खन्दै, पुर्दै, फेरि खन्दै
२९ भदौ २०७६
•
१३ मिनेट पाठ
खन्दै, पुर्दै, फेरि खन्दै
काठमाडौं - सडक डिभिजन कार्यालय काठमाडौं र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ढलको पाइप राख्न गत असारमा चाबहिल–चुच्चेपाटी सडक खने। खनेको सडक मर्मत नगरी छाडेपछि एक महिनासम्म सर्वसाधारणले सास्ती भोगे। एक महिनापछि सडक खनेर पुरेलगत्तै फेरि ढल मर्मत गर्न भन्दै सडक खनियो। खनेको सडक नपुर्दा पानीमा हिलो र घाममा धुलोले सर्वसाधारण आक्रान्त छन्।

ढलको मंगाल पनि खुलै छाडिएको छ। चाबहिलका प्रकाश ढकालका अनुसार चाबहिल–चुच्चेपाटी सडक काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय, सडक डिभिजन कार्यालय काठमाडौं, उपत्यका सडक विस्तार आयोजना, केयुकेएललगायत निकायले ढल र खानेपानीको पाइप राख्ने नाममा बारम्बार खन्दै, पुर्दै आएका छन्। एक वर्षमा चारपटकसम्म सडक खन्ने गरिएको छ। उनले भने, ‘सडक खनेर भत्काउने र पुर्ने काम २०७२ सालबाटै हुँदै आएको छ। दुई महिनाअघि पनि ढलको पाइप राख्न भनेर सडक खनियो। खनेको केही समयपछि पुरियो। फेरि ढल मर्मतका नाममा खनिएको सडक पुरिएको छैन। विकासका नाममा अनावश्यक खर्चसँगै सर्वसाधारणले दुःख भोग्नुपरेको छ।’

विकासका नाममा बारम्बार सडक खन्ने, पुर्ने र फेरि खन्ने गर्दा अनावश्यक खर्चसँगै सर्वसाधारणले दुःख भोग्नुपरेको छ।

सडक खन्दै, पुर्दै गरे पनि अहिलेसम्म कालोपत्रे भएको छैन। उनले बिगारेको सडक तत्काल पिच गर्नुपर्ने बताए। ‘सडक बारम्बार खन्ने र पुर्ने मात्रै भएको छ,’ ढकालले भने, ‘तर सडक पिच हुन सकेको छैन। पानी परेका बेला पानी जमेर पोखरी बन्छ। सर्वसाधारण ओहोरदोहोर गर्न सक्दैनन्।’

काठमाडौं उपत्यकाका सडकको दुरवस्थामा सुधार नआउँदा मारमा सहरवासी परेका छन्। अहिले पनि कपनको साततले, चाबहिलको सरस्वती नगर, बबरमहललगायत स्थानका सडक खन्ने, पुर्ने, फेरि खन्ने काममात्र भइरहेको छ। सरस्वती नगरको सडक एक वर्ष पहिलेमात्रै पिच भएको थियो। तर ढल हाल्ने नाममा अहिले उक्त सडक खनेर लथालिंग बनाइएको छ।

बारम्बार सडक खन्दै, पुर्दै गर्दा सास्ती भएको सर्वसाधारणको गुनासो छ। सरस्वती नगरका बिर्खबहादुर श्रेष्ठले सडक खन्दै, पुर्दै गर्दा दिनचर्या नै बिथोलिने गरेको बताए। उनले भने, ‘पाँच दिनदेखि यहाँको सडक खन्दै, पुर्दै गरेका छन्। पहिले पनि खनेका थिए। राति पनि सडक खन्ने, पुर्ने काम हुन्छ। भत्काएको सडक बनाउन निकै समय लगाइन्छ। हामीले सास्ती खेप्नुपर्छ।’ सरकारी निकायबीच समन्वय नहुँदा पटकपटक सडक खन्ने र पुर्ने काम हुँदै आएको सुनाए। सडक खनेर अलपत्र छाड्दा सवारी जाम र दुर्घटना बढेको छ। ‘मेलम्ची खानेपानी आयोजनाले खानेपानी पाइप राख्न सडक खनेको छ। अर्को निकायले ढलको पाइप राख्न भनेर खन्छ। अर्कोले सडक बनाउने भनेर खन्छ। पूर्णता कसैलै दिँदैनन्। यो क्रम चलिरहँदा सर्वसाधारण मारमा छन्,’ उनले भने, ‘सबै निकायबीच समन्वय नगरी काम गर्दा सर्वसाधारणले सास्तीमात्र पाएका छैनन् राज्यको पैसा पनि सक्ने काम भएको छ।’

यसैगरी ललितपुरको लगनखेल–सातदोबाटा, कुमारीपाटी–गोदावरी, चापागाउँ–सातदोबाटो सडकमा पनि अहिले खन्ने र पुर्ने होड चलेको छ। सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका सडक विस्तार आयोजना, सडक डिभिजन कार्यालय काठमाडौं र केयुकेयलबीच समन्वय नभएकै कारण सडक खन्ने, पुर्ने र फेरि खन्ने कामले निरन्तरता पाएको हो।

सडक विभागका अनुसार अहिले नयाँ र पुरानोबानेश्वरमा ढलको पाइप राख्न सडक खनिएको छ। विभागका प्रवक्ता शिवहरि सापकोटाले आवश्यक भएरै सडक खन्नुपरेको बताए। ‘सडक खन्नेमा सबै निकायसगँ समन्वय हुन्छ,’ उनले भने, ‘तर, आवश्यक परेकाले बारम्बार सडक खन्ने र पुर्ने काम भएको हो। खानेपानी पाइप हाल्न केयुकेयलले सडक खन्छ, अर्काले ढल राख्न खन्छ। विभिन्न निकायले सडक खनेर छाडेका हुन्छन। हामीले पिच गर्नुपर्ने हुन्छ।’ नियमित खाल्डाखुल्डी पनि पुर्दै आएको उनले बताए। उनले भने, ‘सडक खन्दा सडक विभागसगँ स्वीकृति लिनुपर्छ। कुनै निकायले स्वीकृति लिएर त कुनैले स्वीकृति नलिइ खन्ने गरेका छन्। स्वीकृति नलिईकन खन्ने कारबाही हुन्छ।’

बबरमहलमा पनि सडक खनेर अलपत्र छाडिएको छ। खनेको सडक पिच नगर्दा पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर समस्या भएको छ। ‘बबरमहलस्थित सडकको फुटपाथ भत्काएर लथालिंग छाडिएको छ,’ बबरमहलमा भेटिएका तीनकुनेका विशाल कार्कीले भने, ‘भत्काएर खानेपानी र ढलका पाइप हालेपछि पिच गर्नुपथ्र्यो। खनेको ठाउँ पिच नहुँदा ओहोरदोहोर गर्न पनि असहज भएको छ।’ उनले उपत्यकामासडक खन्ने, पुर्ने र फेरि खन्ने कामले मात्र निरन्तरता पाएको बताए।

शान्तिनगरस्थित ओमकारेश्वर मन्दिरपछाडि भत्काएको सडक पिच गरिएको छैन। स्थानीयले विरोध गरेपछि माटो हालिए पनि पिच गर्नेतर्फ पहल नहुँदा स्थानी मारमा छन्। भक्तपुरको बालकोट, चारदोबाटो सडक पनि खन्दै, पुर्दै, खन्दै गरिएकाले अस्तव्यस्त छ।

आवश्यकता भएर नै सडक खन्नुपरेको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कैलाश श्रेष्ठ बताउँछन्। उनका अनुसार अहिले सडक डिभिजन कार्यालयले कपन साततलेमा ढल राख्न सडक खनेको छ। उनले भने, ‘समन्वय नभएको होइन। आवश्यकताले सडक खन्नुपरेकोे हो। ढलको काम पनि गरिँदै आएको छ। सडक खन्नुपर्ने हाम्रो बाध्यता हो।’

उनका अनुसार सडक खन्नमात्रै होइन बनाउने काम पनि हुँदै आएको छ। नयाँ वानेश्वरस्थित सहकारी विभागअघिको सडक, बनस्थली सडक निर्माण सम्पन्न भएको छ। सितापाइला–रामकोट, कपनको साततले, आनीगुम्बा र गौशाला–चाबहिल–चुच्चेपाटी सडक बन्दै गरेको उनले बताए। ‘ढलको समस्या देखिएपछि फेरि सडक खनेर बनाउनुपर्ने हुन्छ,’ उनले भने। उनका अनुसार खानेपानीका पाइप बिग्रिएपछि पनि नयाँ फेर्न सडक खन्नुपर्छ।

काठमाडौं महानगरपालिकाअन्तर्गतको सहरी पूर्वाधार विकास विभागका प्रमुख उत्तर रेग्मीले एकीकृत योजना नहुँदा सडक भत्काउने र बनाउने काम पटकपटक गर्नपरेको बताउँछन्। उनले भने, ‘समन्वय हुन्छ तर एकीकृत योजना नहुँदा बारम्बार सडक खन्नुपरेको छ। एकीकृत योजना बनाएर यस्तो समस्याबाट मुक्ति मिल्छ। राज्यको खर्च पनि कम हुन्छ।’ उनका अनुसार सडक विभाग, केयुकेयललगायत निकायले एकीकृत योजना बनाए सडक बारम्बार खन्ने र पुर्ने कामको पुनरावृत्ति हुँदैन। सडक बनाएपछि दुई वर्षसम्म कुनै निकायले पनि खन्न÷भत्काउन नमिल्ने नीति बनाउनुपर्ने उनले बताए।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेस खत्रीले भने वर्षाका कारणले अहिले कुनै पनि ठाउँमा सडक नखनेको दाबी गरे। ‘पानी परेकाले अहिले कुनै सडक खनेका छैनौं,’ उनले भने, ‘हामीले खन्दा सडक विभागसँग स्वीकृति लिन्छौं। एकीकृत योजना नभएकाले एक निकायले सडक खन्ने, अर्काले पुर्ने र फेरि खन्ने काम भएको छ।’ उनका अनुसार पहिले खानेपानी पाइप राख्न पुतलीसडक, पानीपोखरी, नयाँबानेश्वरलगायत क्षेत्रमा सडक खनियो र फेरि ढलको पाइप राख्न पनि कतिपय स्थानमा खन्नुप-यो।

चाबहिल–साँखु, त्रिपुरेश्वर–कलंकी–नागढुंगा, सितापाइला–रामकोट, टोखा, जोरपाटी–सुन्दरीजल, कपन–साततले– आनीगुम्बा सडक निर्माण सम्पन्न गर्ने म्याद सकिए पनि काम पूरा भएको छैन। कपन–आकाशेधारा–राममन्दिर, कपन–आकाशेधारा–बालुवाखानी बसपार्क सडक निर्माणको ठेक्का म्याद सकिँदा पनि काम भएको छैन।

कसले कस्तो सडक बनाउने

सडक विभागले ८ मिटर चौडा सडक निर्माण गर्छ। विभागका प्रवक्ता शिवहरि सापकोटाका अनुसार ८ मिटर चौडाभन्दा सानो सडक उपत्यकामा महानगरपालिका र नगरपालिकाले बनाउनुपर्ने हुन्छ। ‘हाम्रो क्षेत्रमा बनाउनुपर्ने सडक निर्माण गरिरहेका छौं,’ उनले भने, ‘महानगरपालिका र नगरपालिकाले ८ मिटर चौडाभन्दा कमका सडक बनाउनुपर्छ।’ काठमाडौं महानगरपालिकाअन्तर्गत सहरी पूर्वाधार विकास विभागका अनुसार महानगरभित्र ८ मिटर चौडाभन्दा कमका सडक तीन सय २५ किमि छ।

चाबहिल स्वरस्वती नगरमा ढलको पाइप राख्न खनिएको सडक।

२. काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले बबरमहलमा खानेपानी पानीको पाइप राख्न खनेपछि पिच नगरी छाडेको सडक। तस्बिर ः श्याम÷नागरिक
अर्को समाचार
खन्दै, पुर्दै फेरि खन्दै!
२४ असार २०७१
•
६ मिनेट पाठ
खन्दै, पुर्दै फेरि खन्दै!
गएको करिब ३ वर्ष एकपछि अर्को गर्दै भएको काठमाडौंका सडक विस्तार कार्यले पुरै राजधानीवासी र स्वदेशी र विदेशी पाहुनालाई खोकी र छातीको रोगले आक्रान्त पार्योस। कहिले एउटा स्थानका वासिन्दाले विरोध स्वरूप सडकै बन्द गर्नुपर्यो भने कहिले अर्का स्थानका वासिन्दाले।तर लामो समय लिएर तयार हुने सडकको निर्माण समाप्त नभईकन स्थान विशेषका जनतालाई कुनै सुविधा भएन। घाम लाग्दा धुलोले खोकी र ब्रोंकाइटिस अनि पानी पर्दा हिलोमैलो र त्यसैमा चिप्लेर धेरै व्यक्तिको हड्डी खुस्कियो। न त घाम लाग्दा पानी छर्केर सुविधा दिने प्रयास गरियो न पानी पर्दा हिलोमा टेक्न ढुंगा हालिदिने कामै भयो। अहिले बल्लतल्ल काठमाडौंका केही सडकमा बिस्तारै पिच गर्ने काम सकिन लागेको थियो अचानक बाटो खन्ने कामको सुरु भइहाल्यो। समन्वयको अभाव हो कि पैसा खर्च गर्न गाह्रो नपर्ने उपत्यकाका सडक खनेर कुनै समूह काम गरेको बहानामा पैसा कमाउन उद्यत बनेको हो? यथार्थ पत्ता लगाएर दोषीलाई कारबाही नगरी काठमाडौंका सडकमा दुई, तीन पटकसम्म पैसा खर्च गर्ने र कतै भने गरिब जनताले सिटामोलको ट्याब्लेटसम्म नपाउने अवस्थाको अन्त्य हुँदैन।

बनिसकेका सडक फेरी खन्नु परेको कारण मेलम्ची आयोजनाको पानी वितरणको तयारीका लागि भनिएको छ। अहिले भएका पाइपले सो आयोजनाबाट आउने पानीको दबाब सहन नसक्ने हुनाले नयाँ पाइप गाड्नु पर्ने प्राविधिकहरूले बताएका छन्। काठमाडौं उपत्यका सहरी विकास आयोजना प्रमुखका अनुसार यो कार्यमा समन्वय हुन नसक्दा अहिले सडक निर्माणमा खर्च भएको ८ अर्ब रुपैयाँको एक चौथाइ अर्थात् २ अर्ब रुपियाँ सडक फेरि बनाउन खर्च पनि हुनेछ । राष्ट्रको २ अर्ब रुपैयाँ खेर फाल्ने यस अव्यवस्थाका लागि जिम्मेवार को हुने हो? काठमाडौंको विकास समन्वय गर्नका लागि स्थानिय विकास, सहरी विकास, भौतिक संरचना तथा यातायात विकास तथा प्रधानमन्त्रीको कार्यालयबीच कस्तो समन्वय हुनुपर्ने हो? किन समन्वय हुन सकेन? उपत्यका सडक विकास आयोजनाका प्रमुख सडक बनाइसकेपछि खन्ने स्वीकृति मागिएकोमा गुनासो गर्छन्। काठमाडौं उपत्यका खानेपानी लिमिटेड भने भन्दाभन्दै सडकले हतारमा पीच गरेको आरोप लगाउँछन्। यी दुवैको समन्वय गर्ने सचिवस्तरीय समन्वय समिति चाहिँ यस विषयमा केही बोल्दैन। अहिले यस विषयमा कसैलाई कुनै कारबाही नहुने हो भने भविष्यमा पनि खर्च गर्न सकिने ठाउँमा भत्काउँदै बनाउँदै गर्ने र पैसा सक्ने प्रवृत्ति दोहोरिइहनेछ।

मेलम्चीको पानी वितरणको तयारीका लागि भनेर भर्खरै बनाइएको सडक खन्ने कार्य तर्कसंगत देखिँदैन। करिब १७ करोड लिटर मेलम्ची खोलाको पानी काठमाडौंसम्म ल्याउन २७.५ किलो मिटर सुरुंग मार्ग बनाउनु पर्नेमा २०५५ सालमा सुरु भएको आयोजनाले अहिले २०७१ सालसम्म अर्थात १६ वर्षमा जम्मा ७.५ किलोमिटरमात्र सुरुंग बनाइएको छ। सुरुंगको ठेक्का नयाँ कंपनीलाई दिएपछि उसले आफैँले दिएको प्रगति विवरणमा पनि दिनको सरदर १६.२ मिटर सुरुंग निर्माण भएको उल्लेख छ। विगतमा भएका सम्पूर्ण ढिलाइ बिर्सेर अहिलेकै गतिलाई कायम रहे पनि बाँकी करिब २० किलोमिटर सुरुंग बन्न साढे तीन वर्ष लाग्छ। अर्थात् आजैदेखि एकैदिन पनि काम नरोकिई यही गतिमा काम भए पनि सुन्दरीजलस्थित तलाउसम्म पानी आउन साढे तीन वर्ष लाग्छ। त्यतिपछि आउने पानीका लागि वर्षायाममै भर्खरै बनेको सडक खन्नु गलत नियतबाट प्रेरित भएको सन्देह हुन्छ। हतारमा गरिने निर्माणमा गुणस्तर कायम नगरिने जोखिम पनि बढी हुन्छ। यसमा बढी दोषी भने सडक बनाउने र पानी ल्याउने अड्डाका बीचमा समन्वय गर्नुपर्नेे निकाय हो। त्यसैले त्यस निकायमाथि तुरुन्त कारबाही हुनुपर्ने देखिन्छ। पानीको पाइप बिछ्याउन सडक खन्ने कार्य केही समय ढिलोगर्दा जनतालाई असुविधा कम हुने थियो भने योजना निर्माणमा पनि खासै फरक पर्ने थिएन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस