कपिलवस्तु- कपिलवस्तु जिल्ला अदालतका पूर्व शाखा अधिकृत बिश्वनाथ चौधरी २ लाख रुपैयाँ घुससहित बिहीबार दिउँसो पक्राउ परेका छन्। मुद्दा जिताई दिने भन्दै सेवाग्राहीसँग २ लाख घुस लिँदै गर्दा चौधरीलाई अख्तियारले रंगेहात नियन्त्रणमा लिएको हो।
अख्तियार दूरुपयोग अनसन्धान आयोग बुटवलबाट खटिएका टोलीले कपिलवस्तु नगरपालिका–१ गौढी टोलको महामाया प्रेस अगाडीबाट उनलाई घुस सहीत पक्राउ गरेका थियो। सेवाग्राहीसँग घुस लिएपछि अख्तियारको टोलीले नियन्त्रणमा लिन खोज्दा आत्तिएका चौधरीले २ लाख रुपैयाँ माहामाया प्रेसको अफिसको घर्रामा राखेका थिए।
अख्तियारका खटिएका टोली श्रोत अुनसार हजारका कुल २ सयवटा नोटसहित चौधरी अख्तियारको फन्दामा परेका थिए। घटनाको मुचुल्का उठाएर आवश्यक अनसन्धानका लागि अख्तियारले चौधरीलाई आफूसँगै बुटवल लगेको छ। कपिलवस्तु नगरपालिका–४ पटखाहवाका चौधरी गत असोज १४ गते सेवानीबृत भएका थिए।
सो लगत्तै अदालतले उनलई दोभाषेकारुपमा करारमा नियुक्त गरेको थियो। अदालतका श्रेस्तेदार चिन्तामणि शर्माका अनुसार चौधरी हाल दोभाषेकारुपमा कार्यरत थिए। टाईपिस्टबाट सेवा सूरु गरेको उनी बडुवा हुँदै शाखा अधिकृत भएका थिए। लामो सयम अदालतमा कार्यरत चौधरीले बिचौलियको काम गर्ने गरेको श्रोतले बताएको छ।
२९ फागुन २०७६
•
२ मिनेट पाठ