३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पहिरोमा परी ६ को मृत्यु, ५ बेपत्ता

गुल्मी - साेमवार साझँदेखि परेकाे अविरल वर्षाका कारण पहिराे जादाँ गुल्मीमा ६ जनाकाे मृत्युु भएको छ । यस्तै ५ जना हराईरहेका छन । जिल्लाकाे सत्यवती गाउँपालिका ४ लिम्घाका स्थानीय छविकला विक,धन बहादुर विक र पम्फा विकसहित ४ जनाकाे शव फेला परेकाे स्थानीय ठग प्रसाद ज्ञवालीले जानकारी दिएका छन ।

यस्तै पहिराेमा अन्य ५ जना हराईरहेकाे वताईएकाे छ । राति घरमा सुतीरहेकाे अवस्था माथिवाट पहिराेले तीन घरहरु वगाएर करि ५० मिटर तल पुराएकाे छ । पानी परिरहेकाले उद्वार गर्न कठिनाइ भएको गाउपालिका अध्यक्ष पारिश्वर ढकालले वताए । राति घरमा भल पस्दा गाउँपालिका ३ ठुलाे लुम्पेकका तिल बहादुर त्रामुकी श्रीमती ३० बर्षीय तिलकुमारी त्रामू , उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिए। उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएका छन ।

अबिरल बर्षा भईरहेका र ठाउँ ठाउँमा पहाेका कारण सडक अवरुद्ध हुदा प्रहरीको टोली त्यसतर्फ पुग्न सकेको छैन । बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यस तर्फ गएको छ । यता गुल्मी जिल्लाका प्रमुख जिल्लाअ अधिकारी यदुनाथ पौडेलका अनुसार उद्धारका लागि प्रहरीको टोली संगै स्थानीय लागेको र उपचारका लागि स्वास्थ्यको टोली पुगेको जानकारी दिए।

प्रकाशित: ७ श्रावण २०७६ ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App