पूर्वी खण्डमा २५ किलोमिटर कालोपत्रे
१९ जेष्ठ २०७६
•
६ मिनेट पाठ
पूर्वी खण्डमा २५ किलोमिटर कालोपत्रे
सिन्धुली - धरान–चतरा–सिन्धुली–हेटौंडा सडकको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। सरकारको प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग (धरान–चतरा–सिन्धुली–हेटौंडा वैकल्पिक राजमार्ग) को निर्माण कार्य पछिल्लो समय तीव्र गतिमा हुन थालेको आयोजनाले जनाएको छ। निर्माणको लक्ष्यभन्दा यस वर्ष बढी काम भइसकेको आयोजना कार्यालयले जनाएको छ।

। राजमार्गको पूर्वी खण्डमा लक्ष्यभन्दा बढी काम भइसकेको धरान–चतरा–सिन्धुली–हेटौंडा सडकको पूर्वी आयोजना प्रमुख ललितजंग खनालले जानकारी दिए। सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रूपमा हेरिएको सडकको पूर्वी खण्डमा ६० प्रतिशतभन्दा बढी काम भइसकेको खनालले जानकारी दिए। ‘हामी लक्ष्यभन्दा अगाडि बढिसकेका छौं,’ उनले भने, ‘चालू आर्थिक वर्षमा विनियोजित बजेटको काम सकेर थप बजेट मगाएर काम गरिरहेका छौं।’ उनले सडकतर्फ ६० प्रतिशत र पुलतर्फ ८० प्रतिशत काम भइसकेको जानकारी दिए। सडकको तुलनामा पुलको काम धेरै अगाडि बढिसकेको पाइएको छ। ‘पूर्वी खण्डअन्तर्गत सिन्धुली र उदयपुरमा गरी ४३ वटा पुल बन्नुपर्नेमा २८ वटा पुल निर्माण सम्पन्न भइसकेको आयोजनाका इन्जिनियर गोविन्द दुमरुले जानकारी दिए। सडकको तुलनामा पुलको काम तीव्र गतिमा भइरहेको छ,’ उनले भने, ‘२८ वटा सम्पन्न भइसकेका छन्, अन्य केही पुल निर्माण सम्पन्न हुने चरणमा छन्।

राजमार्गको पूर्व र पश्चिम गरी दुई खण्डमा विभाजन गरी काम भएको छ। दुवै खण्डमा सडक संरचना निर्माण, पुल निर्माण, कजवे, ह्युम पाइप, बक्स कल्भर्ट र स्ल्याब कल्भर्टलगायत संरचना निर्माणको काम धमाधम निर्माण भइरहेको आयोजनाले जनाएको छ। आयोजनाका पश्चिम खण्डको कार्यालयका अनुसार सिन्धुलीको कमलामाई नगरपालिकाको भिमानदेखि मकवनपुरको हेडौंडा महानगरपालिका–६ चौगडासम्मको कुल १ सय १५ किलोमिटर सडकमा धमाधम काम भइरहेको छ। यस्तै पूर्वी खण्डअन्तर्गत उदयपुरको बसाहादेखि सिन्धुलीको भीमानसम्म १ सय ३४ किलोमिटर सडक पर्छ। उक्त १ सय ३४ किलोमिटर सडकमध्ये २५ किलोमिटर कालोपत्रे भइसकेको पूर्वी खण्ड आयोजना प्रमुख ललितजंग खनालले जनाए। ‘सिन्धुली र उदयपुर गरी २५ किलोमिटर कालोपत्रे भइसकेको छ,’ उनले भने, ‘अझै कालोपत्रे गर्ने तयारीमा रहेको सडकमा धमाधम कालोपत्रे हुँदै छ।’

सिन्धुली खण्डमा चार किलोमिटर र बाँकी उदयपुर खण्डमा कालोपत्रे भएको पूर्वी खण्ड आयोजनाले जनाएको छ। पूर्वी खण्डको धेरै स्थानमा बेस हाल्ने तथा सब बेस हाल्ने कार्य धमाधम भइरहेको प्रमुख खनालले जानकारी दिए। उनका अनुसार सडक निर्माणको कार्य लक्ष्यभन्दा निकै अगाडि बढिसकेको छ। ‘सडक निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। यस्तै पश्चिम खण्डमा बाग्मती नदीदेखि मकवानपुरको फापरबारी छतिवनसम्मको १० किलोमिटर सडक करिब तिन महिना अगाडि नै कालोपत्रे भइसकेको थियो। यसका अलावा सिन्धुलीखण्डमा समेत झन्डै १५ किलोमिटर बढी कालोपत्रे भएको स्थानीयले जनाएका छन्।

राजमार्गको दुवै खण्डमा बेस र सब बेसकै काम धमाधम भइरहेको धरान–चतरा–सिन्धुली–हेटौंडा पूर्वी र पश्चिम खण्डका आयोजना कार्यालयले जनाएको छ। पश्चिम खण्डको १ सय १५ किलो मिटरमा ३३ वटा पुल, ५७ स्थानमा कजवे, ह्युम पाइप ३ सय ९७ वटा, बक्स कल्भर्ट १९, स्ल्याब कल्भर्ट चारवटा रहने आयोजनाले जनाएको छ। तीन वर्षमा निर्माण सक्ने लक्ष्य लिएको उक्त राजमार्गको निर्माणको जिम्मा पश्चिम खण्डको जिम्मा कालिका, स्वच्छन्द, रकेन जेभी काठमाडौंले र पूर्वी खण्डको जेट आइइसी शर्मा एन्ड लामा जेभीले निर्माणको जिम्मा लिएको छ। ११ मिटर चौडाइ रहेको सो सडक दुई पत्रमा पिच हुनेछ। दुधौली नगरपालिका प्रमुख घनश्याम राउतले भने, ‘दुधौली नगरपालिकास्थित हत्पते भलुवाहीबाट कालोपत्रेको काम सुरु भइसकेको छ।’
अर्को समाचार
मुग्लिन–पोखरा सडक: बीस किलोमिटर कालोपत्रे
१८ माघ २०८०
•
२ मिनेट पाठ
मुग्लिन–पोखरा सडक: बीस किलोमिटर कालोपत्रे
मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा बीस किलोमिटरमा एकतर्फी कालोपत्रे गरिएको छ। जिल्लाको डुम्रेदेखि छिर्कनसम्म चौध किमि र आँबुखैरेनी क्षेत्रमा छ किमि गरी उक्त दुरीमा कालोपत्रे सम्पन्न भएको हो।

पूर्वी सडक खण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार आँबुखैरेनीको बरादीबाट सत्रसयतर्फ करिब तीन किमि दुरीमा कालोपत्रका लागि अन्तिम तयारी भइरहेको छ।

उक्त स्थानमा कालोपत्रे सम्पन्न भएलगत्तै आँबुखैरेनी गाउँपालिका कार्यालयबाट चार लेन कालोपत्रका लागि बेस हाल्ने काम पनि भइरहेको इन्जिनियर पाण्डेले बताए। पूर्वीखण्डका लागि ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको थियो।

यस खण्डको काम विसं २०७८ वैशाख २ गतेदेखि गरिएको हो। करिब ४१.४५ किलोमिटर दूरीको उक्त खण्डको काम भइरहेको आयोजना प्रमुख श्यामकुमार यादवले जानकारी दिए। उनका अनुसार विसं २०८१ वैशाखसम्म सक्ने गरी सम्झौता भएको थियो।

पृथ्वीराजमार्गको पूर्वी खण्डअन्तर्गत डुम्रे बजार क्षेत्रमा एक सय साठी भौतिक संरचनाका १५ करोड १३ लाख मुआब्जा निर्धारण गरिएको छ। सदरमुकाम दमौली बजारका ७५ भौतिक संरचनाका छ करोड बराबरको मुआब्जा निर्धारण गरिएको छ। डुम्रे बजारका अधिकांशले पहिलो किस्ताबापतको मुआब्जा लिइसकेका आयोजना कार्यालयले जनाएको छ।

पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारको काम भइरहेको छ। राजमार्गको पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर दुरी सडक पर्दछ।

उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नतिका लागि विसं २०७८ भदौदेखि काम सुरु भई विसं २०८१ भदौ १२ मा सम्पन्न गर्नेगरी सम्झौता भएको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) का इन्जिनियर नारायण पौड्यालले जानकारी दिए।

पश्चिम खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको थियो। यस सडक खण्डमा कालोपत्रका लागि पहिलो पटक परीक्षण कार्य सुरु गरिएको पौड्यालले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस