मनगणन्ते उजुरीले सकस
११ चैत्र २०७५
•
५ मिनेट पाठ
मनगणन्ते उजुरीले सकस
काठमाडौं - अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित ६५ जनाविरुद्ध छानबिन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ माघ १५ गते विशेष अदालतमा मुद्दा दायर गर्दा चारजनामात्रै विपक्षी बनायो।

एक वर्ष लामो अनुसन्धानपछि आयोगले महानिर्देशक शर्मा, उनकी पत्नी कल्पना शर्मा उप्रेती, आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत टीकाराम भुसाल र उनकी पत्नी मुनादेवी घिमिरेलाई विपक्षी बनाएर अदालतमा मुद्दा दायर गर्‍यो। बाँकी ६१ जनालाई उन्मुक्ति दिइयो। तथ्यांक विश्लेषण गर्दा परेका कुल उजुरीमध्ये विस्तृत छानबिनपछि ६ प्रतिशतमा मात्रै अदालतमा मुद्दा दायर गरिएको देखिन्छ। अनुसन्धानको दायरामा राखिएका व्यक्तिमध्ये करिब ९४ प्रतिशतले कसुरबाट उन्मुक्ति पाउनुले अख्तियारमा अस्वाभाविक उजुरीको चाङ कस्तो छ भन्ने देखाउँछ।

आर्थिक वर्ष २०७४÷७५ मा अख्तियारमा १९ हजार ४ सय ८८ उजुरी दर्ता भएकोमा ५ सय ४६ उजुरीमात्रै विस्तृत अनुसन्धानमा पठाइएको छ। उजुरीका आधारमा विस्तृत अनुसन्धानमा पठाइएको संख्या करिब तीन प्रतिशतमात्रै हो। आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मासहितविरुद्ध परेको उजुरीमा छानबिन गर्दा प्रमाण नभेटिएपछि नै चारजनामाथि मुद्दा चलाएर बाँकीको उजुरी तामेलीमा राखिएको मुद्दामा अख्तियारका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले बताए। ‘आन्तरिक राजस्व विभागका महानिर्देशकसहित ६५ जनामाथि एकैपटक अकुत सम्पत्तिमा छानबिन गरेका थियौं तर तथ्य र प्रमाणका आधारमा चारजनाविरुद्ध मुद्दा दायर गरेर बाँकी करिब ५ दर्जनको उजुरी तामेलीमा राखियो,’ प्रवक्ता कोइरालाले भने, ‘यसमा कुनै बदनियत वा अस्वाभाविक तामेली भयो भन्न मिल्दैन।’

अख्तियारका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय हार्ने मुद्दा जबर्जस्ती अदालतमा लैजानु गलत हुने बताउँछन्। मुद्दा दायर संख्या देखाएर प्रगति विवरण पेस गर्ने प्रवृत्ति गलत भएको उनको भनाइ छ। ‘विभिन्न कसुरमा उजुरी पर्छन् तर सबै उजुरी सही र सत्यतामा आधारित हुन्छन् भन्ने हुँदैन,’ पूर्व प्रमुख आयुक्त उपाध्यायले भने, ‘अनुसन्धान निडर र भयरहित भयो भने कति उजुरी पर्‍यो र कति मुद्दा दायर भयो भन्ने संख्याले खासै अर्थ राख्दैन।’

त्यसो त स्वास्थ्य मन्त्रालका तत्कालीन सचिव शान्तबहादुर श्रेष्ठले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारबाटै २०७३ फागुन ३ गते उन्मुक्ति पाए। शिक्षा मन्त्रालयका सहसचिव बलिरामप्रसाद सिंहले २०७३ पुस १२ र पूर्वाञ्चल विश्वविद्यालयका तत्कालीन उपकुलपति महेश्वरमान श्रेष्ठले सोही वर्षको माघ ३ गते उन्मुक्ति पाए। कतारका लागि तत्कालीन नेपाली राजदूत मायाकुमारी शर्मालाई म्यानपावर दलालसँग रकम असुलेको कसुरमा उन्मुक्ति दिँदै अख्तियारले उनीमाथि परेको उजुरी २०७४ साउन ३ मा तामेलीमा राख्यो।

पूर्व प्रमुख आयुक्त उपाध्याय बेनामे वा प्रमाण नपुग्ने उजुरीले अख्तियारको कामकारबाहीलाई नकारात्मक असर पुग्ने बताउँछन्। पछिल्लो ६ वर्षको अवधिमा अख्तियारमा एक लाखभन्दा बढी उजुरीमा प्रारम्भिक छानबिन भएको छ। प्रारम्भिक छानबिनपछि ३ हजार २ सय ६६ जनामाथि मात्रै अकुत सम्पत्ति र अन्य पदीय आचरणविपरीतको कसुरमा अनुसन्धान भएको देखिन्छ। प्रवक्ता कोइरालाले उजुरी र आरोपको महŒव तथा प्राथमिकता हेरेर छानबिन गर्दै आएको बताए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस