रमेशकुमार पौडेल/चाँदनी हमाल, चितवन, असोज १- पहिरोका कारण पृथ्वी राजमार्ग आज शुक्रबार बिहानैदेखि अवरुद्ध भएको छ। काठमाडौं जाने आउने मुख्य मार्ग बिहानैबाट अवरुद्ध हुँदा सयौँ यात्री अलपत्र परेका छन्। गाडीहरुको लामो लाइन लागेको चितवन प्रहरीले जानकारी दिएको छ।
भरतपुरको डिभिजन सडक कार्यालयका अनुसार मुग्लिनदेखि पूर्व फिस्लिङ भन्ने ठाउँमा ठूला-ठूला ढुंगाले बाटो छेकेको छ।
भरतपुर कार्यालयको डोजरले ती ढुंगा फुटाउन नसक्ने कार्यालयका इन्जिनियर रविन्द्रलाल दासले बताए। कार्यालयले हेटौडाबाट उपकरणहरु मगाएको छ।
दासका अनुसार दिउँसो दुई बजे मात्रै सडक खुल्न सक्ने सम्भावना छ।
शुक्रबार बिहान पाँच बजेदेखि राजमार्ग अवरुद्ध भएको हो। पहिरो खसेको ठाउँ चितवनको मुग्लिङबाट १२ किलोमिटर काठमाडौँतर्फ पर्दछ।
महाधिवेशनमा सहभागि हुन चितवनवाट गएका काँग्रेस कार्यकर्तासमेत रोकिएका छन्।
पानी पर्ने बित्तिकै सो ठाउँमा यसैगरी पहिरो खस्ने गरेको छ। यो वर्षामा पनि एक दर्जन भन्दा बढी पटक नारायणगढ कुरिनटार सडक खण्ड अवरुद्ध भैसकेको छ।