भूकम्पबाट विस्थापित २४ परिवारलाई लालपुर्जा
१६ असार २०७६
•
४ मिनेट पाठ
भूकम्पबाट विस्थापित २४ परिवारलाई लालपुर्जा
ओखलढुंगा– भूकम्पबाट विस्थापित भएका ओखलढुंगाका २४ घर परिवारलाई लालपुर्जा प्रदान गरिएको छ। चिशंखुगढी गाउँपालिका–८ माम्खा भडारेका विस्थापित २४ घर परिवारलाई जग्गा खरिद गरी लालपुर्जा प्रदान गरिएको हो। 




जिल्लाको चिशंखुगढी गाउँपालिका–७ भडाँरेमा जोखिमयुक्त बस्तीमा बस्दै आएका २४ घरपरिवारलाई सुरक्षित स्थानमा जग्गाको व्यवस्था गरि जग्गाको धनीपूर्जा वितरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख युवराज खरेलले बताए। 

हिरा बहादुर राई, आसधन राई, बखत बहादुर राई, लक्ष्मि राई, चक्रबहादुर राई, रहरमान राई, लोक बहादुर राई, सार्के राई, रामकुमारी राई, अनिता राई, रामरिखी राई, कमला राई, मानबहादुर राई, बम बहादुर राई, प्रेम कुमार राई, कृष्णमाया राई, मिजा राई, मिलन राई, विनिता राई, हिराबहादुर राई, प्रविन राई, मेख कुमारी राई, सोममाया राई र मान बहादुर राईको परिवारलाई सरकारको तर्फबाट दुई दुई लाखको जग्गा खरिद गरि स्थान्तरण गरिएको प्रमुख खरेलले जनाएका छन्। 

लामो समयदेखि जोखियुक्त बस्तीमा बस्दै आएका पीडितहरु स्थानान्तरण गरिएको जग्गाको धनीपूर्जा पाए सँगै हर्षित भएका छन्। चारैतिरबाट पहिरोले घेरेको गाउँमा बस्दा रातदिन त्रासमा जीवन विताइरहेका थियौँ अब भने सुरक्षित स्थानमा बस्न पाईयो, चिशंखुगढी गाउँपालिका–७ की नीनाकुमारी राईले बताइन्। 

२०७२ सालको भूकम्पपछि माम्खा भडाँरेका स्थानीयलाई पहिरोको त्रास बढेको थियोे। भूकम्पले गाउँ वरिपरि रहेका पहाडहरुमा पहिरो जान थालेपछि उक्त स्थानलाई जोखिमयुक्त बस्ती पहिचान गरी सरकारले स्थानान्तरण गर्ने योजना अघि सारेको थियो। व्यवस्था गरिएको स्थानमा घर निर्माण गरि बसोबास सुरु गरेमा आय आर्जनको क्षेत्रमा समेत सहयोग गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ। 

घर निर्माणका लागि वडा तहबाट सम्झौता गरी प्रक्रियागत रुपमा अगाडि बढ्यो भने किस्ता रकम उपलब्ध गराउने प्राधिकरणले जनाएको छ। एकीकृत बस्तीको नमूना अनुसार उनीहरु अगाडि बढेमा प्राधिकरणबाट थप चार लाख रुपैयाँ समेत सहयोग गर्न सकिने प्राधिकरणको भनाइ छ।

ओखलढुंगामा जोखिमयुक्त बस्ती स्थानान्तरण गर्नुपर्ने घरधुरी संख्या १ सय ९९ रहेका छन्। हालसम्म ९३ घरपरिवारलाई सुरक्षित स्थानमा जग्गाको व्यवस्था गरि स्थान्तरण गरिएको कार्यालयले जनाएको छ। 
अर्को समाचार
भूकम्पबाट विस्थापित परिवारलाई लालपुर्जा
१६ असार २०७६
•
३ मिनेट पाठ
भूकम्पबाट विस्थापित परिवारलाई लालपुर्जा
वालिङ (स्याङ्जा) – भूकम्पबाट विस्थापित भएका यहाँका दुई घर परिवारलाई आइतबार लालपुर्जा प्रदान गरिएको छ। वालिङ नगरपालिका–२, तिलडाँडाबाट विस्थापित बनेका मित्रलाल दमै र सुनमती दमैको परिवारलाई लालपुर्जा प्रदान गरिएको वडाध्यक्ष पोतप्रसाद लम्सालले बताए। 




जोखिमयुक्त बस्तीमा रहेका भूकम्पपीडित लाभग्राहीमा परेका र अन्यत्र बसोबासका लागि घर घडेरी नभएकाको घर परिवारलाई बढीमा दुई लाख रुपैयाँ दिन सक्ने प्रावधानअनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ स्याङ्जामार्फत् आर्थिक सहयोग गरिएको स्याङ्जाका कार्यालय प्रमुख प्रवीण ढकालले बताए।

‘भूकम्पकै कारण साविक बसेको ठाउँमा जमिन धाँजा फाटेकाले दुई घर परिवार विस्थापित भएका हुन्,’ उनले भने, ‘यस ठाउँमा जस्तै जिल्लाका अन्य ठाउँमा पनि भूकम्पबाट विस्थापित बनेका परिवारलाई लालपुर्जा वितरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।’

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ स्याङ्जामार्फत् प्राप्त भएको दुई/दुई लाख रकमबाट वडा कार्यालयको समन्वयमा आवश्यक प्रक्रिया पूरा गरी जग्गा खरिद गरी लालपुर्जा वितरण गरिएको वडाध्यक्ष लम्सालले बताए। 

स्थानीय कृष्णप्रसाद काफ्ले र यज्ञप्रसाद काफ्लेको गैह्रा भन्ने स्थानमा रहेको आठ आना जग्गा खरिद गरी मित्रलाल दमै र मनकुमारी दमैको परिवारलाई प्रदान गरिएको हो। सोही वडाको राक्सेस्थित प्रेमप्रसाद रेग्मीसँग ९ आना जग्गा खरिद गरी सुनमती दमैको परिवारलाई प्रदान गरिएको वडाध्यक्ष लम्सालले बताए।

यसअघि गत चैतमा घरबारविहीन भई चौरमा बस्दै आएका दुई परिवारलाई लालपुर्जा प्रदान गरिएको थियो। वालिङ नगरपालिका–२ वडाको छतिउनडाँडाका बीना विक र रेशम विकको परिवारलाई भूकम्प प्राधिकरणको सहयोगमा लालपुर्जा प्रदान गरिएको थियो। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस