कुलेखानी- हेटौडा मार्ग पनि अवरुद्ध-
चितवन (रत्ननगर), असोज २। काठमाडौँ जोड्ने प्रमुख मार्गको रुपमा रहेको मुग्लिन-नौविसे सडक २४ घण्टामा पनि खुल्न नसक्दा सयौँ सवारी साधन र हजारौँ यात्रु अलपत्र परेका छन्। अस्ति राति पहिरोसँगै सडकमा खसेको ठूला ढुङ्गा पन्छाउन नसक्दा सडक सञ्चालन गर्न नसकिएको डिभिजन सडक कार्यालयले जनाएको छ।
दुईवटा डोजरको सहायताले हिजो बिहानदेखि पहिरो पन्छाउने कार्य भएकाले आज मध्याह्नसम्ममा बाटो खुल्ने अपेक्षा गरिएको चितवनस्थित ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
लगातारको वर्षापछि गएको पहिरोका कारण हेटौँडा-कुलेखानी सडक अवरुद्ध भएको छ।
पहिरोले सिस्नेरी सडक पनि आज बिहानदेखि बन्द भएको टेम्पो व्यवसायी सङ्घका अध्यक्ष प्रदीप गिरीले बताए।
दुवै सडक बन्द भएपछि हेटौँडाबाट फर्पिङ हुँदै काठमाडौं आवागमनमा कठिनाइ भएको छ। स्थानीयवासी र प्रहरीको सक्रियतामा पहिरो पन्छाउने प्रयास भइरहेको अध्यक्ष गिरीले बताए। रासस