कर्णालीमा हिमपात, जनजीवन कष्टकर
२७ मंसिर २०७६
•
६ मिनेट पाठ
कर्णालीमा हिमपात, जनजीवन कष्टकर
जुम्ला- बिहीबार दिउँसोदेखि कर्णालीका जिल्लामा हिमपात सुरु भएको छ। कर्णालीको हुम्ला, मुगु, डोल्पा जिल्लामा हिजोदेखि हिमपात सुरु भएकोमा जुम्ला र कालिकोटमा रातिदेखि मात्र हिमपात सुरु भएको छ। हिमाली क्षेत्रमा हिँउ परिरहेको छ। तल्लो क्षेत्रमा वर्षा भइरहेको छ। हिमपातसँगै अत्याधिक चिसो बढेको छ।

चिसोका कारण कर्णालीका जिल्लाहरुमा जनजीवन निकै कष्टकर बनेको छ। हिमपातले किसान उत्साहित छन्। समयमै हिँउ र वर्षा हुँदा बालीनाली सप्रने भन्दै किसान निकै खुसी भएका हुन्। अहिले उच्च हिमाली क्षेत्रमा हिँउले डाँडाकाँडा सेताम्य छन्। एक्कासी बादल लागेर हिँउ पर्न थालेपछि निकै चिसो बढेको छ। चिसोमा न्यानो कपडा लगाउन र झोलिलो तातो खानेकुरा खान स्थानीय प्रशासनले आग्रह गरेको छ।

निरन्तर हिमपात भइरहेकोले गाइबस्तु गोठ भन्दा बाहिर निकाल्न सकिएको अवस्था छैन। हिमाली क्षेत्रका विद्यालयमा पठनपाठन प्रभावित भइरहेको छ। चिसोको मार बालबालिका र बृद्धबृद्धामा बढि  देखिएको हो। जुम्लामा पहिलो पटक हिमपात भएको हो। धुलो र धुवाका कारण मौसमी रुघाखोकीको प्रकोप बढ्ने सम्भावना थियो।

स्थानीय किसान देवेन्द्रबहादुर बुढा यो हिमपातले कर्णालीका किसानमा निकै खुसी ल्याएको बताउँछन्। उनले भने, ‘यो हिमपात कृषि क्षेत्रको लागि उत्तम छ।’ लामो समय देखि हिँउ पर्ने कार्यतालिका परिवर्तन हुँदै आएको थियो। कुनै वर्ष हिँउ नै नपर्ने र कुनैकुुनै वर्षमा अत्याधिक हिउँ पर्नाले समस्या हुने गरेको छ। यो समयमा जमिनमा चिस्यान रह्यो भने खेतिपाती निकै राम्रो हुने गरेको किसान बताउँछन्।

हिमपातले सदरमुकामस्थित बजार बन्द छन्। घरभित्र आगो बालेर गेडागुडी पकाउने क्रम बढेको स्थानीय बताउँछन्। जुम्लाका ८ वटै स्थानीय तहका उच्च हिमाली भागमा भारी हिमपात भइरहेकोछ।  हिमपातकै कारण सदरमुकाममा टयुशन तथा कोचिङ पढ्न आएका विद्यार्थी मर्कामा छन्। अहिले सदरमुकाममा अधिकांश पसल तथा दोकानमा आगो बालेर दैनिक उपभोग्य बस्तु किनबेच भइरहेका छन्। सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही आउन सकेका छैनन्। आएका सेवाग्राहीसमेत अलपत्र परेका छन्।

दशक अघिसम्म नियमित रुपमा हिमपात भइरहने भएको हुँदा कृषि उत्पादनमा निकै राम्रो प्रभाव पर्ने गरेको थियो। तर पछिल्लो वर्षहरुमा नियमित वर्षा र हिमपात नहुनाले यहाँको जलवायुमा प्रत्यक्ष प्रभाव परेको छ। युवा जति सबै ब्यापार तथा कामका शिलशिलामा कालापहाडतिर हिडिँसकेकोले गाउँमा बालबालिका र बुढाबुढी मात्र छन्। हिमपातले यहाँको बिकास निर्माणका काममा प्रति असर गर्ने गरेको जानकार बताउँछन्। कर्णालीमा बिमानस्थलमा बिमान चल्न सकेका छैनन्।

कर्णालीमा हिमपात पूर्व तयारी

हिउँदमा अत्याधिक हिमपात हुन सक्ने अवस्थालाई मध्येनजर गर्दै तत्कालिन कर्णालीका जिल्ला प्रशासन कार्यालयहरुले हिमपात विपद् योजना निर्माण गरेका छन्। जिल्लामा हिमपात विपद् व्यवस्थापनका कार्य थप प्रभावकारी र दिगो बनाउन जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारी जुटेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे बताउँछिन्। विपद् व्यवस्थापनमा गर्नुपर्ने काम ,कर्तव्य र अधिकारबारे सबै क्षेत्रमा जानकारी भइसकेको छ।     

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दुर्गाबञ्जाडे भूबनावट, कमजोर भौगर्भिक अवस्था तथा मौसमी विषमताको कारण बाढी, पहिरो, चट्याङ्ग, आगलागी तथा महामारी जस्ता प्रकोपहरुले जनधनको क्षति हुन सक्ने भएकोले हिमपात विपद् पूर्व तयारी कार्ययोजना निर्माण भएको बताउँछिन्।

विपद् व्यवस्थापनका विषयमा सरकार, निजीक्षेत्र, व्यक्ति, समुदाय सबैले सचेत हुन आग्रह गरिएको छ। जिल्लाका आठ वटै स्थानीयतहरुमा विपद् व्यवस्थापनको अवस्था, जिल्लाको शान्ति सुरक्षालाइ कसरी मजबुद गर्नु पर्ने बारेमा सबैको तयारी हुनु पर्ने देखिएको उनी बताउँछिन्।      
अर्को समाचार
कर्णालीमा हिमपात, जनजीवन कष्टकर
१८ पौष २०७६
•
४ मिनेट पाठ
कर्णालीमा हिमपात, जनजीवन कष्टकर
जुम्ला- यो बर्ष कर्णालीमा दोस्रो पटक हिमपात भएको छ। हिमपातको कारण कर्णालीको हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालिकोटको जीवन कष्टकर बनेको छ। जुम्लामा शुक्रबार विहानैदेखि हिमपात भएको थियो।  हिमपातसंगै अत्यधिक चिसो बढेको छ। उच्च हिमाली क्षेत्रमा गाईवस्तु पालनमा समस्या भइरहेको छ। बालबालिका र बृद्धबृद्धा प्रभावित बनेका छन्। चिसोका कारण कर्णालीबासी घर बाहिर निस्कन सकेका छैनन्।

तीन दिनदेखि बादल लागेर चिसो बढेकोमा बिहानैदेखि मात्र हिउँ पर्न थालेको हो।  हिमपातले शैक्षिक संस्था प्रभावित छन्। जुम्लाको तापक्रम माइनस २ दशमलब ६ डिग्री सेल्सियसमा झरेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ।



हिमपातले चिसो बढेसंगै जिल्ला प्रशासन कार्यालय जुम्लाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले विहानैदेखी जिल्ला भरी हिमपात भईरहेकाले वाटो चिप्लो हुने भएकाले सडक दुर्घटना हुन सक्ने भन्दै चिसोमा आवश्यक काम बाहेक लामो यात्रामा नहिड्न सुझाव दिइएको हो। सम्भावित विपतबाट सुरक्षित र न्यानो गर्न समेत अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन्। हिमपातले कर्णालीको हवाइ यातायात ठप्प छ। सडक यातायात पनि विहानदेखि चल्न सकेका छैनन्। जसका कारण यात्रु अलपत्र छन्।

जुम्लाको एक नगरपालिका सहित ८ वटै स्थानीय तहमा एकसाथ हिमपात भइरहेकोछ। हिउँले डाँडाकाँडा सेताम्य भएका छन्। उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ जमिसकेको स्थानीय बताउँछन्। यसै गरी मुगु जिल्लाको रारा, मुर्मा, शोभा, बाम, ताल्चालगायत क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमिसकेको छ।

हिमपातका कारण प्रमुख पर्यटकीय गन्तब्यका रुपमा रहेको रारातालसम्म जाने पर्यटक जान सकेका छैनन्। नाग्म हुदै रारा जाने सडक अवरुद्ध भएको छ। ताल्चा बिमानस्थलमा दुइ दिनदेखि हवाइ सेवा सञ्चालनमा आएको छैन्। गत मंसिर २८ गते जिल्लामा ठूलो हिमपात भएको थियो। हिमपातका कारण गमगढीमा नमस्तेको मोबाइल र इन्टरनेट सेवा अवरुद्ध भएको छ।



हुम्लामा दुइ दिन देखि हिउँ परिरहेको छ।  हिमपात भै रहँदा हुम्लाबासीको जनजीबन निक्कै प्रभाबित भएको छ।  हुम्लाको तापक्रम माईनस आठ डिग्रीमा झरेकोले यहाँ अत्यधिक चिसो छ।  बाक्लो हिउ परिरहेकोले जमिनमा डेढ फिट भन्दा बढी हिउ जमेको छ। हिमपातले सेवाग्राहीहरु ज्यादै न्यून संख्यामा आएको सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावत बताउँछन्।  जिल्ला प्रशासन, मालापोत, स्वास्थ्य, कृषि, पशु, घन, घरेलु जस्ता कार्यालयहरुमा पनि सेवाग्राहीको उपस्थिती शून्य छ।

हिमपात भइरहेकोले सडक चिप्लो हुनेभएकोले समयमै सचेत रहन् हुम्लाका प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले आग्रह गरेकी छिन्। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस