वन्यजन्तु बस्ती पस्ने क्रम घट्यो
२० साउन २०७६
•
८ मिनेट पाठ
वन्यजन्तु बस्ती पस्ने क्रम घट्यो
चितवन - विश्व दुर्लभ वन्यजन्तु सूचीमा रहेको एकसिंगे गैंडा कहिले वरपरका बस्तीमा जाने र धनजनको क्षति गर्ने, कहिले गाउँले तथा तस्करहरू जंगल जाने र गैंडा मार्ने हुँदै आएको थियो।  यस्तो अनपेक्षित र आपराधिक व्यवहार रोक्ने तथा दुर्लभ एकसिंगे गैंडासहित अन्य वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले २०३० सालमा चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरियो।

चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्र समेटेर स्थापना गरिएको चितवन राष्ट्रिय निकुञ्ज नौ सय ५२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ।  वन्यजन्तु संरक्षणको कामलाई अझ प्रभावकारी बनाउन २०५३ मा निकुञ्ज वरपरको सात सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा निकुञ्ज स्थापनाअघिदेखि नै रहेका बस्ती समेटेर मध्यवर्ती क्षेत्र घोषणा गरियो।

निकुञ्ज स्थापना र संरक्षणको प्रयास भए पनि निकुञ्जका वन्यजन्तु निस्केर मध्यवर्ती क्षेत्रका बस्तीमा धनजनको क्षति गर्ने क्रम रोकिएको थिएन।  तर पछिल्लो समय भने चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु बस्तीमा जाने क्रम घटेको छ।  विगत वर्षहरूको तुलनामा वनबाट वन्यजन्तु निस्केर बस्ती र खेतबारीमा पुग्ने क्रम घटेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल बताउँछन्।  बालीनाली र सम्पत्ति क्षति भएको भन्दै राहत दाबी गर्दै निवेदन दिने संख्यासमेत घटेको उनले बताए।

‘वन्यजन्तुनिस्केर बस्तीमा जाने घटना कमी भएको छ,’ उनी भन्छन्, ‘गैंडासँगै साना वन्यजन्तु पनि वनबाट सजिलै निस्कदैनन्। ’ आर्थिक वर्ष २०७४/०७५ मा वन्यजन्तुका कारण भएको क्षतिका एक हजार ३४ वटा घटना निकुञ्जमा दर्ता भएका थिए।  गत आर्थिक वर्ष २०७५/०७६ मा दुई सय ५६ वटा घटनामात्र दर्ता भएर राहतको माग भएको प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिए।  निकुञ्जमा दर्ता भएका दुई सय ५६ घटनामा मानिस मृत्युको १२ र मानिस घाइते भएको ४५ वटा घटना छन् भने घरगोठ क्षतिका १२, भण्डारण गरेको अन्न क्षतिका सात, पशुधन क्षतिका ८० र बालीनाली क्षतिका एक सय घटना छन्।

अघिल्लो वर्ष मानव मृत्युका पाँच, मानिस घाइतेका ३२ घटना भएका थिए भने घरगोठ क्षतिका ९२, भण्डारण गरेको अन्न क्षतिका १९, पशुधन क्षतिका एक सय २० र बालीनाली क्षतिका सात सय ६६ घटना भएका थिए।  अघिल्लो वर्षको तुलनामा मानव मृत्यु र घाइतेको घटना बढे पनि अन्य घटनामा भने कमी आएको छ।  वन्यजन्तुले मानिसलाई आक्रमण गर्ने, घाइते बनाउने घटना भने मध्यवर्ती क्षेत्र तथा वन क्षेत्रमा धेरै भएको ढकाल बताउँछन्।

‘यो तथ्यांकले पनि वन्यजन्तु वनबाहिर निस्केर बस्तीमा जाने घटनामा धेरै कमी आएको देखाउँछ,’ उनी भन्छन्, ‘खेतबारीमै पुगेर बालीनाली नोक्सानी गर्ने क्रम पनि घटेको देखिन्छ। ’ चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा २२ वटा समिति क्रियाशील छन्।  चितवनमा १२ नवलपरासीमा आठ, मकवानपुरमा एक र पर्सामा एकवटा मध्यवर्तीका इकाई समिति रहेका छन्।

पहिलेपहिले बस्तीमा वन्यजन्तु आउन नदिन जंगलक्षेत्रको बाहिरपट्टि खनक (खाडल) खनिन्थ्यो।  पछि काँडे तारबार हुँदै विद्युतीय झड्का दिने तारबार (इलेक्ट्रिक फेन्स) निर्माण पनि गरियो।  तर विद्युतीय तारबार पनि बिग्रने, झड्का नदिने भएपछि वन्यजन्तु वनबाट बाहिर निस्कने क्रम रोकिएको थिएन।  ‘वन्यजन्तुलाई बस्तीमा जान रोक्ने उपाय स्वरूप अहिले केही स्थानमा कंक्रिटको पर्खाल नै बनाउने काम भएको छ,’ चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्लले भने, ‘यस्तै, मेस वायर (जमिनबाट तीन फिट पर्खाल लगाएर माथिबाट जाली लगाउने) पनि बनाउन थालिएको छ। ’

ठूला तथा वन्यजन्तुलाई रोक्न मेस वायर प्रभावकारी देखिएको छ।  सौराहापूर्व मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा कंक्रिटका पर्खाल पनि लगाइएका छन्।  यसले पहिलेपहिलेको तुलनमा मध्यवर्ती क्षेत्रमा वन्यजन्तु आउने क्रम घटेको मल्ल बताउँछन्।  ‘हामीलाई मुख्य समस्या भनेको जंगली हात्ती हुन्,’ उनले भने, ‘तर अहिलेसम्म हात्ती रोकथाम हुनेगरी काम भने गर्न सकिएको छैन। ’

बस्तीमा हात्ती आए समूहमा जम्मा भएर लखेट्ने, दौडाउने, ढ्यांग्र्रो–टिन ठटाएर लखेट्ने हुँदै आएका छ।  मानिसलाई जोगाउन हात्ती बस्तीमा आउन लागेको जानकारी दिने साइरन मेसिन पनि केही स्थानमा प्रयोग भइराखेको छ।  मध्यवर्ती क्षोत्रमा पहिलेको तुलनामा वन्यजन्तु आतंक केही कम भएको उल्लेख गर्दै उनले भने, ‘बस्ती र बारीमा पसेर धेरै दुःख दिनेमा गैंडा पथ्र्यो, बारीमा आएर धानबाली, सागसब्जी खाइदिन्थ्यो, विद्युतीय तारबारले गैंडालाई वनमै रोक्ने काम ग-यो। ’

साना वन्यजन्तु हरिण, चित्तल, बँदेल आएर खाने चलनलाई जालीले कम भएको उनले बताए।  वन्यजन्तुले बढी दुःख दिनेमा चितवनका माडीका चारवटा सामुदायिक वन, मेघौली, पटिहानी र सौराहा क्षेत्र रहेका छन्।  अहिले यी सबै स्थानमा वन्यजन्तु निस्कन नदिन विद्युतीय तारबार र मेस वायरलाई प्राथमिकता दिएर पूर्वाधार बनाउने काम अघि बढेको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस