चितवन–तनहुँ जोड्ने मुग्लिनको पुल अन्तिम चरणमा
०२ वैशाख २०७६
•
५ मिनेट पाठ
चितवन–तनहुँ जोड्ने मुग्लिनको पुल अन्तिम चरणमा
चितवनको मुग्लिन र तनहुँके बेनिटार जोड्ने गरी त्रिशूली नदीमाथि बनाइएको आर्क ब्रिज। तस्बिर: सविता/नागरिक
चितवन - पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिन र तनहुँको बेनिटार जोड्ने पुल निर्माण अन्तिम चरणमा पुगेको छ। अहिले सञ्चालनमा रहेको पुलनजिकै अर्को पुल निर्माण गरिएको हो।

पुल निर्माणको काम सम्पन्न हुने क्रममा रहेको सडक विभागको पुल महाशाखाका प्रमुख दीपक भट्टराईले जानकारी दिए। पुल निर्माणको सबै पूर्वाधार तयार भइसकेको छ। स्ल्याबसमेत बनिसकेको र थोरै काम मात्र बाँकी रहेको उनले बताए। ‘मसिना काम बाँकी छन्, सबै काम सम्पन्न गरेर वैशाखभित्रै पुल सञ्चालन गर्ने योजना हो,’ उनले भने, ‘सञ्चालन गर्नुअघि पुल परीक्षण गर्नुपर्ने हुन्छ।’ त्रिशूली नदीमाथि बन्दै गरेको आर्क ब्रिज नेपालकै नमुना भएको उनी बताउँछन्। नेपाली इन्जिनियरले नै डिजाइन गरेर र नेपालीले नै बनाएको दोस्रो आर्क ब्रिज त्यही भएको उनले दाबी गरे। यसअघि परीक्षणका लागि काठमाडौं उपत्यकामा नेपाली इन्जिनियरले आर्क ब्रिज बनाएका थिए। नेपालमा यसअघि पनि आर्क ब्रिज बनाइएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डमा पनि आर्क ब्रिज रहेको छ

यसअघि विदेशीहरुले डिजाइन गरेर बनाइएको आर्क ब्रिज छोटो भएकाले मुग्लिनमा निर्माणाधीन पुल देशकै नमुना रहेको पुल महाशाखा प्रमुख भट्टराईको भनाइ छ। ‘सिंगल स्पानमा बनाइएको यति लामो आर्क ब्रिज देशकै पहिलो हो,’ उनले भने, ‘नेपालीकै मेहनत र अनुभव पुलमा लगानी भएकाले हाम्रा लागि नमुना पुल हो।’ पुल निर्माणको जिम्मेवारी इलाइट, एडभेन्चर र लोहनी जेभी कम्पनीले पाएका छन्। पुल निर्माणको काम २०७१ सालबाट सुरु गरिएको हो।

विश्व बैंकको करिब १२ करोड रुपैयाँको लागतमा यो पुल निर्माण भइरहेको छ। पुलको लम्बाइ एक सय ६० मिटर र चौडाइ ११ मिटर रहेको छ। पुल निर्माणको काम ९६ प्रतिशत सकिएको एडभेन्चर कन्स्ट्रक्सन कम्पनीका सिनियर सुपरभाइजर मोतीलाल शर्माले जानकारी दिए। पुलमा रेलिङ बनाउनेलगायत साना काम बाँकी छन्। वैशाख महिनाभित्र निर्माण सम्पन्न भइसक्ने उनले बताए। नेपालमा फरक–फरक मोडलका पुल बनाउने प्रचलन आएकाले आर्क ब्रिज निर्माणको काम नयाँ अनुभव भएको उनी बताउँछन्

नयाँ काम भएकाले निर्माणका लागि तोकिएकोभन्दा बढी समय समेत लागेको उनले बताए। पुल निर्माण गर्ने स्थान साँघुरो र आवश्यक मेसिनरी उपकरण सहज उपलब्ध नहुने भएकाले समेत ढिलाइ भएको उनी बताउँछन्। आवश्यक उपकरण विदेशबाट ल्याएर निर्माणको काम पूरा गर्ने क्रममा रहेको उनको भनाइ छ। ‘नयाँ अनुभव भएकाले काम गर्दा केही अप्ठ्यारो भयो,’ उनले भने, ‘अब निर्माणको सकिन लागेको छ।’ स्टिलको आर्क निर्माण गरेपछि त्यसमाथि ढलान गरिने पुल निर्माण गर्ने डिजाइनअनुसार पुल बनाइएको छ।

अरू पुलको तुलनमा यो डिजाइनले पुल बलियो र टिकाउ हुने मानिन्छ। धेरै सवारीसाधन आवतजावत गर्ने भएकाले मुग्लिनमा आर्क ब्रिज बनाइएको हो। यो पुलमा सवारीसाधन हिँड्दा उत्पन्न हुने कम्पन निकै न्यून हुन्छ। अहिले सञ्चालनमा रहेको पुलबाट दैनिक करिब तीन हजार सवारीसाधनले वारपार गर्छन्। फराकिलो चौडाइ भएको नयाँ पुल सञ्चालनमा आएपछि सवारीसाधनको दुईतर्फी आवागमन सहज हुनेछ। नयाँ बनाइएको पुलसँगै रहेको पुरानो पुललाई मर्मत गर्नुपर्ने पुल महाशाखा प्रमुख भट्टराई बताउँछन्। ‘पुरानो पुललाई सुधार गर्नुपर्ने, मर्मत गर्नुपर्ने के छ, त्यो हेछौं,’ उनी भन्छन्, ‘प्रयोग गर्न सकिने भए मर्मत गरेर पुल सञ्चालन गर्ने योजना रहेको छ।’
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस