पर्साका जिल्ला शिक्षा अधिकारीसमेत-
केपी ढुंगाना, काठमाडौँ, असोज १६- एमबीबीएस परीक्षामा सहभागी हुन आएका नेपाली र भारतीय नागरिकहरु बसेको मैतिदेवीस्थित घरमा गएराति प्रहरीले छापा मार्दा दुई हतियार र नौ राउन्ड गोलीसहित १६ जना पक्राउ परेका छन्। एमबीबीएस परीक्षाको प्रश्नपत्र 'लिक' हुँदै गरेको सुराकीका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाले बिहान १ बजे सो घरलाई घेरा हालेर छापा मारेको थियो।
प्रहरीका अनुसार बरामद भएको हतियार अमेरिकामा बनेको लेखिएको पेस्तोल हो। पक्राउ परेका सबै परीक्षा दिन आएका नेपाली र भारतीय नागरिक हुन्।
पक्राउ पर्नेमा पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारीसमेत रहेका छन्। उनलाई आज बिहान प्रहरीले रिहा गरे पनि बाँकीलाई हनुमानढोकामा राखिएको छ।