क्षतिग्रस्त संरचना बनाउन पैसा छैन : प्राधिकरण
१९ चैत्र २०७५
•
६ मिनेट पाठ
क्षतिग्रस्त संरचना बनाउन पैसा छैन : प्राधिकरण
काठमाडौं – भूकम्पले भत्किएका संरचना बनाउन आवश्यक रकम नभएको गुनासो पुनर्निर्माण प्राधिकरणले गरेकोे छ। सरकारले चालु आवको लागि एक खर्ब ५१ अर्ब बजेट विनियोजन गरे पनि प्राधिकरणले प्रस्ताव गरेका आयोजना कार्यान्वयनका लािग बजेट अभाव हुँदा अघि बढाउन नसकेको हो।




अर्थले विनियोजन गरेको बजेटसमेत दिएको छैन। खर्च अभावका कारण अर्थले पुनर्निर्माणका लागि मात्रै होइन अन्य परियोजनालाई समेत आवश्यक खर्च दिन सकिरहेको छैन। पछिल्लो सयम केही आयोजनलाई भने रकमान्तर गरेर बजेट दिइएको छ। 

चालु आवको यो अवधिसम्म पुनर्निर्माणमा सरकारले ५० अर्ब ५६ करोड खर्च गरेको छ। प्राधिकरणले पुनर्निर्माणकाे स्वीकृतीका लागि पठाएका थुप्रै योजना अर्थ मन्त्रालयमा थन्किएका छन्।  

पुनर्निर्माणको यो अवधिमा प्राधिकरणले दुई खर्ब ३६ अर्ब खर्चेकाे छ। यो खर्च नेपाल सरकारको ट्रेजरीबाट मात्र भएको हो। यसबाहेक दातृ निकायहरूले आफ्नोतर्फबाट पनि खर्च गरेका छन्। भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माणका लागि पहिलाे संशोधनमा सात खर्ब ३७ अर्ब लाग्ने अनुमान गरेको छ। प्राधिकरणले तयार पारेको पञ्चवर्षीय पुनर्निर्माण तथा पुनर्स्थापना योजनामा नौ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। 

विनासकारी भूकम्प गएको ४ वर्ष पुग्नै लाग्दा अझै पाँच खर्ब रुपैयाँ बराबरका निजी आवास, धार्मिक तथा सांस्कृतिक सम्पदा, विद्यालय तथा स्वास्थ्य भवन निर्माण हुन बाँकी रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले जानकारी दिए। प्राधिकरणले ५ वर्षे योजना बनाएर पुनर्निर्माण कार्य सुरु गरेको थियो। 

भूकम्पपछि गरिएको दाता सम्मेलनमा चार खर्ब १० अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म जम्मा दुई खर्ब ६२ अर्ब रुपैयाँ सम्झौता भएको छ। प्राधिकरणले थप सहयोग प्राप्त गर्न अर्थ मन्त्रालयसँग समन्वय गरी सहयोग जुटाउन पहल गरिरहेको सीईओ ज्ञवालीले बताए। 

‘बजेट भए चालु आवमै सबै शिक्षण र स्वास्थ्य संस्थाको निर्माण कार्य अघि बढाउन सकिन्छ,’ उनले भने ‘प्राविधिकको समस्या छैन।’ भूकम्पका कारण सात हजार पाँँच सय ५५ वटा शिक्षण संस्थामा क्षति पुगेको थियो। हालसम्म चार हजार दुई सय एक शिक्षण संस्था पुनर्निर्माण भएका छन् भने दुई हजार ६ सय १९ वटा यस्ता संस्थाको निर्माण भइरहेको छ। अझै सात सय ३३ वटा शिक्षण संस्था पुनर्निर्माण हुन बाँकी छ।

मंगलबार संसद्को विकास तथा प्रविधि समितिमा यसै विषयमा छलफल भएको छ। भूकम्पले क्षति पुर्‍याएका एक हजार एक सय ९७ स्वास्थ्य संस्थामध्ये हालसम्म ६ सय ४३ संस्था पुनर्निर्माण भइसकेका छन् भने अझै चार सय नौ स्वास्थ्य संस्था बाँकी छन्। 

सरकारी भवन सुरक्षा निकायतर्फ जम्मा चार सय १५ भवन पुनर्निर्माण गर्नुपर्नेमा हालसम्म दुई सय ६२ वटा निर्माण भएका छन्। सात सय ५३ सांस्कृतिक सम्पदामध्ये तीन सय ११ वटा भवन पुनर्निर्माण सुरु हुन बाँकी छ। दुई सय २१ वटा यस्ता भवन पुनर्निर्माण भइरहेका छन्। 

६२ वटा पुरातात्विक तथा सांस्कृतिक सम्पदा तथा परम्परागत बस्ती पुनर्निर्माण गर्नुपर्नेमा हाल ६ स्थानमा कार्य भइरहेक छन् भने उपत्यकाभित्रका विश्वसम्पदा सूचीमा परेका सात वटा क्षेत्र र रानीपोखरी, टेकुदोभान–शंकमूल क्षेत्रको बृहत्तर गुरुयोजना तयारीका लागि परामर्शदाता छनोट गरिएको सीईओ ज्ञवालीले बताए। 

गुनासो अझै बन्द भएन

भूकम्प भएको चार वर्षको यो अवधिसम्म प्राधिकरणमा गुनासो आउन छाडेको छैन। निजी आवास पुनर्निर्माणका लागि आठ लाख १८ हजार आठ सय ५१ सेवाग्राही छनोटमा परे पनि चार लाख ३७ हजार ६ सय ६२ वटा गुनासो परेका छन्। 

तीमध्ये एक लाख २९ हजार चार सय १० वटा गुनासोको सर्वेक्षण भएको छ। प्राधिकरणले चार लाख ३४ हजार नौ सय १३ वटा गुनासाकोे सूचना प्रणालीबाट पुनरवलोकन गरेको छ। हालसम्म दुई सय ८५ वटा मुद्दा फैसला भए। चैत १८ गतेसम्म ६ लाख १० हजार एक हजार ७७ घर पुनर्निर्माण भइरहेका छन्।  
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
३ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस