महसुल उठाउन लाइन काट्दै प्राधिकरण
२९ कार्तिक २०७६
•
४ मिनेट पाठ
महसुल उठाउन लाइन काट्दै प्राधिकरण
खोटाङ- नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले लामो समस्यसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्न थालेको छ। बाँकी रहेको महसुल तिर्न सूचना प्रवाह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको तिहारपछि तीव्रगतिमा लाइन काट्न सुरु गरेको हो।

गत वर्षको मङ्सिरदेखि नै बक्यौता नतिर्ने ग्राहकको लाइन काट्ने काम सुरु गरिए पनि तिहारपछि दिक्तेल बजारमा मात्रै ४० ग्राहकको लाइन काटिएको केन्द्र प्रमुख रामदिनेशराय यादवले बताए। 'बक्यौता नतिर्नेमा दिक्तेल बजार र हलेसी भेगका ग्राहक बढी छन्', उनले भने, 'पटकपटक आग्रह गर्दा पनि अटेरी गरेकाले अभियान नै चलाएर लाइन काट्न सुरु गरेका हौँ।'

गत वर्षको कात्तिकसम्म एक करोड चार लाख ४७६ रुपैयाँ बक्यौता उठाउन बाँकी देखिएलगत्तै प्राधिकरणले मङ्सिरदेखि  बक्यौता उठाउन ताकेता गर्दै आएको थियो। अभियानअन्तर्गत अहिलेसम्म ५२ लाख ६१ हजार ७९७ रुपैयाँ उठेको छ।

प्राधिकरणका अनुसार ५१ लाख ८५ हजार ८८१ रुपैयाँ उठाउन बाँकीे छ। जिल्लामा पहिलेजस्तो महसुल बुझाउन दिक्तेल धाउनुपर्ने अवस्था छैन। तैपनि ग्राहक महसुल तिर्न चासो देखाउँदैनन्। प्राधिकरणले दिक्तेल बाहेक हलेसी र खोटाङ बजारमा मोबाइल काउण्टर स्थापना गरेर मासिक महसुल बुझ्ने गरेको छ।

हलेसीमा प्रत्येक महिनाको २८, २९ र ३० गते तथा खोटाङ बजारमा महिनाको २३, २४ र २५ गते महसुल बुझाउने गरेका छन्।

ग्राहकलाई महसुल तिर्न सचेत गराउँदै प्राधिकरण अहिले बक्यौता नतिर्ने ग्राहकको लाइन काट्ने, बिग्रिएको मिटरबक्स निःशुल्क फेर्ने र काठेपोल हटाएर फलामे पोल राख्ने काममा लागेको छ। बक्यौता महसुल नतिर्नेमा सबैभन्दा बढी व्यक्ति र औद्योगिक क्षेत्रका ग्राहक रहेका प्राधिकरणले जनाएको छ।

महसुल नबुझाउने संवेदनशील संस्थालाई भने प्राधिकरणले पत्र काटेर बक्यौता बुझाउन अनुरोध गरेको छ। प्राधिकरणले हिउँद/वर्षा जुनसुकै समयमा पनि विद्युत अवरुद्ध हुन नदिन प्रसारण लाइनमा पर्ने रुख तथा झाडीसमेत हटाउने काम गरिरहेको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपामा रहेको सवस्टेशन मार्फत् खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा बिस्तार गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत यसअघि पटकपटक अवरुद्ध हुने गरेको थियो। उदयपुरको गाईघाटस्थित जलजलेबाट ल्याइएको विद्युत प्रसारण लाइनमा रहेको १९८ वटा ट्रान्सफर्मरको लोड मिलाउने काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ।

तीन वर्षअघिदेखि ३३ केभी क्षमताको विद्युत बिस्तार गरिएकामा पछिल्लो समय अवरुद्ध हुनेक्रम हट्दै गएको उपभोक्ताले बताएका छन्। विसं २०५७ जेठ २ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेको विद्युत हालसम्म खोटाङ जिल्लाको साविक ४४ गाविसमा बिस्तार भएको छ।
अर्को समाचार
धमाधम लाइन काट्दै प्राधिकरण
२७ माघ २०७१
•
६ मिनेट पाठ
धमाधम लाइन काट्दै प्राधिकरण
काठमाडौं-नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षमा बाँकी २३ करोड रुपैयाँ बक्यौता विद्युत महसुल उठाउन धमाधम लाइन काट्न थालेको छ। यसले आठवटा क्षेत्रीय कार्यालय परिचालन गरी महसुल उठाउन निर्देशन दिँदै तिर्न अटेर गर्ने ग्राहकको लाइन तत्काल काट्ने गरेको छ।पूर्वाञ्चलको विराटनगरदेखि धरान, इटहरीलगायत तराईका जिल्लामा बढी चुहावट भएको उजुरी परेको र महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काट्न थालिएको प्राधिकरण ग्राहक तथा वितरण सेवा निर्देशनालयका उप–कार्यकारी निर्देशक रामचन्द्र पाण्डेयले बताए। ‘महसुल तिर्न अग्रिम जानकारी गराउने गरेका छौं, तोकिएको समयमा पनि नतिर्नेको लाइन काट्नुको विकल्प छैन,' उनले भने।
ग्राहक सेवा निर्देशनालयका अनुसार चालु वर्ष माघ २२ गतेसम्म २३ करोड ५५ लाख २९ हजार रुपैयाँ महसुल उठाउन बाँकी छ। सोही अवधिमा प्राधिकरणले ८ करोड ३४ हजार रुपैयाँ बक्यौता उठाएको छ। क्षेत्रीय प्रमुख र वितरण केन्द्र प्रमुखलाई कडाइ साथ महसुल उठाउन निर्देशन दिएको भन्दै पाण्डेयले तोकिएको समयमा नतिर्ने ग्राहकलाई एक दिन पनि छुट नदिने बताए।
प्राधिकरणले साताव्यापी योजना बनाएर महसुल उठाउने र लाइने काट्ने गरेको छ। महसुल नतिर्ने र चोरी गर्ने व्यक्ति तथा ग्राहकलाई कारबाहीसमेत गर्ने गरिएको पाण्डेयले बताए। यो साता प्राधिकरणले विराटनगर क्षेत्रीय कार्यालयअन्तर्गत बिजुली चोर्ने दुईजनालाई कारबाही गरेको छ। यस्तै उक्त कार्यालयअन्तर्गत एक सय ८८ ग्राहकको लाइन काटी २६ लाख २३ हजार रुपैयाँ असुली गरेको छ।
काठमाडौंमा ६८, नेपालगन्जमा एक सय २९, पोखरामा ४३, हेटौंडामा एक सय ४७, अत्तरियामा २५ र जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत एक सय ८१ गरी एक हजार दुई ग्राहकको लाइन काटेको छ। हालसम्म सबैभन्दा बढी विराटनगर र जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गतका ग्राहकको लाइन काटिएको छ। त्यस क्षेत्रमा अधिकांश उद्योग रहेको तिनको बक्यौता बढी रहेकाले लाइन काट्दै महसुल उठाइएको विराटनगर क्षेत्रीय कार्यालयका एक कर्मचारीले बताए।
महसुल बक्यौता नतिर्ने समस्या एकातिर छ भने अर्कोतिर चुहावट तथा चोरी रोकिएको छैन। प्राधिकरणका अनुसार चालु वर्षसम्म सबैभन्दा बढी रौतहट, चितवन, सर्लाही, धनुषा, सुनसरी र उपत्यकाभित्र भक्तपुरमा सबैभन्दा बढी चुहावट छ। ती जिल्लामा ६० देखि ७५ प्रतिशतसम्म चुहावट रहेको छ। बक्यौता उठाउन र चुहावट घटाउने प्राधिकरण ग्राहक सेवा निर्देशनालयका कर्मचारीलाई कामको आधारमा प्रोत्साहन भत्तासमेत दिने निर्णय गरेको छ।
प्राधिकरणले यसरी प्रोत्साहन भत्ता दिँदा वार्षिक करिब ७० करोड रुपैयाँ खर्च हुन्छ। तर चुहावट घटाउन सकिएन भने त्यो प्रतिफलयुक्त नहुने प्राधिकरणकै अधिकारी बताउँछन्। अहिले चुहावट २५ प्रतिशतभन्दा बढी छ। तीन वर्षदेखि प्राधिकरणले योजनाबद्धरुपमा चुहावट घटाउने कार्यक्रम ल्याए पनि त्यसमा सुधार हुन सकेको छैन। चालु वर्षसम्म चुहावट करिब २० प्रतिशतमा झार्ने लक्ष्य राखिएको थियो। यसमा प्रगति नदेखिएकाले चुहावट घटाउने नाममा प्रोत्साहन भत्ता दिनुको अर्थ नरहेको निर्देशनालयका उच्च अधिकारीको तर्क छ।
चुहावट २० प्रतिशतमा झार्न सके बक्यौता असुली ठूलो समस्या नरहेको पनि इन्जिनियर बताउँछन्। ‘प्रोत्साहन भत्ताको नाममा केही काम हुन्छ, अधिकांश कागजमा काम देखाइन्छ र भत्ता पचाउने गरिन्छ,' कानुन विभागका एक अधिकारीले नागरिकसँग भने। प्रोत्साहन भत्ता दिँदैमा चुहावटमा सुधार नहुने पनि उनले दाबी गरे।
चालु वर्षसम्म प्राधिकरणको बक्यौता ८ अर्ब रुपैयाँ बढी छ। यसमध्ये करिब दुई अर्ब सडक बत्ती र नगरपालिकाको छ भने सरकारी कार्यालयकै करिब ५० करोड रुपैयाँभन्दा बढी छ। करिब तीन अर्ब रुपैयाँ सरकारले नै तिनुपर्ने रकम छ, त्यो तिरेमा अरु बक्यौता विस्तारै उठ्ने निर्देशनालयका अधिकारी बताउँछन्। महसुल नतिरेको दुई महिनासम्म प्राधिकरण ऐनअनुसार लाइन काट्न पाइँदैन, बाँकी रकम अधिकांश म्यादभित्रकै रहेको र यो उठ्ने अधिकारीको दाबी छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस