बलात्कार आरोपमा 'सिद्दबाबा' आइसीयूबाटै पक्राउ
१६ मंसिर २०७६
•
६ मिनेट पाठ
बलात्कार आरोपमा 'सिद्दबाबा' आइसीयूबाटै पक्राउ
विराट नर्सिङ होममा भर्ना भएका कृष्ण दास गिरी। तस्बिर : नागरिक
इटहरी – बलात्कारको आरोपमा सिद्दबाबा भनिने कृष्णराज गिरी बिराट नर्सिङ होम बिराटनगरको आइसीयूबाट पक्राउ परेका छन्। सुनसरी सताराका गिरीलाई सोमबार बिहान पाँच बजे अस्पतालबाटै पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकार दिए। जिल्ला प्रहरी कार्यलय सुनसरीले उनीविरुद्ध बुधबार मुद्दा दायर गरेपछि शुक्रबार पक्राउ गर्न अदालतबाट अनुमति पाएको थियो।




मुद्दा दायर भएपछि प्रहरीले उनको अनुसन्धान गर्न बिहीबारदेखि नै टोली खटाएको थियो। त्यो सुइँको पाएलगत्तै उनी शुक्रबार बिहान विराट नर्सिङ होम भर्ना भएका थिए। पक्राउ गर्ने योजनासहित आइतबार बिहान प्रहरी अस्पताल पुगेपछि उनलाई आइसियुमा भर्ना गरिएको थियो।

उनलाई छात्ती, मुटु, प्रोस्टेट तथा मिर्गाैलाको पत्थरीको समस्या रहेको अस्पतालले बताउँदै आएको थियो। तर आइतबार बिहान एकाएक मुटु र छातीमा समस्या देखिएको भन्दै आइसियुमा भर्ना गरिएको अस्पतालको भनाइ छ। बलात्कारजस्तो गम्भीर मुद्दामा त्यसमाथि हाइ प्रोफाइलका मान्छे पक्राउ गर्दा सबै कानुनी प्रक्रिया पूरा गरेपछि मात्र पक्राउ गर्ने प्रहरीले योजना बनाएको थियो।

प्रहरीले शनिबार उपनिर्वाचन परेको र त्यसमा पुरै प्रहरी केन्द्रित गर्न परेकाले गर्दा सम्भव नभएपछि आइतबार पक्राउ गरेर सोझै अदालत लाने तयारी गरेको थियो। त्यो सूचना पाएपछि गिरी आइसियुमा भर्ना भएको बताइन्छ।

गिरीले आफ्नै अनुयायी काठमाडौं घर भएकी एक महिलालाई कात्तिक ४ गते आश्रममा भेट्न बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ। गिरीविरुद्ध सुरुमा काठमाडौं प्रहरी परिसरमा उजुरी परेको थियो। त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले घटनाबारे अनुसन्धान गरेर ‘मुद्दा’ जिल्ला प्रहरी कार्यालय सुनसरीलाई जिम्मा दिएको हो।

मुद्दा दर्ता हुनासाथ गिरीलाई योजना बनाएर फसाउने खोजिएको अनुयायीहरूको जिकिर गरेका छन्। तर गिरी र आरोप लगाउने महिलाबीच भएको फोन वार्ताको रेकर्ड भनिएको अडियो सार्वजनिक भएपछि घटनाले नयाँ मोड पनि लिएको छ। गिरीले सो अडियोमा आइन्दा कुनै महिलालाई यौनहिंसा नगर्ने पनि प्रतिबद्धता जनाएको सुन्न सकिन्छ। उक्त अडियो षडयन्त्रकै एक रूप भएको र त्यसमा रहेको पुरुष आवाज गिरीको नभएको अनुयायीहरूको दाबी छ।

को हुन् सिद्धबाबा

कृष्ण दास गिरीको पुख्यौली घर सोलुखुम्बुको जुबु हो। उनको जन्म २०३१ फागुन १९ गते भएको हो। उनका बाबुको नाम छविलाल गिरी हो। छविलालका दुई पत्नी छन्। कृष्ण कान्छीपट्टिका छोरा हुन्। उनका सहोदर एकजना भाइ छन् भने जेठीपट्टिका अर्का एक भाइ पनि छन्। उनका दुईजना दिदीबहिनी छन्।

उनी केही समयअघि वैष्णव कृष्णदास महाराज भनेर चिनिदै आए पनि पछिल्लो समय सिद्धबाबा जगतगुरु कृष्णदासजी महाराजको रूपमा चिनिन्थे। उनी आफ्नो पुख्र्यौली थलो सोलुखुम्बुमै कक्षा सातमा फेल भएपछि विरक्तिएर भारततिर लागेका थिए। भारतबाट फर्केर २०६३ सालदेखि चतरामा बस्न थालेका हुन्।

चतरामा बस्न सुरुमा उनलाई जगद्गुरु बालसन्तले सहयोग गरेका थिए। बालसन्तकै संरक्षणले गर्दा गिरीले सो क्षेत्रमा आफ्नो पहुँच बढाएका थिए। समयअन्तरमा उनले बालसन्तको ख्यातिलाई समेत पछि पार्नेगरी यज्ञ तथा धार्मिक क्रियाकलाप गरी चर्चा बटुलेका थिए।

उनले जडीबुटीको माध्यमबाट बिरामीलाई उपचार पनि गर्दै आएका थिए। उनी गत फागुनमा वातावरण प्रदूषणलाई शुद्धीकरण गर्ने उद्धेश्य राखेर चतराधाममा श्रीराम तारक ब्रह्म महायज्ञ तथा प्रदेश एकलाई हरित क्रान्ति अभियान बनाउने घोषणा गरेर चर्चामा आएका थिए। यस्तै उनले पोखरामा नौ दिनसम्म समाधि बसेर चर्चा बटुलेका थिए।

गिरीले दुईवटा नागरिकता लिएको विषयमा पनि जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी परेको थियो। उनले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुनसरीबाट फरक–फरक नाममा नागरिकता लिएको बताइन्छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस