दोस्रो अन्तर्राष्ट्रिय मगर सम्मेलन हुँदै
२० असोज २०७६
•
४ मिनेट पाठ
दोस्रो अन्तर्राष्ट्रिय मगर सम्मेलन हुँदै
काठमाडौं –  दोस्रो अन्तर्राष्ट्रिय मगर सम्मेलन आगामी साता काठमाडौंमा हुने भएको छ। सम्मेलन असोज २६ र २७ गते हुने नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगरले जानकारी दिएका छन्।




भृकुटीमण्डप स्थित पुलिस क्लवको सभाहलमा हुने सम्मेलनको औपचारिक उद्घाटन असोज २७ गते उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले गर्नेछन्। सम्मेलनमा भारत, भुटान, बर्मा, थाईल्याण्ड, अमेरिका, बेलायत, बेल्जियम, जापान, कोरिया, मलेसिया, हंगकंग, क्यानडा, कतार, साउदी अरब, युएई, बहराइन, ओमन, कुवैत, मकाउ, सिंगापुर, अस्ट्रेलिया, अस्ट्रिया, प्रोचुगल, स्पेन गरेर २७ का करिब पाँच सयजना प्रतिनिधि सहभागी हुने मगर संघले जनाएको छ।

सम्मेलनमा मगरहरु समुदायको भाषा, धर्म, संस्कार–संस्कृति, भेषभुषा, ऐतिहासिक थातथलो, इतिहास सवालमा छलफल हुने आयोजकले जनाएको छ। मगर समुदायको सामाजिक, आर्थिक, शैक्षिक अवस्था र आ–आफ्नो देशको कानूनअनुसार राजनीतिक अधिकारको बारेमा समेत छलफल हुने मगर संघले जनाएको छ।

नेपाल मगर संघको समन्वयमा हुने सम्मेलनले अन्तर्राष्ट्रिय महासंघको संरचना बनाउने र सोको नेतृत्व चयन गर्ने संघका महाचिव पुनले जानकारी दिए। उनका अनुसार सम्मेलनले काठमाडौं घोषणा पत्र जारी गर्नेछ।

सम्मेलनको तयारीका लागि मगर संघका अध्यक्ष नवीन रोकामगरको संयोजकत्वमा मूल आयोजक समिति, महासचिव ज्ञानेन्द्र पुनमगरको संयोजकत्वमा मूल व्यवस्थापन समिति, रक्षबहादुर रैकामगरको संयोजकत्वमा कार्यक्रम संयोजन समिति गठन गरिएको छ।

यसैगरी कार्यपत्र तयारी समिति, साँस्कृतिक झाँकी उपसमिति, स्वंयमसेवक व्यवस्थापन उपसमिति, मञ्च व्यवस्थापन तथा अतिथि सत्कार उप–समिति, प्रतिनिधि व्यवस्थापन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति, हल व्यव्स्थापन तथा बन्द सत्र व्यस्थापन उपसमिति, र्‍याली व्यवस्थापन उपसमिति लगायतका समितिहरु गठन गरिएको संघले जनाएको छ।

सम्मेलनमा हरेक देशबाट एक महिलासहित पाँचजना, मगर संघ केन्द्रीय समिति संरक्षक सल्लाहकार पदाधिकारीहरु, प्रदेश समितिबाट पाँच/पाँचजना, जिल्ला भातृ संस्थाबाट दुई/दुई जना, पार्टी सम्बद्ध मगर मोर्चाका संगठनहरुबाट तीन÷तीन जना गरेर पाँचसय जनाको सहभागीता हुने आयोजकले जनाएको छ।

सम्मेलनमा प्रा.डा. केशरजंग बरालमगर, बमकुमारी बुढामगर, डा. गोबिन्द थापामगर, सुरेश आलेमगर, डा. श्यामु थापामगर, डा. मिन श्रीसमगर, झकेन्द्र घर्तीमगर, भोजबिक्रम बुढामगर, लालबहादुर पुनमगर लगायतले विभिन्न कार्यपत्र प्रस्तुत गर्नेछन्। प्रथम अन्तर्राष्ट्रिय मगर सम्मेलन दुईवर्ष अघि भएको थियो।
अर्को समाचार
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
४५ मिनेट अघि
•
१ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
काठमाडौं। देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। ती घटनाबाट रु २५ लाख ५१ हजार ८०० बराबरको आर्थिक क्षति भएको छ।




राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर ११ देखि १२ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्नु तथा जनावरको आक्रमणका घटना भएका हुन्।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार उक्त अवधिमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा, दोलखा, कास्की र रुपन्देहीलगायत जिल्लामा आगलागीका घटना भएका छन्। त्यस्तै दोलखा र मोरङमा सर्पदंश, मुस्ताङमा लेक लाग्नु तथा उदयपुर र रौतहटमा जनावरको आक्रमणका घटना भएका छन्।

विभिन्न विपद्का घटनामा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ।

विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता केसीले जानकारी दिए। घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्यसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्राधिकरणले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ।
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २० मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
यो पनि पढौँ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस