धादिङ – कुनै पनि मन्दिरमा पुजारी र भक्तजन जान्छन्, दर्शन–पूजा गर्छन् अनि मूर्ति छोएर पाउ पर्छन्। नेपालका अधिकतर मठ–मन्दिरमा पुगेर भक्तजनहरूले साक्षात रूपमा देवी/देवताको पूजाआजा र दर्शन गर्न पाउँछन्। तर धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानकोटस्थित त्रिपुरासुन्दरी भगवती माईको मूर्तिलाई भक्तहरूले न हेर्न पाउँछन् न छुन पाउँछन्। मन्दिरमा रहेकी भगवती माईलाई भक्तजनले त के पुजारीले समेत हेर्न पाउँदैनन्।
त्यहाँ दर्शन गर्न पुगेका श्रद्धालुहरूले परैबाट पूजा–अर्चना गर्नुपर्ने प्रचलन छ। त्यहाँ एउटा बाकसभित्र भगवती देवीको प्रतीक छ भनिन्छ। तर देवी कस्ती छन् अहिलेसम्म न कसैले देखेका छन्, न फोटो हेर्न पाउँछन्। तर पूजा गर्ने पुजारीले भने पूजाको दिन लुकाएर भगवतीलाई बोकेर भगवतीकै विभिन्न मन्दिरमा पु-याउँछन्। एक वर्षभित्र विभिन्न तीनवटा मन्दिरमा लगेर राख्ने र त्यहीं पूजाआजा गर्ने अनौठो र रोचक परम्परा छ। वर्षमा तीन पटक भगवतीको मूर्तिलाई बोकेर देवी सार्ने परम्परा छ। खाली खुट्टा भगवतीलाई पिठ्युँमा बोकेर करिब तीन घण्टाको ओह्रालो तथा अप्ठेरो बाटो हुँदै भगवतीलाई बेंसीको मन्दिरमा ल्याइने परम्परा छ।
पृथ्वीनारायण शाहले नुवाकोट एकीकरण गर्न आउँदा उनै भगवतीको पूजाआजा गरी नुवाकोट विजयको कामना गर्दै आशिष मागेको र त्यही बेलादेखि शाह वंशको कुलदेवताको रूपमा मान्दै आएको किंवदन्ती छ। सोही परम्पराअनुसार सल्यानकोटमा रहेको दुईवटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ, जुन पृथ्वीनारायण शाहको मामाघरका रूपमा प्रसिद्ध छ। मंसिरदेखि चैतसम्म भगवतीलाई आगिन्चोकस्थित बेंसीको मन्दिरमा राखिन्छ, जुन माइत ल्याइएको मानिन्छ।
यस समयमा देवीलाई तामझामका साथ माइत सार्ने गरिन्छ। त्यसपछि फागुन अन्तिमतिर वा चैते दसैंभन्दा केही अगाडि विशेष साइत हेरेर फेरि कोटकै मूल मन्दिरमा लगेर भित्र्याउने प्रचलन रहिआएको छ। देवीलाई कोटमा लैजाने क्रममा पनि सोही प्रक्रियाद्वारा लैजाने गरिएको छ। देवीलाई घर फिर्ता गराउने समयमा भने कम मात्रामा भक्तजनको उपस्थिति हुने गर्छ। बेंसीको मन्दिरमा भगवतीलाई सार्दै गर्दा खेतमा भर्खर टुसाउँदै गरेको गहुँबाली भक्तजनहरूले कुल्चेर टुसा भाँचियो भने बाली अझ राम्रो हुने विश्वास छ।
तिमिल्सिना, राना मगर र सापकोटा थरका पुरोहितबाहेक अन्यले छुन नपाउने अनौठो प्रचलनसमेत रहिआएको छ। वर्षमा तीन पटक मूर्तिलाई यसरी नै बोकेर मन्दिर सार्ने चलन रहेको मन्दिरका पूजारी गोपाल राना मगरले बताए। ‘देवीकोे मूर्तिलाई रानामगर, सापकोटा र तिमल्सिना थरका पुजारीबाहेक अरू कसैले हेर्न र छुन नपाउने प्रचलन छ,’ उनले भने, ‘यी तीन थरीबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मूल ढोकाबाटै भगवतीलाई पूजाआजा गर्नुपर्छ।’
हरेक वर्ष मंसिर महिनाको विशेष तिथिमा भगवतीको मेला लाग्ने गर्छ। भगवतीको मूर्ति रहेको विश्वास गरिएको बाकसलाई राना थरका पुजारीले पिँठ्युमा बोकेर बाजागाजासहित विभिन्न झजन गाउँदै, हातमा नित्य पूजाका लागि चाहिने सामग्री, खुँडा, खुकुरी, त्रिशुल बोकेर करिब तीन घन्टाको पैदल दूरी पार गर्दै सल्यान बेंसी (आगिन्चोक) को मन्दिरमा ल्याउने गरिन्छ। माई सवारीको नामले चिनिने सो समयमा बाटोको दायाँ–बायाँ हजारौं भक्तजनहरू भगवतीको दर्शन पाउनका लागि जयजयकार गर्दै बस्ने गरिन्छ।
विवाहित नेपाली नारीले धेरैजसो समय आफनो कर्मघरमा विताउनुपर्ने, दसैंतिहार जस्ता चाडबाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही बढी समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाइलाई तुलना गरिएको मन्दिरका पुजारीले बताए। बाकसभित्र रहेको भनिएको मूर्तिको आकार कस्तो वा त्यस बाकसभित्र के छ भनेर आम सर्वसाधारणले अहिलेसम्म देख्न पाएका छैनन्। बाकस खोलेर हेर्दा अनिष्ट हुन्छ भन्ने परम्परा रहिआएको छ।
त्रिपुरासुन्दरी भगवतीको उत्पत्तिको विभिन्न खालेको किंबदन्ती पनि भेटिन्छ। स्वस्थानी व्रत कथाका अनुसार यज्ञकुण्डमा हामफालेकी सतीदेवीको मृत शरीर बोकेर भगवान् शिवले पृथ्वीलोक भ्रमण गर्दा सतीदेवीको कण्ड्यौलो यही ठाउँमा पतन भएको उल्लेख छ। नेपाल एकीकणका बेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेको र राति सपनामा एक बालिकाले आशीर्वाद दिएको प्रसंग दिव्योपदेशमा उल्लेख छ।
भगवतीलाई बेंसीको मन्दिरमा लैजाने साइत दसैंको टीकाको दिन हेर्ने र तिहारको भाइटीकाको दिन त्यसलाई सार्वजनिक गर्ने चलन छ। भगवतीलाई बेंसीको मन्दिरमा लैजाने अघिल्लो दिन र रातभर गाउँको मन्दिरमा र बेंसीको मन्दिरमा ल्याएपछि दुई दिन भव्य मेला लागेको छ। भक्तजनले आफ्नो मनोकांक्षा सिद्ध गराउन जात्राको दिन फुलको डोली ल्याउने गरेका छन्। भगवतीको मन्दिर सदरमुकाम धादिङ बेंसीबाट ४० किमि उत्तरतर्फ पर्छ।