौन प्यास मेटाउने गरेका छन्। जुन समाजकै लागि गम्भीर विषय हो।’ प्रवक्ता सुवेदीले यौनविकृत मानसिकता, लागूऔषध, मादकपदार्थ सेवन, अश्लील भिडियो हेर्ने बानी, सामाजिक सञ्जालको दुरुपयोगलगायतका कारणले उत्प्रेरित भएर बलात्कार जस्तो जघन्य अपराधतर्फ उन्मुख भएको देखिन्छ।

बलात्कारको निसानामा सबैभन्दा धेरै ११ वर्षदेखी १६ वर्ष उमेरसमूहका बालिका परेका छन्। सात महिनाको अवधिमा ११ वर्षदेखि १६ वर्ष उमेर समूहका ४ सय ४० जना बालिका बलात्कृत भएका छन्। १० वर्ष मुनिका एक सय ४८ बालिका बलात्कारीको सिकार भएका छन्। त्यस्तै गरी १७ देखी १८ वर्ष उमेर समूहका १ सय ९ जना बलात्कृत भएका छन्। २६ देखि ३५ वर्ष उमेर समूहका १ सय ३६ जना महिला बलात्कृत भएका छन्। त्यस्तै गरी ३६ देखि ४५ वर्ष उमेर समूहका ५० जना महिला बलात्कृत भएको प्रहरीको तथ्यांकले देखाउँछ। त्यस्तै गरी ४६ वर्ष माथिका ४४ जना महिला बलात्कारीको सिकार बने। सात महिनाको अवधिमा कुल एक हजार एक सय २७ जना बलात्कृत भएका थिए। ती मध्ये ६ सय ९७ जना बालिका पीडित भएका छन्। चार सय १८ जना महिला पीडित भएका छन्। त्यस्तै गरी १२ जना अन्य रहेका छन्।

आर्थिक वर्ष २०७४–७५ मा एक हजार ४ सय ५८ वटा बलात्कारका घटना भएका थिए। जसमध्ये तीन सय ८४ बाहेक सम्पूर्ण बलात्कारको घटना आफन्त तथा चिनेजानेकै व्यक्तिबाट भएको प्रहरीको तथ्यांकले देखाउँछ। जसबाट अधिकांश बलात्कारको घटना आफन्त तथा चिनेजानेकै व्यक्तिबाट हुने पुष्टि हुन्छ। आर्थिक वर्ष २०७४–७५ मा चिनेजानेकै छिमेकीबाट ५ सय ६८ वटा बलात्कारको घटना भएका थिए। केटासाथीबाट ७४, बुबा÷झड्केलाबुबाबाट ४४, हजुरबुबाबाट १६ जना, ससुराबाट ९ , आमाछोरा ५, काका÷मामाबाट १७, दाजुभाइबाट २४, देवरजेठाजु १०, श्रीमान्बाट ११, भदाबाट १, घरमालिकबाट ३, शिक्षकबाट ५ जना पारपाचुकेबाट १ जना बलात्कृत भएका थिए। मनोविद् महर्जनका अनुसार बालिका तथा महिलालाई यौनजन्य हिंसाबाट जोगाउनको लागि राज्यले स्कुल तहदेखि नै यौन शिक्षालाई सहज ढंगले सबैको पहुँचमा पु¥याउनुपर्ने देखिन्छ। ‘स्कुलदेखि नै यौन शिक्षालाई सबैको पहुँचमा पु¥याउनपर्ने देखिन्छ,’ उनले भने, ‘राज्यले बालिका र आमा दुवैलाई यौनशिक्षाको बारेमा प्रशिक्षण दिन आवश्यक भइसक्यो।’
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
३ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस