डडेल्धुरा- जंगली बँदेलले आतंक मच्चाएसँगै कृषकले लगाएको बालिनाली सखाप त पारेको छ। अझै मान्छेलाई समेत आक्रमण गर्न थालेपछि अजयमेरु गाउँपालिकाले नयाँ उपाय अपनाउने थालेको छ। बँदेलको आतंकलाई रोक्न गाउँपालिकाले तारबारको व्यवस्था गर्दैछ। स्थानीयबाट व्यापक गुनासो आएपछि गाउँपालिकाले उक्त व्यवस्था गर्न लागेको हो।
गाउँपालिकाले जनतासँगको सहकार्यमा स्थानीय स्तरमा नै ग्याबिङ्ग जाली बनाइ तारजाली लगाउने जनाएको छ। वडा नम्बर २ वडाध्यक्ष शिवराज भट्टले आफनो वडालाई बँदेलको आतंकबाट जोगाउन तारजाली लगाउन थालेको बताए।
जिल्लामा रहेको मकै भट्मास पकेट संरक्षणको ७ लाख, अमजयमेरु गाउँपालिकाको ३ लाख आर्थिक सहयोग र स्थानीयको सक्रियतामा तारजाली लगाउने काम भइरहेको बताए।
गाउँपालिका अन्य वडामा तारबार लगाउँदा बँदेल आतंक कम भएकाले २ नम्बर वडामा पनि तारबार लगाउन थालेको जनाएको छ।
यस्तै अहिले गाउँपालिकाका वडा २ का चमडा, डुणला, गैरबाटा, टिटाली, बसाना क्षेत्रमा तारबारको काम सकिएको छ भने अन्य ठाउँमा काम हुने तयारी भइरहेको छ। तारबार लगाएपछि केही हदसम्म बँदेलको आतंक रोकिएको स्थानीयको भनाइ छ। तारबारले खेतबारी ढुक्कले खेतिपाती गर्न सक्ने स्थानीयको भनाइ छ। साथै वर्षैदेखि भोग्दै आएको समस्याबाट छुट्करा पाउने उनीहरुको आशा छ।