अर्घाखाँची, कार्तिक १ - बडा दसैंका अवसरमा ठूलाबढाको आशिर्वाद थाप्न गएका एक बालकको बिजुलीको करेन्ट लागेर मृत्यु भएको छ। अर्घाखाँचीको खिदीम गाविसमा करेन्ट लागेर आज पाल्पा भुवनपोखरी गाविस-९ का १४ वर्षीय बालक कुशल भट्टराईको मृत्यु भएको हो।
खिदीम गाविस - ८ स्थित ठूलीआमाको घरमा टीका थाप्न गएका कुशलको घरनजिकै कीर्तिपीपल भन्ने स्थानमा रहेको बिजुलीको ट्रान्सफर्मरमा करेन्ट लागेको स्थानीय अच्युत गौतमले बताए।- रासस
खिदीम गाविस - ८ स्थित ठूलीआमाको घरमा टीका थाप्न गएका कुशलको घरनजिकै कीर्तिपीपल भन्ने स्थानमा रहेको बिजुलीको ट्रान्सफर्मरमा करेन्ट लागेको स्थानीय अच्युत गौतमले बताए।- रासस