सकियो सम्झौता, सकिएन काम
३१ भदौ २०७६
•
५ मिनेट पाठ
सकियो सम्झौता, सकिएन काम
कैलाली - मोहना–अत्तरिया ६ लेन सडकखण्ड निर्माणको अवधि सकिएको तीन महिना बितिसक्दा पनि निर्माण पूरा हुन सकेको छैन। समयमै निर्माणकार्य पूरा नभएपछि म्याद थप्ने कि नथप्ने भन्ने अन्योलमै छ आयोजना। सडक निर्माणको ठेक्का पाएका व्यवसायीले डेढ वर्षको समय थप गर्न माग गरे पनि थपेको समयमा आयोजना सम्पन्न हुने आधार नभएको भन्दै समय थप्न सडक विभागले नमान्दा समयावधि थप्ने अन्योल बढेको हो।

बहुप्रतीक्षित आयोजनाका रूपमा रहेको मोहना–अत्तरिया ६ लेन सडकखण्ड तीन प्याकेजमा निर्माण थालिएको थियो। मोहना पुलदेखि बोराडाँडीसम्मको ४ दशमलव ५ किलोमिटर सडक शर्मा–अमर–नागार्जुन जेभी र बोराडाँडीदेखि गेटाको आरपी प्लोर मिलसम्मको ४ दशमलव ५ किलोमिटर सडक तथा फ्लोर मिलदेखि अत्तरिया बजारसम्मको ५ दशमलव १९ किलोमिटर सडक दुवै लामा–राजेन्द्र–डाँफे जेभीले निर्माणकोे ठेक्का पाएका थिए।

२०७४ जेठदेखि सुरु भई दुई वर्षभित्र काम सक्नेगरी सम्झौता भए पनि अहिलेसम्म आधा काम नै नभएको आयोजनाले जनाएको छ। १ अर्ब ६८ करोड रुपैयाँको लागतमा सुरु आयोजनाको समय गत जेठमै समाप्त भइसकेको छ। समय समाप्त भएपछि ठेक्का पाएका निर्माण व्यवसायीले डेढ वर्षको समय थप्न माग गर्दै निवेदन दिएका छन्। सम्झौताअनुसार शर्मा–अमर–नागार्जुन जेभीले पहिलो खण्ड गत जेठ २४ गतेसम्म निर्माण गरिसक्नुपर्ने थियो भने लामा–राजेन्द्र–डाँफे जेभीले ठेक्का पाएको दोस्रो र तेस्रो खण्डको म्याद गत जेठ १४ गते नै सकिएको हो।

१ अर्ब ६८ करोड रुपैयाँको लागतमा सुरु आयोजनाको समय गत जेठमै समाप्त भइसकेको छ। समय समाप्त भएपछि ठेक्का पाएका निर्माण व्यवसायीले डेढ वर्षको समय थप्न माग गर्दै निवेदन दिएका छन्।

सडक निर्माणको जिम्मा पाएका ठेकेदारले अहिलेसम्मको काम गराइ सन्तोषजनक नरहेको र थपिएको समयमा काम पूरा हुने आधार नभएकाले म्याद थप गर्न नसकिएको आयोजना प्रमुख होमबहादुर एसी बताउँछन्। ‘म्याद थप्ने अवधिमा सडकको काम सम्पन्न गर्ने आधार अहिलेसम्म पनि ठेकेदार पक्षले दिन सकेका छैनन्,’ उनले भने, ‘निर्माण पक्षले डेढ वर्ष अझै सडकको समयावधि थप्न लिखितै निवेदन दिएका छन् तर सो समयमा कसरी काम सक्ने भन्ने कुनै आधार खुलाइएको छैन, जसले हामीलाई पनि दुविधामा पारेको छ।’ उनका अनुसार निर्माण पक्षले डेढ वर्ष म्याद थप गर्न निवेदन दिएको भए पनि नियमावलीमा भने एक वर्षभन्दा बढी म्याद थप्न नमिल्ने प्रावधान रहेको छ। ‘नियमावलीअनुसार आयोजना निर्माण गर्न पहिलोपटक तोकेको समयावधिकोे ५० प्रतिशतसम्म मात्रै दोस्रो पटक म्याद थप्न मिल्ने हुन्छ,’ उनले थपे, ‘त्यसअनुसार ६ लेन सडक आयोजनाको म्याद एक वर्ष मात्रै थप्न मिल्छ।’

म्याद थपका लागि आयोजनाले सडक विभागमा फाइल पठाएको भए पनि म्याद थप गर्दा सडक निर्माण भइसक्ने आधार माग गरिएकाले आयोजनाको म्याद थप गर्ने प्रक्रिया अन्योलमै रहेको उनले बताए। उनका अनुसार ठेकदार पक्षले माग गरेको समयमा पनि सडकको बाँकी काम सम्पन्न गर्ने आधार दिन नसक्दा सडक विभागले म्याद थप गर्ने वा नगर्ने भन्ने टुंगो लगाउन सकेको छैन। निर्माण पक्षले काममा जागरुकता नदेखाउँदा काममा ढिलाइ भएको उनको आरोप छ।

शर्मा–अमर–नागार्जुन जेभीका प्रमुख ईश्वरी भट्टले आफूहरूले समयमै म्याद थप गर्न आवश्यक कागजात सबै बुझाएको भए पनि आयोजनाले आलटाल गरिएको आरोप लगाए। यदि अब पनि समयमै म्याद नथपिए आफूहरूले काम ठप्प पार्ने उनले चेतावनीसमेत दिए। आफूहरूले डेढ वर्षको समय माग गरे पनि आयोजनाको नियमानुसार जति समय दियो, त्यति समयमै काम सक्ने उनी बताउँछन्।
अर्को समाचार
मुग्लिन–पोखरा सडक विस्तार: म्याद सकियो, काम सकिएन
०९ वैशाख २०८१
•
२ मिनेट पाठ
मुग्लिन–पोखरा सडक विस्तार: म्याद सकियो, काम सकिएन
फाइल।
मुग्लिन-पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको सम्झौता म्याद सकिएको छ। २०८१ साल वैशाख २ गते सम्झौता म्याद सकिएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको छ।

कोभिडका समयमा निर्माणकार्य स्थगित गर्नुपरेकाले नेपाल सरकारबाट छ महिना म्याद थप गर्न लागिएको आयोजना पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डे बताउँछन्।

विसं २०७८ वैशाख महिनादेखि निर्माण सुरु गरिएको थियो। कोरोनाका कारण काम गर्न नपाएका योजनाका म्याद थप गर्ने मन्त्रिपरिषद्को निर्णय अनुरुप म्याद थप्न लागेको उनले बताए। उक्त खण्डमा हालसम्म १८ किमी चार लेन र नौ किमि दुई लेन सडक कालोपत्र भएको छ। उनका अनुसार हालसम्म पूर्वी खण्डमा ५६ प्रतिशत कार्य प्रगति भएको छ।

पूर्वी खण्डको अन्तिम विन्दु तनहुँको म्याग्दे जामुनेदेखि दमौलीतर्फ कालोपत्र अघि बढाइएको छ। अहिले कालोपत्र कार्यलाई प्राथामिकता दिँदै आवश्यक स्थानमा पहाड काट्ने काम भइरहेको आयोजनाले जनाएको छ।

आयोजना पूरै सम्पन्न गर्न एक वर्ष अवधि थप गर्नुपर्ने आयोजना पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिए। उनका अनुसार नेपाल सरकार, लगानीकर्ता र कन्ट्र्याक्टबीच त्रिपक्षीय छलफल भइरहेको छ।

पूर्वी खण्डमा ४१ दशमलव ७ किलोमिटर दूरी रहेको छ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको थियो। उक्त खण्डका लागि छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो।

त्यसैगरी पश्चिम खण्डमा दुई लेनको सात दशमलव पाँच किमि सडक कालोपत्र भइसकेको छ। वर्षाअघि कल्भर्ट र नाला निर्माण कार्यलाई तीव्रता दिइएको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए। उनका अनुसार उक्त खण्डमा भौतिक प्रगति २० प्रतिशत पुगेको छ।

पश्चिम खण्ड अन्तर्गत जिल्लाको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दुरी रहेको छ। उक्त खण्डको ठेक्का चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले पाएको थियो।

यस खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको थियो। विसं २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस