चितवन, असोज २५- भैरहवाबाट प्याज बोकर काठमाडौँतर्फ जाँदै गरेको मालबाहक ट्रक त्रिशूली नदीमा खस्दा दुईजना घाइते भएका छन्।
नारायणगढ मुग्लिन सडकखण्डको दारेचोकर-९ फिस्लीङबाट लु.१ख ६४८७ नम्बरको ट्रक आज बिहान ५ बजे त्रिशूली नदीमा खस्दा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइते हुनेमा नवलपरासी नयाँ बेलाहानी बस्ने चालक दीपक कुमाल र सहचालक तोपे कुमार रहेका छन्। घाइते दुवैको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
यसैबीच भरतपुर नगरपालिका-९ नवगङ्गा दाना उद्योग अगाडि बिग्रिएर रोकिराखेको ट्रकमा आज बिहान आगो लाग्दा ट्रक जलेर पूर्णरुपमा नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलपुरको मिलिनियम ह्याचरीको ग.१ ख ६८८ नम्बरको ट्रकमा तार सर्टभई आगो लाग्दा ट्रक जलेर नष्ट भएको हो। रासस