सुरेश यादव, सर्लाही, कात्तिक १३- विषाक्त रक्सी सेवन गरेका चार जनाको मृत्यु भएको छ। बबरगन्ज, विरता बजारमा रक्सी खाएका तिनीहरुको शनिबार दिउसो मृत्यु भएको हो। उनीहरुसँगै रक्सी खाएका किसनपुर –८ रतनपुरका रुपलाल राय गम्भीर भएकाले नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज लगिएको छ।
मृत्यु हुनेमा सर्लाही किसनपुर –८ रतनपुरका ३५ वर्षीय जयकुमार राय, सोही ठाउँका सियाराम मण्डलकी श्रीमती ३२ वर्षीया गोलीयादेवी मण्डल, किसनपुर –१ का झगरु रामकी श्रीमती ४५ वर्षीया मलभोगीयादेवी राम र बबरगन्ज –८ का ३६ वर्षीय मन्डुक सहनी छन्।
उनीहरुले खाएको रक्सी विषाक्त हुन सक्ने अनुमान गरिएको छ। तर, अहिलेसम्म मृतकलाई पोष्टमार्टमका लागि अस्पताल लगिएको छैन। प्रहरीले आफनो गल्ती छिपाउन यसका लागि विलम्ब गरिरहेको स्थानीयले आरोप लगाएका छन्। उनीहरु सबैले बबरगन्ज विरता बजारमा पसल थापेका इशाख शेषको रक्सी पसलमा रक्सी खाएका थिए। शेषलाई सोधपुछका लागि ईश्वरपुर प्रहरीले नियन्त्रणमा लिएको छ।
गाउँमा अवैधरुपले उत्पादन हुने रक्सी बेरोकटोक बजार पाउन थालेपछि यस्ता घटना यस क्षेत्रमा बारम्बार भइरहेको स्थानीयको भनाई छ। अहिले पनि त्यस क्षेत्रका नारायणपुर, हरिपुर्वा, ब्रह्मपुरी र बयलवासलगायतका गाउँमा खुलेयाम अवैध रक्सी उत्पादन भइरहेको छ। दैनिक हजारौं लिटर उत्पादन हुने यस्ता रक्सी सर्लाही र रौतहटको विभिन्न गाउँका बजारमा पाइने गरेको स्थानीय उमेश राउतले बताए।