मारमा सुकुम्बासी
३२ जेष्ठ २०७६
•
७ मिनेट पाठ
मारमा सुकुम्बासी
थापाथली खोलानजिकै सुकुम्बासी बस्तीमा अधिकांश मजदुर बस्छन्। केही महिलाले खाजाघर चलाएका छन् भने केही ठेलामा चटपटे बेच्छन्, अनि केही भने घरायसी कामकाज गर्छन्। कमाइभन्दा खर्च धेरै हुने गुनासो गर्छिन्, सुशीला धिमाल। मोरङकी उनी अहिले श्रीमानसँग थापाथलीस्थित सुकुम्बासी बस्तीमा बसिरहेकी छन्। बिहान– बेलुका खाजाघरमा व्यस्त हुने उनी घरायसी सर–सामानको भाउ निकै बढेको बताउँछिन्। बिहान उठेदेखि बेलुका नसुतेसम्म आवश्यक सामानको भाउ बढ्दा दैनिक जीवनशैलीमा नै प्रभाव पारेको उनले बताइन्। ‘हामीलाई चाहिने अत्यावश्यक वस्तुमध्ये नुन, तेल, ग्यास, तरकारी, दाल, चामल दैनिक नभई हँुदैन, अब यसरी भाउ बढेपछि कसरी बाँच्नु यो काठमाडौंमा ?’ उनले प्रश्न गरिन्।

सुन बढेर फरक नपर्ने नुन बढ्दा निकै मर्का परेको उनी बताउँछिन्। सरकारले गत जेठ २५ गते आर्थिक वर्ष २०७५÷७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रूपैयाँको बजेट प्रस्तुत गरेको हो। बजेट प्रस्तुत गरेसँगै बजार भाउले आकाश छोएको उपभोक्ता बताउँछन्। काभ्रेकी प्रमिला ठकुरीले चटपटे व्यापारी हुन्।  उनले पानीपुरी, चटपटे बेच्न थालेको एक वर्ष भइसक्यो। तीन जनाको परिवार पाल्नलाई सघाउ हुने भएकाले आफ्नै व्यापार गरेको उनी बताउँछिन्। चटपटेमा राखिने आलु, टमाटर लगायतका सामानमा भाउ बढेकाले व्यापारमा असर गरेको उनी अनुभव सुनाउँछिन्। बिहानदेखि बेलुकासम्म ठेलामा व्यापार गरेर कमाएको हजार रूपैयाँले दैनिक आवश्यक सामान समेत नआउने उनको भनाइ छ। ‘चटपटेमा राखिने खुर्सानी पाउँको ६० रूपैयाँ र केराउको ८० रूपैयाँ, अनि कमाएको पैसाले सामान किन्न पनि नसक्ने अवस्था छ,’ उनले भने।

दिनभरी ज्याला मदजुरी गरेर कहिले मासु खाउँभन्दा १२ सय पुगेर घर व्यवहार चलाउन गाह्रो रहेको बताउँछिन्, माया केसी। साना नानीलाई स्कुल पढाउनेदेखि घरखर्च सम्झँदा दिक्क लाग्ने उनी बताउँछिन्। ‘यो सहरमा केटकेटी पढाउन, ख्वाउन नसकिने भइसक्यो,’ उनले भनिन्। स्कुलको फि वर्षैपिच्छे बढ्ने नानीबाबुलाई चाहिने शैक्षिक सामग्री, खाजा, ड्रेस जुगाड गर्न नै गाह्रो भएको उनी बताउँछिन्। महिनाको २५ हजार कमाइले ६ जना परिवार पाल्नै नसक्ने अवस्था आएको उनी गुनासो गर्छिन्। उनी भन्छिन्, ‘अर्काकोमा काम गरेर २–४ हजार कमाएर केही गर्न सकिएको छैन, भन्याजस्तो काम पाउन गाह्रो छ, यसरी त निकै समस्या भएको छ।’ सरकारले केही गरेर खाने बाटो देखाइदिए हातपाखुरा खियाएर खान पाइने उनी बताउँछिन्।

२ सय ५८ घर संख्या रहेको सुकुम्बासी बस्तीमा अहिले १ सय ३६ घर रहेको उत्पीडन सुकुम्बासी समितिका उपाध्यक्ष झबरलाल उराउ बताउँछन्। सुरुवातदेखि नै सुकुम्बासी बस्तीमा परिवारसहित बस्छन्, झबरलाल उराउ। २०६९ वैशाख २६ गते डोजर लगाएको समयमा निकै समस्या भएको उनी तितो अनुभव सुनाउँछन्। सरकार पक्षबाट यहाँ बसेकालाई केही पनि अवसर नरहेको उनी गुनासो पोख्छन्। ‘त्यो समय सम्झदा निकै गाह्रो हुन्छ, दुई जनाले त मानसिक सन्तुलन नै गुमाउनु भयो, अहिले त मृत्यु भइसक्यो, कष्टकर जीवनबाट उम्किएर बसेका छौं,’ उनले भने। मूल्यवृद्धि भएपछि धनीमानीलाई भन्दा मजदुरलाई  नै असर पर्ने उनी बताउँछन्। बजार भाउले धेरै मर्का पारेकाले हाम्रो पीडा कसैले महसुस गर्न नसक्ने उनी बताउँछन्। दैनिक रोजीरोटी र बासस्थान हुन्थ्यो भने यो ‘गन्दगी’मा बस्ने रहर कसैमा नरहेको उनी बताउँछन्। ‘सरकारले अवहेलना गरेका हमी सुकुम्बासीलाई झन् बजार भाउले मारमा पारेको छ, जसोतसो जीवन चलिरहेको छ,’ उनले भने।

गोपाल पौडेल तरकारी व्यापारी हुन्। केही महिनादेखि भने खाली बसेका छन्। चार जनाको परिवारलाई धान्न समेत हम्मे–हम्मे भएको अनुभव उनी सुनाउँछन्। गाउँमा तरकारी उत्पादन कम भएपछि बजारमा आउने तरकारी भारतबाट निर्यात हुने भएकाले निकै महँगो भएकाले व्यापार नगरेको उनले बताए। उनी भन्छन्, ‘भारतबाट निर्यात हुने तरकारीमा फाइदा नहुने भएकाले चटक्कै छोडे, २–३ रूपैयाँ फाइदा हुन्छ के कमाउनु, कसरी परिवार पाल्नु ?’ व्यापारले परिवार पाल्न पनि समस्या भएपछि बेरोजगार बसेको उनले बताए। किसानले उत्पादन गर्ने बीउबिजन नै महँगिएका कारण तरकारीको भाउले आकास छोएकाले व्यापार गर्न नसकिने उनी अनुभव सुनाउँछन्। ‘आफ्नै देशमा मेहेनत मजदुरी गरेर खान्छु भन्दा पनि महँगीले खान दिएन यस्तै छ के गर्नु,’ उनले भने।
अर्को समाचार
बाँदरझुलाका सुकुम्बासी बास माग्दै सदरमुकाम
नागरिक
२२ असोज २०७१
•
५ मिनेट पाठ
बाँदरझुलाका सुकुम्बासी बास माग्दै सदरमुकाम
चितवन-चितवन निकुञ्जको बीचजंगलमा पर्ने माडी बाँदरझुलाका तीन हजार बढी बाढीपीडित तथा सुकुम्बासी बास माग्दै बुधबार सदरमुकाम भरतपुर आइपुगेका छन्। दुई दशकदेखि निकुञ्जको मारमा परेका उनीहरुले दिगो बस्ती व्यवस्थापनको माग राखेका छन्।राजनीतिक दल, प्रशासन, सरोकारवाला संस्था र पत्रकारलाई भेटेर समस्या राख्न आएको उनीहरुले बताएका छन्। बाँदरझुला भरतपुरबाट करिब सय किलोमिटर दक्षिण पर्सा ठोरीसँग जोडिएको क्षेत्र हो। निकुञ्ज क्षेत्रभित्रको अस्थायी बसोबास निकै कष्टकर भएको उनीहरुले बताए। ‘आज हो कि भोलि निकुञ्जले बस्ती उठाउँछ,' अगुवा एजी परियारले भने, ‘त्यसैले हामी दिगो बस्ती व्यवस्थापनको माग्न आएका हौं।'
जिल्लाका विभिन्न राजनीतिक दलको कार्यालय धाउँदै हिँडेका दर्जन बढी सुकुम्बासीले निकुञ्जले आफूहरुलाई बस्ती खाली गर्न चेतावनी दिएको बताए। भदौ पहिलो साता टेलिकमले टावर राख्न माटो परीक्षण गर्न गएको टोलीलाई आफूहरुले फर्काइदिएकाले निकुञ्जले बस्ती हटाउन लागेको उनीहरुको भनाइ छ। 
स्थानीय विद्यालयका प्रधानाध्यापकसमेत रहेका परियाले भने, ‘हामीलाई त्यही बस्ती चाहिन्छ भन्ने होइन, सधैंभरि त्रासमा बस्नुभन्दा जुनसुकै स्थानमा भए पनि हामीलाई विकल्प चाहियो भनेका हौं।'
उनीहरुसँगै एमालेका दिलबहादुर परियार, काँग्रेसका लोकबहादुर राना, एमाओवादीका ऋषिराम पोखरेल र राप्रपाका सन्तबहादुर श्रेष्ठ पनि विभिन्न दलका कार्यालय पुगे। बुधबार दललाई भेटेर छलफल गरेका उनीहरुले बिहीबार प्रशासनसँग छलफल गर्ने बताएका छन्। ‘विभिन्न पार्टीका नेतासँग छलफल भयो, उनीहरुले सकारात्मक जवाफ दिएका छन्,' एमाओवादीका ऋषिराम पोखरेलले भने, ‘आज यहीं बसेर बस्तीको बारेमा निचोड निकाल्ने सोच छ।’
२०२२ सालमा फँडानीका बेला खेती गरिएको क्षेत्र भए पनि निकुञ्ज स्थापनाका बेला बाँदरझुला खाली गरिएको थियो। २०४६ सालको आन्दोलनपछि विभिन्न जिल्लाबाट आएका बाढीपीडित, सुकुम्बासी र गरिबले एकैसाथ फेरि बस्ती बसाले। पञ्चायती पक्षधर र बहुदल पक्षधरले समेत आ–आफ्ना मान्छे पठाएका थिए। २०४७ साल कात्तिक ७ गते सुकुम्बासीका नाममा अन्यले समेत जग्गा हडपे। चितवनसहित मकवानपुर, धादिङ, पर्सा, तनहुँ, स्याङ्जा, बाग्लुङ र लमजुङका स्थानीय बाँदरझुलामा बढी छन्। त्यसको एक दशकसम्म करिब ५ सय घरधुरीले त्यही निकुञ्जको बीचमा बिताए। २०५८ साल माघ २० मा चितवन निकुञ्जले बस्ती पूरै आगो लगाएर खाली गरेको परियार सम्झन्छन्। त्यसपछि भागाभाग भएर उनीहरुले केही महिना बगरमै रात बिताए। २०५९ साल असारमा फेरि सोही क्षेत्रमा बस्न आएको उनीहरु बताउँछन्।
सोही समय निकुञ्जले फेरि बस्ती हटाउन लाग्दा तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काले रोकेका थिए। दुई वर्षअघि चितवन निकुञ्जका वार्डेन कमजलंग कुँवरले बस्ती खाली गर्न निकुञ्ज विभागमा पत्राचार गरिसकेको बताएका थिए। विकल्पबिनै बस्ती खाली गर्ने उनकेा योजना अहिले विभागमै थन्किएको छ। 
त्यसपछि केही शान्त रहेको बस्तीमा भदौ पहिलो साता नेपाल टेलिकमको टावर राख्नका लागि गएको टोलीलाई बस्तीबासीले रोकेका थिए। त्यसलगत्तै दसैंका लागि बस्तीमा खाद्यान्न लिएर गएको टोलीलाई निकुञ्जले रोकेको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस