किशोरीलाई बन्धक बनाएर पटकपटक बलात्कार
०८ कार्तिक २०७६
•
८ मिनेट पाठ
किशोरीलाई बन्धक बनाएर पटकपटक बलात्कार
काठमाडौं – ललितपुरको दुर्गम गाउँकी १५ वर्षीया सीता (नाम परिवर्तन) असोजको तेस्रो साता छिमेकी काकासँग घुम्न भन्दै मोटरसाइकलमा बसेर लगनखेल आइन्। बिहान सँगै आएर बेलुका पनि सँगै फर्किने भनेकी उनी बेलुकी घर फर्कने क्रममा भने भेटिइनन्। त्यसपछि छिमेकीले कोहीसँग गाउँ फर्किएको अनुमान लगाए। गाउँतिरका मान्छेहरु सहर आउजाउ गरिरहने भएकाले उनले त्यति सोधिखोजी गरेनन्। तर ती किशोरी घर फर्केकी थिइनन्, बरु धेरै दिनसम्म बेपत्ता भइन्।




आमा गुमाएकी उनी बुबाले अर्को विहे गरेपछि छिमेकीको सहयोगमा गाउँमा बस्दै आएकी थिइन्। छिमेकीकै सहायतामा उनी कक्षा सातमा पढ्दै थिइन। छिमेकीले त्यति वास्ता नगर्दा उनलाई गाउँबाट कतिखेर भागौं भइरहेको थियो। त्यही सोचमा उनी छिमेकीको पछि लागेर लगनखेल आएकी थिइन्। अनि उनी त्यहीं बरालिन थालिन्। यताउता गर्दागर्दै गोदावरी–लगनखेल रुटका माइक्रोबसका चालक र सहचालकले उनीमाथि आँखा लगाउन थाले। कलिलै उमेरकी सीतालाई को मान्छे कस्तो हुन्छ भनेर थाहा थिएन। उनी लगनखेल आएको एकदुई दिनमै ती चालक र सहचालकसँग नजिकिइन्। सबै सोधीखोजी गरेपछि चालकले जागिर लगाइदिने आशा देखाए। उनीहरुले एउटा क्याफेमा वेटरको रुपमा काम लगाइदिने लोभ देखाए। सीताले पनि पत्याइन् र कात्तिक १ गतेबाट काम सुरु गर्ने निधो गरिन्।

कात्तिक १ गते उनी खुसी हुँदै वेलकम क्याफेमा पसिन्। रिसेप्सनमा क्याफेका सञ्चालक विकास तिमिलसिना थिए। उनले सुरुमै नाम सोधे। त्यसपछि घरायसी र अन्य विवरण सोधे। सीता आफूलाई काम लगाइदिने चालक र सहचालकले सबै कुराकानी गरेका होलान् भन्ठानेर त्यति बोलिनन्। त्यसपछि तिमिलसिनाले क्याफेमा केके काम गर्ने भनेर सीतालाई बुझाए। ग्राहकलाई चिया पु-याइदिने, कप धुने काम गर्नुपर्ने उनले बताए। उनलाई त्यहाँ बस्न छुट्टै कोठा दिने पनि बताइयो। यति कुरा गरिसक्दा साँझ ५ बजेको थियो।

होटलमा किशोरीमाथि बलात्कार हुँदै आएको छिमेकका केही व्यक्तिले कात्तिक ५ गते थाहा पाए र महानगरीय प्रहरी वृत्त सातदोबाटोलाई जानकारी गराए। वृत्तको टोलीले क्याफेको एक कोठामा किशोरीलाई घाइते अवस्थामा भेट्टायो।

रात परेपछि भने तिमिल्सिनाको व्यवहार फेरियो। उनले भन्न थाले, ‘हेर, पैसा कमाउने भए हामीले भनेको काम मान्नुपर्छ।’ सीताले सोधिन्, के काम ?’ ‘कोठाभित्र भित्रै बसेर गर्ने काम हो, केही समस्या हुँदैन’, तिमिलसिनाको कुरा सीताले बुझिनन्। त्यसपछि तिमिलसिना ‘म सिकाइदिऊँ’ भन्दै उनको नजिक पुगे, हात ताने, मुख उनको चिउँडोमा पु¥याए। सीताको शरीर थरथर काप्न थाल्यो। बाबुसरहको मान्छेले त्यस्तो व्यवहार देखाउन थालेपछि उनी कराउन थालिन्। तर कोठाको ढोका बन्द थियो। रात परिसकेको थियो। जति कराए पनि सुन्ने कोही थिएन। उनी त्यो रात ६४ वर्षका तिमिलसिनाको यौन प्यास मेटाउने साधन बनिन्। अर्को दिन उनी त्यहाँबाट फुत्किन खोजिन् तर तिमिलसिनाले दिएनन्। बरु पैसाको प्रलोभन देखाएर फकाउन थाले। त्यसपछि उनी अर्का कामदार विशाल तिमिलसिना र चालक सुमन नेपालीबाट पनि बलात्कारको सिकार भइन्। सञ्चालक तिमिलसिनाले बिस्तारै बाहिरी ग्राहकसँग पनि सम्पर्क गराउन थाले, दबाब पनि दिए। मार्नेसम्मको धम्की दिएपछि ती किशोरी जेजे भन्छन्, त्यही त्यही मान्न तयार भइन्।

कात्तिक ३ गते क्याफेबाट अर्को होटलका साहूले समेत लगेर बलात्कार गरे। होटलमा किशोरीमाथि बलात्कार हुँदै आएको छिमेकका केही व्यक्तिले कात्तिक ५ गते थाहा पाए र महानगरीय प्रहरी वृत्त सातदोबाटोलाई जानकारी गराए। वृत्तको टोलीले क्याफेको एक कोठामा किशोरीलाई भेट्टायो। उनको अवस्था देखेपछि प्रहरी नै स्तब्ध भयो। ‘होटलको कोठामा बन्धक बनाएर बलात्कार गरिँदै आएको रहेछ,’ वृत्तका डिएसपी गौतम मिश्रले भने, ‘प्रहरी त्यहाँ पुग्दा युवती घाइते थिइन्। हामीले उनलाई पाटन अस्पतालमा पठायौं।’ उनका अनुसार अहिले किशोरीको पाटन अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न तीनजनामाथि मानव बेचबिखन तथा जबर्जस्ती करणी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

यसअघि पनि ललितपुरमा लगातारजसो बलात्कारका घटना भएको पाइएको छ। गत असोज ७ गते ललितपुरको ठैबमा युवतीलाई बलात्कारपछि पोखरीमा फालियो। काभ्रेपलान्चोक खानीखोलाका रुपेश देहली र अर्का एक व्यक्ति मिलेर युवतीलाई ढिलो भयो भन्दै फकाएर आफ्नो डेरामा लगेका थिए। डेरामा लगेर पालैपालो बलात्कार गरे। बलात्कारपछि युवतीको हत्या गरी शव पोखरीमा डुबाइदिए। उनीहरु पुर्पक्षका लागि प्रहरी थुनामा छन्।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार असोज १८ गते ललितपुरको सानागाउँमा अनिल नेमकल भन्ने व्यक्तिले एक किशारीलाई प्रलोभनमा पारे। आफ्नै घरमा डेरा गरी बस्ने अन्दाजी १४ वर्षीया ती किशोरीलाई पैसा दिने र केही किनिदिने भनेर प्रलोभनमा पारेका थिए। भोलिपल्ट किशोरीले आफूमाथि जबर्जस्ती सम्बन्ध राखेको भनेर परिवारलाई बताएपछि प्रहरीले अनुसन्धान ग-यो। अहिले आरोपित नेमकलसहित तीनजनामाथि मानव बेचबिखन तथा जबर्जस्ती करणी कसुरमा अनुसन्धान जारी छ।

असोज २८ गते ललितपुरमा फेरि अर्को बलात्कारको घटना भयो। कालिकोटका दत्तबहादुर शाहीले सातदोबाटोमा बस्ने किशोरीलाई बलात्कार गरे। किशोरीसँग सामान्य चिनजान भएपछि उनले चिया खाने भन्दै आँखा होटलको कोठामा लगेका थिएँ। त्यसपछि ढोकामा चुकुल लगाएर जबर्जस्ती सम्बन्ध राखेका थिए। घटनापछि युवतीले आफन्तलाई खबर गरेकी थिइन्। प्रहरीले शाहीलाई पनि मानव बेचबिखन तथा जबर्जस्ती करणी कसुर अनुसन्धान गरिहेको जनाएको छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
५९ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस